: हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ : भाग्यवृद्दिको लागी गृहिणीले गर्नुपर्छ यी ५ काम

सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ घाम झैं छर्लङ्ग छ । असल महिला अर्थात् गृहिणीले पुरुषलाई दिने साथले जीवन सफल हुने कुरालाई विश्वभर नै मानिँदै आएको छ ।महिलाले घरलाई स्वर्ग बनाउन सक्ने क्षमता राख्छन् । यसरी जीवनमा महिलाको विशेष स्थानहुनुको पछाडि ती महिलाले गर्ने शुभ कामहरु पनि रहेको विश्लेषण गरिन्छ । गृहिणीहरु सधैं आफ्नो घरमा शुभ उर्जा आओस् र नकारात्मक उर्जा बाहिरियोस् भन्ने चाहन्छन् ।

यिनै गृहिणीहरुले दैनिक रुपमा गर्न सक्ने सामान्य वास्तुसम्मत कामको यहाँ चर्चा गरिएको छ ।गृहिणीहरुले बिहान उठेर घरको सरसफाई गरेपछी मुल ढोका खोल्दै प्रवेशद्वारलाई नमस्कार गर्न सुझाइन्छ । बिहानै गृहिणीले यसो गर्दा गरिबी र ऋण नाश हुने बताईन्छ ।प्रवशेद्वारमा गृहिणीले बिहान नित्य कर्म गरेपछि बेसार मिसाएको पानी दुईवटा कलशमा राख्नु उपयुक्त हुन्छ । यसले दुख र दरिद्रता आउन नदिने बताईएको छ ।परापूर्वकालदेखि नै बिहान महालक्ष्मी घरको दैलोमा आइपुग्ने विश्वास गरिँदै आएको छ । यस्तोमा बिहान बेसार, कुमकुम, अवीर जस्ता शुभ वस्तुहरु मिसाई हरेक दिन ढोकामा स्वस्तिक बनाउनु उपयुक्त हुन्छ । यसले आर्थिक संकट मोचन हुने बताईएको छ ।

घरको मुल ढोकालाई विशेष केहि नभएपनी सजाएर राख्नु उपयुक्त हुन्छ । यस्तो गर्दा घरमा रहेको वास्तु दोषको असर कम हुने बताईन्छ ।घरको मुल ढोकामा आँप, चाँप, पिपल, दुबो र असोक जस्ता बोटहरुको पातहरुको तोरण बनाइ राख्दा पनि घरमा रहेको नकारात्मक उर्जा नाश हुने दाबी गरिएको छ । यस्तो काम गृहिणीहरुबाट हुनु उपयुक्त हुने बताईएको छ ।

यसैगरी समुन्द्रशास्त्रमा लेखिएको छ की तलका गुणहरु भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।यी गुण भएका कन्यासँग संगत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छन् !कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ यदी कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।यदी शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ


तपाइको प्रतिक्रिया दिनुहोस्