‘अहंकार दुःखको एउटा बलियो कारण हो’

हरिराम महर्जन ‘ठेचो’

अहंकार विद्वानहरूका अनुसार ‘अहंकार दुःखको एउटा बलियो कारण हो ।’ अहंकारको अर्को नाम हो अभिमान वा घमण्ड । जीवनमा गर्व, स्वाभिमान र अहंकार उस्तै देखिन्छन् तर ती स्वरूपमा नितान्त फरक छन् । स्वाभिमानले टाउको उच्च राख्छ भने अहंकारले टाउको निहुरिन्छ । मानिसले सम्पन्न हुन्छु भन्ने सोच राख्नु स्वाभिमान हो तर दम्भले अरूलाई विपन्न देख्नु अहंकार हो । सफलता खोज्नु स्वाभिमान हो तर अरूको असफलतामा हेला गर्नु अहंकार हो । उच्चता खोज्नु स्वाभिमान हो तर अरूलाई कमजोर देख्नु अभिमान हो । अतः विद्वानहरू भन्नुहुन्छ, ‘स्वाभिमान मानव गुण हो भने अहंकार अवगुण हो । स्वाभिमान सम्मान गर्न योग्य हुन्छ भने अहंकार दण्डयोग्य हुन्छ । स्वाभिमान प्रिय हुन्छ भने अहंकार घृणित हुन्छ । अतः विद्वानहरू भन्नुहुन्छ ‘स्वाभिमानको रेखा पार हुनु अहंकारको जन्म हुनु हो । अहंकार सबैभन्दा दुःख हो । अहंकारीको अन्त अत्यन्त दुखद हुन्छ । अहंकारले बुद्धि भ्रष्ट बनाउँछ, विवेकहिन बनाउँछ । वास्तवमा मानवलाई अन्धा बनाउँछ । त्यसैले अहंकारलाई मिथ्या, त्याग्य, विकार भनिन्छ ।’ 

मानिसले सम्पन्नता खोज्नु, ज्ञान प्राप्त गर्नु, सफलता चाहनु मानवीय गुण हुन् तर सफलता पश्चात मनमा उत्पन्न हुने मै हुँ भन्ने भाव अहंकार हो । आफू नै कर्ता, आफू नै सर्वश्रेष्ठ सम्झनु र अरूको अवमूल्यन गर्नु अहंकार हो । मैले धन कमाएँ, मैले डिग्री पास गरेँ, मैले पुरस्कार पाएँ, सम्मान पाएँ, डाक्टर भएँ, इन्जिनियर भएँ, वकिल भएँ, विदेश गएँ, यो गरेँ त्यो गरेँ जस्ता कुरा अभिमान हुन् । मानौँ अरू कसैले गर्नै नसकेको गरेँ, मै हुँ श्रेष्ठ भन्ने भाव उत्पन्न हुनु अहंकार हो । अहंकारी मानिसको प्रशंसाको भोको हुन्छन्, आलोचना त सुन्नै चाहँदैन । मानिस प्रशंसामा प्रसन्न हुन्छन्, आलोचनामा क्रोधित हुन्छन् । उनीहरू आरुनो कार्यमा, क्षमतामाथि प्रश्नचिन्ह लागेको हेर्न चाहँदैनन् । बिरामीले उपचारको विषयमा जानकारी लिन खोज्दा झर्को मानेर डाक्टर तिमी कि म ? भनेर प्रश्न गर्ने डाक्टर अहंकारी हुन् । अहंकारले शक्ति, क्षमताको दुरूपयोग गर्न प्रेरित गर्छ । अहंकारीको सम्पन्नता कमजोरहरूको दुःखको कारण बन्छ । अहंकारी मानिस आरुनो क्षमता, शक्ति वा सम्पनतामाथि कसैले औँला उठायो भने असाध्यै असह्य हुन्छन् र क्रोधित भएर प्रश्नलाई नै समाप्त गर्ने प्रयत्न गर्छन् । ती मानिस सही या गलतको कुनै लेखाजोखा गर्दैनन् । यहाँ सत्य असत्यको कुनै गुञ्जायस हुँदैन । ज्ञानीहरू भन्छन् ‘अहंकार अज्ञान हो, असुरी हो, विनाश हो, पतन हो । मानिस जस्तोसुकै शक्तिशाली किन नहोस्, जस्तोसुकै ज्ञानी, तपस्वी, त्यागी किन नहोस् । यदि अहंकारलाई काबुमा राख्नबाट चुक्यो भने पतन अनिवार्य छ ।’ पौराणिक इतिहासमा यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् । भस्मासुर, शुम्भ–निशुम्भ, रावण, सबैै वरदानी, शक्तिशाली भएर पनि अहंकारका कारण पतन भएका पौराणिक कथामा उल्लेखित अहंकारी पात्रहरू हुन् । महाभारतमा चेडी देशका नरेश शिशुपाल, अहंकारको कारण कृष्णको हातबाट मारिए । त्यस्तै हिरण्याक्ष र हिरण्यकश्यप जस्ता दैत्यहरू वरदानी भएर पनि अन्त भए । यी पौराणिक तथ्यहरू चाहे वास्तविक घटना हुन् चाहे कोही विद्वानले बनाएका कथा हुन् । दुःखको कारण अहंकार हो भन्ने सन्देश दिन्छन् । 

यसै सन्दर्भमा एउटा प्रसङ्ग छ । कुनै एक समयमा एउटा राज्यमा एकजना मध्यमवर्गीय व्यापारी आरुनो परिवारसँग बस्दथे । उनको दिनभरको व्यापारबाट हुने आम्दानीले घरपरिवार चल्दै थियो । उनको कमाई त्यति बलियो नभए पनि परिवारमा सुखशान्ति थियो, एकआपसमा प्रेम, विश्वास थियो । उनका छोराछोरी पनि खुसी नै थिए । सबैको समय मिलिजुली गरेर बित्दै थियो । व्यापारीको जीवनमा यस्तो अनुकुल समय आयो कि उसको व्यापारको गति बढ्यो र प्रशस्त लाभ भयोे । उसले केही महिनामै मनग्य पैसा कमाउन थाल्यो । उनीहरूसँग जीवनभरलाई पुग्ने कमाइ भयो । घरमा जताततै पैसा नै पैसा थियो । व्यापारमा धेरै पैसा कमाउन थालेपछि घरमा नयाँ नयाँ सरसामानहरू पनि जोडिए, घर राम्रोसँग सजाउन थालियो । घर अनेक सुविधायुक्त वस्तुहरूले घर, कोठाहरू भरियो । यसले गर्दा परिवारको पहिरन, खानपिन, रहनसहनमा पनि परिवर्तन भयो । उनीहरूको बोलिचाली, व्यवहारमा पनि समयसँगै परिवर्तन देखिन थाल्यो । एकपछि अर्को कमाइले उनीहरूमा मै हुँ भन्ने अहंकार हुर्कन थाल्यो । परिवारमा बिस्तारै अहंकारको हस्तक्षेप बढ्दै गयो जसको कारण परिवारमा शान्ति, प्रेम घट्दै गयो । सबैभन्दा त व्यापारी, जो घरको मूल मान्छे पनि हो, उसमा परिवर्तन देखियो । ऊ मायाले, स्नेहले परिवारसँग व्यवहार गथ्र्यो अब ऊ शासक जस्तो बन्न थाल्यो । परिवारका सदस्यहरू बिचमा केही समयपछि अहंकारको टक्कर हुन थाल्योे । त्यहाँ कोहीभन्दा कोही कम भएनन् । परिवारमा न आदर सम्मान बाँकी रह्यो न मायाममता कायम रह्यो । जसको कारण परिवारमा स–साना कुरामा पनि विवाद, असझदारी हुन थाल्यो । परिवारमा एक किसिमको कलहको अवस्था सिर्जना भयो । अब भने परिवारमा दिनहुँजसो कलह हुन थाल्यो । यसरी परिवार अशान्तिको नमुना बन्दै गयो । उनीहरूको अहंकारी व्यवहारको कारण छरछिमेकीको मन पनि फाटिसकेको थियो । उनीहरूका इष्टमित्र, आफन्त पनि टाढा भए । व्यापारीका साथीभाई त पहिले नै छुटिसकेका थिए । उसका छरछिमेकी छुटे, आफन्त, साथीभार्ई गुमे अनि परिवारमा असमझदारी बढ््यो । जहाँ जहिले पनि व्यापारीलाई एक्लो महसुस हुन थाल्यो, व्यापार पनि तहसनहस भयो, मन अस्थिर, निन्द्रा नलागेर बेचैनी, छट्पटी मात्र रहयो । उसको मुटु झन्झन् कमजोर हुँदै गयो । धेरै दिक्क लागेपछि उसको घरमा बस्ने मनस्थिति रहेन । एकदिन व्यापारी घरबाट निस्कियो । उसलाई गन्तव्यको बारेमा केही थाहा थिएन । ऊ भिरपाखा, जङ्गल, सडक, गल्ली, मन्दिर कहाँ हो कहाँ लगातार एकोहोरो हिँड्दै गयो । उसको अस्वभाविक हिँडाईलाई मानिसहरू अनौठो मानेर हेरिरहेका थिए । यसरी जाँदाजाँदै ऊ एउटा बौद्ध मन्दिरको खुट्किला चढ्ने क्रममा लड्न पुग्यो । उसलाई लडेको देखेर भन्ते दौडेर आई उठाएर पाटीमा बसाए । उनले भन्तेलाई देखेपछि बिन्ती गरेर अनुनय गरे । ‘हे ज्ञानी ! मलाई यो सांसारिक जीवनबाट मुक्त गरिदिनुस् । मेरो परिवार, आफन्त, मित्रहरू सबै टाढा भए । मेरो यो संसारमा कोही छैन, न मेरो कुरा सुन्ने कोही छन् न मेरो साथमा रहने कोही छन् । म नितान्त एक्लो भएँ । मलाई सहारा दिनुस्, भन्ते ! मलाई तपाईँको शिष्य बनाउनुस् । व्यापारीको सबै वृतान्त सुनेपछि भन्तेले भने ‘यो अवस्थामा तपाईँ भिक्षु बन्न सक्नुहुन्न किनभने भिक्षुको मार्ग पलायनको मार्ग होइन । यो त सत्यको मार्ग हो, जीवनको वास्तविकता पहिचान गर्ने मार्ग हो । अहिले तपाईँ घरको कलहको कारण निराश हुनुहुन्छ । मन अस्थिर छ, बेचैन छ । अशान्त र अस्थिर मनस्थिति कहिले पनि भिक्षु बन्न लायक हुँदैन तसर्थ अहिले घर जानुहोस् । परिवारलाई प्रेमले जित्नुहोस् । यदि अरूबाट विनम्र व्यवहारको अपेक्षा गर्नुहुन्छ भने पहिला आफू विनम्र छु कि छैन मनलाई छामेर हेर्नुहोस् । परिवारसँग नम्र, सभ्य र प्रेमपूर्वक प्रस्तुत हुनुहोस् । तपाँई जित्न सक्नुहुन्छ, जित्ने हो, जानुहोस् आरुनो घर जानुहोस् । जब तपाईँले मनभित्रको अहंकारलाई जित्ने हो तब म तपाईँलाई शिष्यको रूपमा स्विकार गर्छु ।’ भन्तेको कुरा सुनेर व्यापारी घर फर्किएर अहंकार त्यागेर सबै परिवारसँग स्नेहपूर्वक व्यवहार गर्न थाल्यो । उनी धनी हुनुभन्दा अगाडिको जस्तै प्रेम, स्नेहले परिवारमा प्रस्तुत हुन थाले । उनको परिवर्तित व्यवहारसँगै बिस्तारैबिस्तारै परिवारका हरेक सदस्यहरूको व्यवहारमा पनि परिवर्तन आयो र पुनः व्यापारीको परिवारमा सुखशान्ति कायम भयो । उसका छरछिमेकी, आफन्त, इष्टमित्र र साथीभार्ई सबले प्रशंसा गर्न थाले । उसको व्यापारमा पनि बिस्तारै प्र्रगति हुन थाल्यो ।

जीवनमा काम, क्रोध, लोभ, मोह र अहंकारलाई दुःखका कारण मान्न सकिन्छ तर सबै अवस्थामा दुःखको कारणको रूपमा मान्न उचित हुँदैन । यी पाँच तत्वहरू प्राकृतिक हुन् । मनुष्य जीवनमा यसको आवश्यकता अनिवार्य छ संवेदनाहरू सबै अवस्थामा विकार हुँदैनन् । कुनै अवस्थामा गुण त कुनै अवस्थामा अवगुण हुन सक्छन् । गहिरिएर चिन्नत गरौँ के यी पाँच तत्वबिना सांसारिक जीवन सम्भव छ ? निश्चय पनि छैन । मानव जीवनमा यी तत्वहरूको महत्व छ । काम प्राणी जगतको सृजना हो । क्रोध सुरक्षाको आधार हो । लोभकै कारण पारिवारिक एवं सामाजिक दायित्वको निर्वाह हुन्छ । मोह यस्तो संवेदना हो जसको कारण मातृत्व, पितृत्व, भातृत्व लगायतका सम्बन्धको जिम्मेवारी निर्वाह गर्ने प्रेरणा दिन्छ । सम्पूर्ण सम्बन्ध सुमधुर बनाउँछ । त्यस्तै अहंकारको शुरुको रूप स्वाभिमान हो । स्वाभिमान सबै मानवमा हुनुपर्ने संवेदना नै हुन् । सामान्य रूपमा यी पाँच तत्वहरू मानव जीवनमा उपयोगी नै हुन् तर जब यी तत्वहरू आवश्यकताभन्दा धेरै सक्रिय हुन थाल्छन्, धेरै हावी हुन थाल्छन्, तब विकार बन्छन् । कुनै पनि चिजको धेरै प्रयोग, धेरै सक्रियता हानिकारक नै हुन्छ । कुनै पनि चिज खाना होस् या औषधि, पानी होस् या व्यायम, जुनसुकै होस् आवश्यकताभन्दा धेरै हुनु विष बराबर नै हुन्छ । त्यसले फाइदा भन्दा हानि नै पु¥याउँछ । धेरै कामोत्तेजनाले मानिस विवेकहिन हुन्छ । मानिसको विवेकहिनता पतनको कारण बन्छ । क्रोधको अग्नि सबैभन्दा तेज अग्नि हो जसले बुद्धि नष्ट बनाउँछ र मानवलाई अचेतन बनाउँछ । लोभले मानवलाई अतृप्त तृष्णामा डुबाउँछ र सत्य, नैतिकता र कर्तव्यबाट अलग गरिदिन्छ । मानिसलाई आवश्यकताभन्दा धेरै मोहले दुर्बल बनाउँछ । दुर्बलता विनाशको मार्ग हो । अहंकारको प्रभावले मानवलाई अपराधी बनाउँछ ।

मानवलाई विवेकहीन बनाउने यी विकारहरूको धरै प्रभावबाट मुक्त गर्न, तर्क र इच्छा वा आशक्तिको प्रभावबाट मुक्त हुुनु आवश्यक छ । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकारबाट उत्पन्न हुने अर्को विकार हुन् भय, चिन्ता, ईष्र्या, राग र द्वेष । यी विकारहरूको विषयमा पनि चर्चा गर्नु आवश्यक छ । क्रमशः



तपाइको प्रतिक्रिया दिनुहोस्