सुनको मूल्य ताेलामा ९०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । 

यसैगरी, चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ । ।


तपाइको प्रतिक्रिया दिनुहोस्