मुगु, १६ माघ । छायानाथ रारा नगरपालिका–१ छत्यालकी ३७ वर्षीया जौमति नेपाली हरेक बिहान पाँच बजे नै सदरमुकाम गमगढी बजारमा पुग्छिन् । यसरी बिहानै गमगढी बजारतिर जानु उनको रहर होइन बाध्यता हो । उनलाई पनि अरु महिलालाई जस्तै बिहानभरी घरमा केटाकेटीसँग बस्ने रहर नभएको होइन । केटाकेटीलाई विद्यालय पठाएर उनीहरू आउने बाटो हेरेर बस्ने मन छ । तर, यी सबै रहर मारेर उनी झिसमिसेमै नाम्लो बोकेर गमगढीतिर लाग्छिन् ।
फुर्सद भएका बेला उनी सामान ओसार्ने काम पनि गर्छिन । बजारका व्यपारीहरूले ल्याएको सिमेन्ट, चामल, नुनलगायत खाद्यान्न ट्रकबाट झार्ने समेत गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘महिला त चुलो चौकोमा मात्र सिमित हुनुपर्छ भन्छन् । घरको डिल नाघ्नु हुँदैन भन्छन । तर, आफूलाई घरको डिल ननाघे भोकै पर्नुपर्छ ।’
‘चुनावका बेला विभिन्न प्रलोभन, लोभ देखाएर भोट माग्छन् जितेपछि वास्ता गर्दैनन् । स्थानीय सरकारले सिपमुलक काम दिए त्यसैबाट आम्दानी गर्न सक्थ्यौ की,’ उनले भनिन् । स्थानीय सरकार गठन भएको पाँच वर्ष पुग्न लाग्दासमेत नगरपालिकाले विपन्न, गरिब, महिलाको लागि कुनै लक्षिय सिपमुलक कार्यक्रम नल्याएको उनी बताउँछिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्