शिखर धवनको १८ वर्ष पुरानो रेकर्ड राज बाबाले तोडे

2.2k Shares

काठमाडौं, ९ माघ । आईसीसी यु–१९ विश्व कप-२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् । 

राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो । युगान्डाविरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबंशीले एक सय ४४ रन बनाएका थिए । दुई खेलाडीले तेस्रो विकेटको लागि दुई सय ६ रन बनाएका थिए । 

दुई खेलाडीको शतकसँगै भारतले समूह ‘बी’मा ५ विकेट गुमाउँदै युगान्डाविरुद्ध चार सय पाँच रनको विशाल योगफल तयार पारेको थियो । एक खेलअघि नै क्वाटरफाइनल प्रवेश गरेको भारतीय टोलीका लागि एक सय २० बलमा २२ चौका र चार छक्काका साथ अंगकृसले एक सय ४४ रन बनाए । 

राज बाबाले एक सय ६२ रन बनाउने क्रममा एक सय आठ बल खेल्दै १४ चौका र आठ छक्का प्रहार गरे । राज बाबा यु-१० विश्वकपको इतिहासमा भारतबाट एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याटर बने । 

यसैको साथ शेखर धवनले सन् २००४ मा स्कटल्याण्डविरुद्ध ढाकामा बनाएको एक सय ५५ रनको कीर्तिमान भंग भएको हो । 

सम्बन्धित समाचार