‘हाडजोर्नी प्रत्यारोपण प्रभावकारी छ’

डा. शिरिष कार्की, अर्थाेपेडिक तथा ट्रमा सर्जन, सुमेरु अस्पताल, धापाखेल

‘पछिल्लो समय हाडजोर्नी तथा नशा रोगका बिरामी निकै बढेका छन् । ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा यस्ता रोगका बिरामी धेरै देखिन थालेका छन् । पहिला पहिला हाडजोर्नी तथा नशा रोगलाई बुढेसकालको रोग भनिन्थ्यो । तर, पछिल्लो समय हाडजोर्नी प्रत्यारोपण निकै नै प्रभावकारी बन्दै गएको छ, यसै विषयमा सुमेरु अस्पतालका अर्थाेपेडिक तथा ट्रमा सर्जन डा. शिरिष कार्की खोजतलाससँगले गरेको संक्षिप्त कुराकानी ः 

० हड्डी खिइने भनेको के हो ?

दुईवटा हड्डी जोडिने ठाउँलाई जोर्नी भनिन्छ । यही जोर्नीबाट हाम्रो हातखुट्टा र शरीर चल्ने गर्छ । हाम्रो हातखुट्टा र शरीर चल्ने भएको हुनाले जोर्नीमा घर्षन पैदा हुन नदिन जोर्नीमा चिल्लो पदार्थ हुन्छ र सँगसँगै जोर्नीको अन्य भागमा चिप्लो कुर्कुरे हड्डी हुन्छ जसलाई कार्टिलेज भनिन्छ । उमेर बढ्दै गएपछि चिल्लो तरल पदार्थको मात्रा कम हुँदै जाने र कार्टिलेजमा पनि क्षय हुँदै जान्छ । यही कार्टिलेजमा हुने क्षयलाई नै जोर्नी खिइएको वा हड्डी खिइएको भनेर जनमानसमा बुझाई छ । 

० नेपालमा पछिल्लो समय हड्डी खिइने समस्या बढ्दै गएको पाइन्छ, के कारणले यस्तो समस्या आएको होला ?

६० वर्षभन्दा माथिको उमेरमा लगभग १० प्रतिशत भन्दा बढीमा जोर्नी खिइने रोग पाइन्छ । यसको ठोस कारण भने धेरै जसो विरामीहरुमा पाइँदैन । तर, पनि विगतमा शरीरमा लागेका चोटहरु, काम गर्ने शैली, उठबस गर्ने तरिका, खानपान, व्यायाम तथा अरु कुनै जोर्नीका रोगहरुको कारणले पनि जोर्नी खिइने गर्छ । अहिलेको समयमा राम्रो खानपान नहुने, सहज जीवनशैली अप्नाउनु, कसरतको अभाव, कामको चटारो र जोर्नीमा लागेका रोगहरुको समयमा उपचार नगर्नुका कारणले गर्दा जोर्नी खिइने समस्या बढ्दै गइरहेको छ । 

० शरीरको कहाँ कहाँको जोनी बढी खिइने गर्छ ?

बिदेशको परिप्रेक्षमा कट्टी (हिप ज्वाइन्ट)को जोर्नी सबैभन्दा बढी खिइने गर्छ भने नेपालको परिप्रेक्षमा घुँडाको हड्डी सबैभन्दा बढी खिइने गर्छ । शरीरको कुनै पनि हड्डी खिइन सक्छ तर घुँडा र कट्टीको हड्डी सबैभन्दा बढी खिइने र त्यसको उपचार पनि समयमा गर्दा धेरै लाभ मिल्छ । 

० हड्डी खिइने समस्याबाट कसरी बच्न सकिन्छ ?

उमेरको कारणले हुने रोग भएकोले धेरै हदसम्म यसलाई रोक्न सकिन्न, तर पनि यदि अन्य कारणले घुँडा खिइने समस्या छ भने त्यसलाई न्यून गर्न सकिन्छ । जस्तै, नियमित व्यायाम, राम्रो खानपान, विलासिता जीवनशैली नअप्नाउने, समयमा डाक्टरसँग सल्लाह लिने जस्ता गतिविधिले समयमै रोग पत्ता लगाउन र उपचार गर्न सजिलो हुन्छ । रोग लागिसकेको छ भने नियमित फिजियो थेरापी गरेर सुरुवाती अवस्थामा जोर्नी खिइने प्रक्रियालाई रोक्न पनि सकिन्छ । यस बाहेक डाक्टरको सल्लाह अनुसार नदुख्ने औषधी (पेनकिलर) सेवन गर्ने र जीवन शैलीमा परिवर्तन ल्याउँदा धेरै हदसम्म रोगको दिर्घकालिन असरबाट जोगिन सकिन्छ । जोर्नीमा इन्जेक्सन लगाउने विधि पनि छ तर, त्यसले क्षणिक सुधार भए पनि दिगो रुपमा निको भने पार्दैन त्यसैले इन्जेक्सन लगाउने विधिलाई सकेसम्म प्रयोग नगरी डाक्टरको सल्लाह अनुसार अन्य उपचार विधि अप्नाउनुनै बेस हुन्छ । 

० हड्डी खिइने समस्या उपचार नै नहुने समस्या पनि भनिन्छ नि ?

होइन । औषधी उपचारले न्यूनीकरण गर्न सकिन्छ तर, पूर्ण रुपमा निको हुनको लागि अप्रेशन गर्नु नै आवश्यक हुन्छ । 


० जोर्नी प्रत्यारोपण भनेको के हो ?

यो एउटा जटिल शल्यक्रिया हो, जसमा बिग्रिएको जोर्नीको भाग काटेर वा खुर्किएर फालिन्छ । त्यसपछि खाली भएको भागमा स्टीलको स्थायी कृतिम जोर्नी राखिन्छ र त्यही जोर्नीले हाम्रो शरीरको पुरानो जोर्नीको जस्तै काम गर्छ । कहिलेकाहिँ स्टील हाल्दा बोन सिमेन्ट पनि हाल्नुपर्ने हुन्छ । स्टीलले बनेको जोर्नी भएकोले यसको आयु पनि लामो हुने र जोर्नीबाट आउने दुखाई पनि हराएर जाने गर्छ । यही कारणले गदाखेरी दिनहुँ दुखी रहने जोर्नी अप्रेशनपश्चात पूर्णरुपमा दुख्न छाड्छ र नदुख्ने औषधीको प्रयोग गर्नुपर्दैन । लामो समय नदुख्ने औषधी प्रयोग गर्नाले किड्नी तथा पेटमा समस्या आउने गर्छ, त्यो समस्या पनि यो अप्रेशनपश्चात हल हुन जान्छ । 

० अप्रेशन गर्दा झन् समस्या पैदा हुन्छ भनिन्छ नि ?

होइन । अप्रेशन पश्चात विरामीको दुखाई पूर्णरुपमा ठिक हुन्छ र विरामीको हिँडाईमा पनि अप्रेशन अगाडिको दाँजोमा केही हदसम्म परिवर्तन आउँछ । नेपाली जनमानसमा अप्रेशन गरेपछि झन् पहिलाको भन्दा पनि बिग्रेर कुँजो पर्ने अवस्था आउँछ भन्ने जुन सोच छ त्यो बिल्कुलै गलत हो । किनकी अप्रेशन गरेको चार÷पाँच दिन पश्चात नै विरामी हिँड्न सक्छ र दुखाई पनि हुँदैन । हो, पहिला जवानी जस्तो दौडने, खुट्टा खुम्चाउने गर्न मिल्दैन तर सामान्य हिँडडुल गर्न समस्या आउँदैन र दुखाई कम गर्ने औषधी (पेन किलर) प्रयोग गर्नुपर्दैन । हड्डी खिइएर बाँगो भएको खुट्टा अप्रेशन पछि सोझो भएर जान्छ र हिँडडुलमा समस्या पर्दैन । 


० यस्तो प्रविधि नेपालमा कहिलेदेखि आएको हो ?

विकसित मुलुकमा विगत २०÷३० वर्षदेखि सफल रुपमा जोर्नी प्रत्यारोपण गरिँदै आएको छ । तर, हाम्रो जस्तो विकासोन्मुख देशमा विगत आठ÷दश वर्षदेखि यो प्रविधिले निकै ठूलो छलाङ्ग मारेको छ । विशेष गरी कट्टीको जोर्नी र घुँडाको जोर्नी प्रत्यारोपणको परिणाम निकै नै सफल भएको छ । पछिल्लो समय घुँडा खिइने समस्याबाट ग्रसित बनेका विरामीहरु प्रत्यारोपण पछि सहजरुपमा आफ्नो दैनिक जीवनयापन गर्न सकिरहेका छन् । अहिलेको नयाँ प्रविधिबाट अप्रेशन गर्दा दुबै घुँडा वा कट्टीको अप्रेशन एकैचोटी गर्न मिल्ने भएकोले धेरै दिनदेखि थला परेर बसेका विरामीहरु पनि अप्रेशनको आठ÷दश दिनपछि वाकरको सहायताले हिँडडुल गर्न सक्ने भएका छन् । त्यसै भएर दुई चोटी गर्नुपर्ने अप्रेशन एकैचोटीमा हुने भएकाले विरामीहरु झन् धेरै लाभान्वीन बन्दै गइरहेका छन् । 

० समेरु अस्पतालमा हड्डीसम्बन्धी कस्ता—कस्ता उपचारहरु हुने गर्छ ?

बिगत तीन वर्षदेखि सफलरुपमा स्पाइनको अप्रेशनहरु भइरहेका छन् । त्यसबाहेक सामान्य र गम्भीरखालका दुर्घटनामा परेर हड्डीहरु टुक्राटुक्रा हुनेदेखि सामान्य दुर्घटनाले भएका फ्याक्चरहरुको पनि सफलरुपमा उपचार भइरहेका छन् । नयाँ प्रविधिलाई अँगाल्दै अहिले जोर्नी प्रत्यारोपण पनि पूर्णरुपमा संचालनमा छन् र धेरै विरामीहरु यसबाट लाभान्वीन पनि भएका छन् । 

० जोर्नी र हड्डीबीच कस्तो सम्बन्ध रहन्छ ?

जोर्नी पनि हड्डी जस्तै हो । जहाँ दुईवटा हड्डीको मिलन हुन्छ त्यो मिलन बिन्दुलाई जोर्नी भनिन्छ । दुईवटा कडा बस्तु एक ठाउँमा मिलेर बस्न सक्दैनन् । एकले अर्काेलाई तान्छन् । भार पर्दा भाग्न सक्छन् । त्यो भाग्न नदिनका लागि व्यालेन्स हुनुप¥यो । एउटा चल्नु प¥यो, चल्नका लागि खुकुलोपना हुनुप¥यो । अर्काेमा नगाभियोस् भनेर कसिलोपन हुनु प¥यो । दुबै चिजको व्यालेन्स हुनु प¥यो । व्यालेन्स ल्याउनका लागि जोर्नीका वरिपरी लिगामेन्ट (मसल्स)सहित अन्य तन्तुहरू जोडिएका हुन्छन् । ती तन्तुले बाहिरबाट सर्पाेट गर्छन् । ती तन्तुले बलिलो बनाएर जोर्नीको जीवन लामो बनाएका हुन्छन् । त्यही भएर ४५–५० वर्षको उमेरमा घुँडा खिइयो भन्ने गुनासो आउँछ । यदि हाम्रो जीवन शैली राम्रो बनायौं, शारीरिक व्यायम गरिरहने, राम्रो खानपिनमा ध्यान दिने, जोर्नी तथा जोर्नी वरिपरीका मांसपेसीहरू (लिगामेन्ट) बलियो हुन्छ । 



तपाइको प्रतिक्रिया दिनुहोस्