काठमाडौं । इन्टर हस्पिटल च्याम्पियनसिप फुटसल प्रतियोगिताको उपाधि ललितपुर धापाखेलको सुमेरु अस्पतालले जितेको छ ।
महिला स्वास्थ्यद्वारा धनन्तरी फुटसल, काठमाडौंमा आयोजित इन्टर हस्पिटल चयाम्पियनसिप फुटसलमा सुमेरु अस्पतालले फाइनलमा मध्यपुर हस्पिटललाई ३—२ ले पराजित गरी उपाधि हात पारेको हो । काठमाडौं उपत्यकाका २१ वटा हस्पिटल सहभागी सो प्रतियोगितामा सुमेरु अस्पतालले क्वाटरफाइनलमा अल्का हस्पिटल, सेमीफाइनलमा बिपि स्मृति हस्पिटल र फाइनलमा मध्यपुर हस्पिटल ठिमीलाई पराजित गरेको हो ।
लिगचरणमा नेपाल क्यान्सर हस्पिटल र ग्राण्डी हस्पिटललाई पराजित गरी नकआउट चरणमा प्रवेश गरेको सुमेरु अस्पतालले प्रि—क्वार्टरमा सिभिल हस्पिटललाई पराजित गरी क्वाटर फाइनलमा अल्का हस्पिटललाई ५—२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो ।
सेमिफाइनलमा बीपी स्मृति हस्पिटललाई २—० को सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको सुमेरुले मध्यपुर हस्पिटललाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरी उपाधि आफ्नो हातमा पार्न सफल बनेको हो ।
सो प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट रफी महर्जन, बेस्ट गोलकिपर राजन श्रेष्ठ र बेस्ट कोच बिबेक मानन्धर बनेका थिए ।