बिरामीलाई बेहोस् बनाउने अवस्था र होसमा ल्याउ“दाको अवस्था एकदमै च्यालेन्जिङ हुन्छ

अप्रेशन गर्नुपूर्व विरामीलाई बेहोस बनाउनुभन्दा अगाडि मुटु, फोक्सो, मृगौला वा अरु अंगहरुले कस्तो काम गरिरहेको छ, रगतमा केही खराबी छ छैन, सुगर, नुनको मात्राहरु कस्तो छ यी सम्पूर्ण कुराको जानकारी लिएपछि मात्र विरामीलाई अप्रेशनको लागि तयारी गर्नुपर्ने एनेस्थेसिया डाक्टर महालक्ष्मी देउजा बताउनुहुन्छ । यदि खराबी छ भने त्यस अनुसारको उपचार गरी अथवा त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ गरी अप्रेशन गर्न सकिन्छ भनी हेर्नुपर्ने हुन्छ । यसै परिवेशमा रहेर डा. देउजासँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः

० एनेस्थेसिया भनेको के हो ?

ऐनस्थेसिया भनेको अस्थायी रुपमा स्थिर तरिकाले बेहोस बनाउने अवस्था हो । यो विरामीलाई अप्रेशन गर्दा थाहा नहुने र नदुख्ने अवस्था हो । एनेस्थेसिया तीन किसिमका हुन्छन् पहिलो पुरै बेहोस् बनाउने जेनरल एनेस्थेसिया, दोस्रो शरीरको कुनै भाग ठूलो भाग बेहोस् बनाउने अथवा नदुख्ने बनाउने रेजिनल एनेस्थेसिया र तेस्रो जुन ठाउँमा अप्रेशन गर्ने हो त्यो ठाउँ मात्र (सानो ठाउँ) नदुख्ने बनाउने लोकल एनेस्थेसिया हो ।

० विरामीलाई बेहोस बनाउन कस्ता समस्याहरु आइपर्न सक्छन् ?

विगतको जस्तो एनेस्थेसिया दिएपछि विरामी नउठ्ने, विरामीलाई उठाउनै नसकिने जस्तो हुन्थ्यो, बिर अस्पतालमा इयर प्रयोग गरी बेहोस् बनाउने प्रक्रिया १९६२ देखि सुरु भएको हो । तर अहिले झण्डै १९९५ देखि चाहिँ एनेस्थेसियामा एकदमै भास्ट डिफ्रेन्स आएको छ । पहिला पहिलाको बुकहरु अध्ययन गर्दा र अहिले जुन टेक्नोलोजीहरु हामीहरुले प्रयोग गर्छौं त्यो पहिलाको बुकहरुमा मेन्सनसमेत गरेको छैन । अहिले विकसित टेक्नोलोजीले गर्दा विरामीहरु नउठ्ने भन्ने चाहिँ हुँदैन तर कोही विरामीलाई उठाउन खोज्दा चाहिँ छिटो नउठ्ने, होसमा चाँडो नआउने, विशेष गरी म चाहिँ ट्रान्सप्लान्ट एनोथेसियोलोजिस्ट हुँ भक्तपुरमा मैले साँढे तीन वर्ष मानव अंगमा काम गरेर सुमेरु अस्पतालमा आएको हुँ । त्यहाँ मैले किड्नी ट्रान्सप्लान्ट गराउने विरामीहरुलाई बेहोस् बनाउने गर्थे, हामी किड्नी ट्रान्सप्लान्ट गराउन भनेर हाम्रो टिम नै सुमेरु अस्पतालमा आएका हौं । हामीहरुले सफल किड्नी ट्रान्सप्लान्ट ग¥यौं । त्यसपछि कोभिडका कारण रोकियो । किड्नी फेलर भएका विरामीहरुलाई किड्नी ट्रान्सप्लान्ट गराउँदा बेहोस भएका विरामीहरु चाँडो नउठ्ने, उठ्नै नसकेर हामीले चौविस घन्टाजति भेन्टिलेटरमा राखेर कृतिम स्वास फेराउने गरिन्छ । उठ्दै नउठ्ने भन्ने समस्या चाहिँ अहिले छैन तर क्रिटिकल्ली पेसेन्ट हो अप्रेशन नै नगरी नहुने हो भन्ने कन्डिसनमा चाहिँ विरामीलाई हामीले बेहोस बनाएर अप्रेशन गर्छौं, त्यसपछि भेन्टिलेटर अथवा आईसीयुमा राख्छौं र विरामीको कन्डिसन ठिक भएपछि मात्र हामीले बाहिर ल्याउँछौं । 

० एनेस्थेसिया प्रयोग गर्दा कस्ता सावधानीहरु अप्नाउनुपर्छ ? 

सावधानी त अप्नाउनुनै पर्छ । वास्तवमा हाम्रो भूमिका पाइलटको जस्तै हो, पाइलटलाई प्लेन उडाउन र ल्याण्ड गर्दा जति गाह्रो हुन्छ, त्यस्तै हामीलाई पनि विरामी बेहोस बनाउँदा र अप्रेशनपछि होसमा ल्याउन त्यस्तै गाह्रो हुन्छ । बिचको अवस्थामा त्यस्तो केही समस्याहरु आउँदैन । सुरुमा मैले एउटा विरामी बेहोस बनाउन लागेको छु, बेहोस बनाउन भेन्टीलेट गराउनुपर्छ, भेन्टीलेट गराउन एउटा ट्यूव फोक्सोमा राखेर भेन्टिलेटरमा जोड्नुपर्छ । यदि त्यो ट्युवै राख्न सकिएन भने डिज्यास्टर हुन्छ, हामीले बेहोस पार्ने औषधी पनि दिइसकेका हुन्छौं । हामीले ट्युव राखेर भेन्टिलेटरमा जोड्न सकेनौं भने त्यस्तो कन्डिसनमा के हुन्छ भने कसैकसैको ऐयरवे प्रोबोलम छ भने, कहिलेकाहिँ हामीले जाँच गरेर हेर्छौं जुन क्रेटेयामा त्यो कृतिम स्वास नली नै देखिँदैन, ब्लाइन्डी नै हाल्नुपर्ने हुन्छ, स्वास नलीमा ट्युव हाल्न नसकिने अवस्था आउन सक्छ, ट्युव नै राख्न नसकिने अवस्था आउन सक्छ त्यस्तो भयो भने डिज्यास्टर नै हुन्छ । सुरुको अवस्था र उठाउने बेलाको अवस्था एकदमै क्रिटिकल हुन्छ । त्यो चाहिँ एनेस्थेसियाको एकदमै च्यालेन्जीङ अवस्था हो । एनेस्थेसियोलोजिस्टलाई विरामी बेहोस बनाउने अवस्था र होसमा ल्याउन अवस्था एकदमै च्यालेन्जीङ नै हुन्छ । त्यही भएर प्रि अफ एनेस्थेसियामा विरामीको अवस्था कस्तो छ, ट्युव राख्न सकिन्छ कि सकिँदैन त्यो इभ्यालुयसनको पार्ट हो ।

० जोखिमपूर्ण अनुभवहरु केही छन् कि ?

त्यस्तो अनुभव भन्ने हो भने धेरै नै छन् । म विशेष गरी किड्नी फेलर भएका विरामीलाई बेहोस बनाउनुपर्ने भएका कारण किड्नी फेलर भएका विरामीहरुको मुटुको कन्डिसन एकदमै नराम्रो हुन्छ । सामान्य व्यक्तिको जस्तो हर्ट हुँदैन । मुटुले कत्तिको रगत पम्प गरिरहेको छ, नर्मली भन्नुपर्दा ४५ भन्दा माथि हुनुपर्छ । तर, हामीले २०, २५ भएका विरामीहरुलाई पनि बेहोस बनाउने गरेका छौं । त्यो चाहिँ हामीले रिक्स मोलेरै गरेका हुन्छौं । जे पनि हुनसक्छ भनेरै गरेका हुन्छौं । अन्टेवल डेथ हुन पनि सक्छ भनेर रिक्स लिएर यस्तो गर्ने गर्छौं, तर त्यस्तो विरामीहरुलाई पनि ठिक पारेर राम्रो कन्डिसनको अवस्था ल्याएको इतिहासहरु पनि छ । 

० एनेस्थेसिया प्रयोग पछि विरामीलाई पछि असर गर्छ कि गर्दैन ? 

त्यस्तो समस्या गर्दैन । कोही कोही विरामीहरु चाहिँ हामीले ढाडमा सुई लगाई शरीरका खुट्टा, पेट लगायत लाटो बनाउँछौं । कोही कोही विरामीहरु चाहिँ ढाडमा सुई लगाएर पछि पछिसम्म ढाड दुख्ने समस्या भयो भन्छन् त्यस्तो चाहिँ होइन, त्यो चाहिँ उहाँहरुलाई साइकोलोजिकल इफेक्ट परेको हुन सक्छ । लामो समयसम्म एनेस्थेसियाको समस्याचाहिँ केही पनि छैन । ६ घन्टाचाहिँ यसको असर पर्न सक्छ ६ घन्टापछि भने यसको असर केही हुँदैन । 

० एनेस्थेसियाको भूमिका भनेको अप्रेशन थे्रटरभित्र मात्रै हो त ?

एनेस्थेसियाको भूमिका अप्रेशन थे्रटरमात्र होइन बाहिर पनि त्यतिकै भूमिका हुन्छ । हामीहरुले क्रिटिकल अवस्थाका विरामीहरुलाई भेन्टिलेटरदेखि आईसीयुमै गएर पनि हेर्ने गर्छौं । 

० सुमेरु अस्पतालमा अहिले एनेस्थेसियालाई चाहिने उपकरणहरु उपलब्ध छन् ? 

एनेस्थेसियोलोजस्टको लागि चाहिने सम्पूर्ण उपकरणहरु यहाँ उपलब्ध छन्, काम गर्ने वातावरण राम्रो छ, जस्तोसुकै क्रिटिकल कन्डीसनका विरामीहरुलाई पनि एनेस्थेसिया दिन सक्ने उपकरणहरु उपलब्ध छन् । बरु अन्य अस्पतालका विरामीहरु एनेस्थेसियाका लागि सुमेरु अस्पताल आउने गर्छन् । एनेस्थेसिया भन्नुपर्दा आईसीयु र भास्कुलर एक्सेसहरु जस्तो सुमेरु अस्पतालमा डायलासिस गर्ने विरामीहरु धेरै आउँछन्, टेम्पोरोरी, प्रमानेन्ट भास्कुलर एक्सेसका कामहरु पनि एनेस्थेसियाले नै गर्छ । भास्कुलर ऐक्सेस भनेको चाहिँ डायलासिस गर्ने विरामीहरुलाई फिस्टुला बनाएर गरिन्छ तर फिस्टुला बिग्रेको अवस्थामा चाहिँ एउटा घाँटीको ठूलो नसामा क्याटेटर राखेर डायलासिस गराउनुपर्ने हुन्छ । इमरजेन्सी कन्डिसनमा जसको फिस्टुला बनाउन नसक्ने अवस्थामा चाहिँ विरामीको घाँटीमा पाइप राखेर गराउने काम गर्छौं जुनचाहिँ एनेस्थेसियाले नै गर्छ । 

० बेहोस बनाउँदा कस्ता किसिमका औषधीहरु प्रयोग गरिन्छ ?

पहिला विरामीलाई बेहोस बनाउनु प¥यो । विरामीलाई बेहोस बनाउँदा पनि उसलाई पेन नहुने भन्ने हुँदैन उसलाई पेन नहुने बनाउनुप¥यो । अर्को चाहिँ विरामी बेहोस पनि भयो, पेन फ्रि पनि भयो तर मशल्सले काम गरिरहेको छ भने विरामी चल्ने गर्छ त्यसलाई पनि प्यारालाइसिस गरानुपर्ने हुन्छ । हामीले व्यालेन्स एनेस्थेसिया भन्छौं, यी तिनवटै औषधीहरु प्रयोग गरेपछि जनरल एनेस्थेसिया हुन्छ । जस्तो लोकल सिजरिङहरुमा चाहिँ केही भाग मात्र लाटो हुने औषधि दिएर गर्ने गर्छौं ।

० नेपालमा एनेस्थेसियाहरु प्रयाप्तरुपमा छैनन् भनिन्छ नि ?

नेपालको जनसंख्याको अनुपातमा एनेस्थेसिया कमै छन् । बास्तवमा भन्नुपर्दा सुगममा एनेस्थेसियाहरु प्रयाप्त रुपमै छन् तर दुर्गम क्षेत्रमा सरकारले एमबीबीएस गरेको विशेषज्ञ डाक्टरहरु पठाउन सकेको छैन । एनेस्थेसिया त एउटा विशेषज्ञता हो । मेडिकल अफिसरहरु अथवा फस्ट एमबीबीएस गरेकाहरु नै पाइरहेका छैनन् त्यस्ता ठाउँमा एनेस्थेसियाहरु गएर काम पनि छैन । 

० विरामीले अप्रेशन गर्नुभन्दा पहिला एनेस्थेसियाका डाक्टरलाई भेट्नु जरुरी छ ?

एकदमै जरुरी छ । एनेस्थेसिया दिनु एउटा काम हो भने, अप्रेशनको तयारीमा रहेका विरामीलाई बेहोस बनाउन मिल्छ कि मिल्दैन भनेर जाँच गर्नु झन् महत्वपूर्ण र संवेदनशील काम हो । विरामीको मुटु, फोक्सो, मृगौला वा अरु अंगहरुले कस्तो काम गरिरहेको छ, रगतमा केही खराबी छ छैन, सुगर, नुनको मात्राहरु क्स्तो छ भनी हेर्नुपर्ने हुन्छ । यदि त्यसमा खराबी केही छ भने त्यस अनुसारको उपचार गरी अथवा त्यसलाई कसरी न्यूनिकरण गरी अप्रेशन गर्न सकिन्छ भनी हेर्नुपर्ने हुन्छ । जुन चाहिँ एकदमै जरुरी छ र जरी कुरा पनि हो ।

० अन्तिममा छुटेका केही छन् कि ?

सामान्य हिसावले भन्नुपर्दा विरामीहरुले चाहिँ के भन्ठान्नु हुन्छ भने एनेस्थेसियाका काम चाहिँ सुरुमा बेहोस बनाउने हो अथवा एउटा सुई दिने हो, त्यसपछि तपाईंहरु के गरेर बस्नुहुन्छ भनेर विरामीले सोध्ने गर्नुहुन्छ । तर सर्जनले त अप्रेशन गर्ने काम मात्र हो, विरामीको कन्डिसन कस्तो अवस्थामा छ, मुटुको चाल कस्तो भइरहेको छ, सास कसरी फेरिरहेको छ, विरामीको अक्सिजनको मात्रा कति छ, विरामीको अन्य पार्टहरुमा के भइरहेको छ त्यो सर्जनलाई केही थाहा नै हुँदैन । यसको सम्पूर्ण जिम्मेवारी एनेस्थेसियाकै हुन्छ । वास्तवमा भन्नुपर्दा एनेस्थेसिया पर्दा पछाडिको हिरो नै हो । विरामीले के पनि थाहा पाउनुपर्ने हुन्छ भने विरामीले आफूलाई कसले बेहोस बनाउँदै छ, डाक्टर को हो, मलाई कुन एनेस्थेसिया दिएको छ यस्ता कुरा विरामीले पनि बुझ्नुपर्छ । विरामीलाई पनि एनेस्थेसियाले तपाईंलाई बेहोस बनाउने डाक्टर म हुँ, यस्तो यस्तो अवस्थामा यस्तो हुन्छ, यो गरे यो हुन्छ भन्ने जानकारी पनि विरामीलाई गराउनुपर्ने हुन्छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्