मिस युनिभर्सको ताज भारतलाई

मुम्बई । मिस युनिभर्स २०२१ को ताज भारतीय सुन्दरीले जितेकी छन् । भारतीय सुन्दरी हरनाज सान्धूले ७० औंं मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् । 

यो सँगै भारतले २१ वर्षपछि यो उपाधि आफ्नो देश ल्याउन सफल भएको हो । २१ वर्षीय सान्धूले मोडलिङ सँगसँगै प्रशासनमा स्नातकोत्तर गर्दैछिन् । ताज पहिरिँर्दै सान्धू भन्छिन्, “म परमात्मा, मेरो आमाबुबा, र मिस इन्डिया संगठनप्रति आभारी छु, जसले मलाई मार्गदर्शन र समर्थन गर्नुभयो । मेरो लागि प्रार्थना गर्नुहुने सबैलाई धेरै माया । २१ वर्षपछि यो गौरवशाली ताज भारत फिर्ता ल्याउन पाउनु मेरो लागि निकै गर्वको कुरा हो ।”

यसअघि सन् २००० मा अभिनेत्री लारा दत्ताले यो उपाधि भारत ल्याएकी थिइन् ।  इजरायलको एलातमा आयोजित मिस युनिभर्स २०२१ प्रतियोगितामा मेक्सिकोकी पूर्व मिस युनिभर्स एन्ड्रिया मेजाले हरनाजलाई ताज लगाइदिएकी हुन् । 

हरनाजले सन् २०२१ को अक्टोबरमा ‘मिस युनिभर्स इन्डिय’ को ताज जितेकी हुन् । सन् २०१७ मा टाइम्स फ्रेश फ्रेस फेस बैकबाट यात्रा सुरु गरेकी उनले थुप्रै सुन्दरी प्रतियोगिताहरू पनि जितिसकेकी छन् । बीबीसी 


तपाइको प्रतिक्रिया दिनुहोस्