थपिए १० हजार ३१९ जना कोरोना संक्रमित

1.8k Shares

काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ६५४ पीसीआर तथा ४ हजार ५४७ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६५९  पुगेको छ ।

यस्तै आज २ हजार ५४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार