कोरोना संक्रमणपछि गायिका लता मंगेशकर आईसीयूमा

1.8k Shares

मुम्बई । भारतकी दिग्गज गायिका लता मंगेशकर आईसीयूमा उपचाररत छिन् । कोरोना संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

उनी मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छिन् । उनकी भान्जी रचना शाहले लता आईसीयूमा रहेको एएनआईलाई पुष्टि गरेकी छन् । तर, उनमा सामान्य लक्षण मात्रै देखिएको बताइएको छ ।

यसअघि, सन् २०१९ सेप्टेम्बरमा पनि उनी श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

९२ वर्षीया गायिका लताले हजारभन्दा बढी हिन्दी चलचित्रमा विभिन्न भाषामा गीत गाएकी छन् । उनी दादा साहेब फाल्के अवार्ड, द भरत रत्नलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत भइसकेकी छन् । हिन्दुस्तान टाइम्सबाट ।

सम्बन्धित समाचार