काठमाडौँ उपत्यकामा थपिए २ हजार ९ सय संक्रमित

1.9k Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै बुधबार थप २ हजार ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा २ हजार ४१, भक्तपुरमा २९३ तथा ललितपुरमा ५६६ जना संक्रमित थपिएका हुन् ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टाको अवधिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६७२ पुगेको छ । बुधबार ४ हजार ४ सय ३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा १३ हजार ५४९ पीसीआर तथा ६ हजार ८ सय १० एन्टिजेन परीक्षण भएको छ ।

सम्बन्धित समाचार