एसियन कलेजलाई नेपालकै प्रतिष्ठित नमूना कलेज बनाउने लक्ष्य छ ः क्याम्पस प्रमुख रम्तेल

एमपीएच— नेदरल्याण्डस्, एमएससी नर्सिङ— इन्डीया, पीएचडी— मलेसिया तथा विश्वविद्यालय सिनेट सदस्य, विश्वविद्यालय फ्याकल्टी बोर्ड सदस्य, नर्सिङ काउन्सिलमा आठ वर्षको बोर्ड सदस्य एवम् शैक्षिक, प्रशासनिक, राष्ट्रिय अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धानमा लामो कार्य अनुभव बटुलिसक्नु भएको क्याम्पस प्रमुख भएर आएपछि एसियन कलेजको हालको अवस्था, आगामी योजना र यसै कलेजमा नै किन अध्ययन गर्नुपर्ने कारणका विषयमा एसियन कलेज फर एडभान्स स्टडिजका क्याम्पस प्रमुख तारा रम्तेलसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः

एसियन कलेज फर एडभान्स स्टडिजको संक्षिप्त परिचय

यो कलेज ललितपुर महानगरपालिका वडा नं. १५ स्थित सातदोबाटो चोक ललितपुरमा रहेको छ । दुई दशक अगाडिदेखि हालसम्म यस कलेजमा सीटीईभीटीद्वारा सम्बन्धनप्राप्त प्रमाणपत्र तहका तिन वर्षे डिप्लोमा इन फार्मेसी, ल्याव टेक्निसियन र डाइनोस्टीक रेडियोग्राफी विषयहरु तथा पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धत प्राप्त स्नातक तहका चार बर्षे बीपीएच, बिएससी नर्सिङ, बिएनएस र बि—फार्मेसी स्वास्थ्य सम्बन्धी विषयहरुको अध्यापन गराईन्छ । 

कुन—कुन विषयमा के कति सिट क्षमताका आधारमा अध्यापन गराइन्छ ?

हाल सीटीईभीटीद्वारा सम्बन्धनप्राप्त प्रमाणपत्र तहका तिन वर्षे शैक्षिक कोर्षहरु अन्र्तगत डिप्लोमा इन फार्मेसीमा (D Pharmacy) —४० सिट, ल्याव टेक्निसियनमा (CMLT)—३० सिट, र डाइनोस्टीक रेडियोग्राफीमा (Radiography) —३० सिट र पूर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धत प्राप्त स्नातक तहका चार बर्षे (आठ सेमेष्टर) पब्लीक हेल्थ (BPH) कोर्षमा ४० सिट , चार बर्षे बिएससी नर्सिङमा (B Sc Nursing) —२० सिट (थप २० सिट थपिँदै), तिन बर्षे बिएनएसमा BNS/PBNS) —४० सिट, चार बर्षे (B Pharm) बि—फार्मेसीमा (B Pharm) —३० सिट (थप १० सिट थपिँदै) रहेको छ । त्यस्तै, स्नाकोत्तर तह अन्तर्गत पब्लीक हेल्थ (MPH) कार्यक्रम संचालनको प्रक्रियामा रहेको छ । 

विद्यार्थी भर्ना प्रक्रिया कसरी गरिन्छ ?

सिटीइभीटीका प्रमाणपत्र तहको D Pharmacy, CMLT  र Radiography कोर्ष पढ्नका लागि एसर्ईई वा एसएलसीमा कम्तीमा ४५ प्रतिशत वा जीपीए २.५े वा सम्बन्धित विषयको   १८ महिने कोर्ष (TSLC) कम्तिमा ६६ प्रतिशत ल्याएको हुनुपर्ने र सीटीइभीटीको प्रवेश परिक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । त्यस्तै पूर्वाञ्चल विश्व विद्यालयको स्नातक तहको BPH कोर्षको अध्ययनको लागि प्रमाणपत्र तहको स्वास्थ्य सम्बन्धी विषयहरु जस्तै ः HA, PCL नर्सिङ, CMLT वा रेडियोग्राफी उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएका वा प्लस टु÷आईएससी  कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेका र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा उत्तिर्ण गरेको हुनुपर्दछ । B Pharmacy  कोर्षको अध्ययनको लागि प्लस टु÷आईएससी कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण वा D Pharmacy  उत्तीर्ण गरी फार्मेसी काउन्सिलमा दर्ता भएको र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा उत्तिर्ण गरेको हुनुपर्दछ । यसैगरि BSc Nursing कोर्षको अध्ययनको लागि प्लस टु÷आईएससीमा कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा उत्तिर्ण गरेको हुनुपर्दछ । PBN कोर्षको अध्ययनको लागि PCL Nursing कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरी कम्तीमा एक वर्षको स्वास्थ्य क्षेत्रमा काम गरेको कार्य अनुभव भएको र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षा उत्तिर्ण गरेका हुनुपर्दछ । 

एसियन कलेज नै किन ?

एसियन कलेजमा नै किन अध्ययन गर्नुपर्ने हो भने यस कलेजमा प्रमाणपत्र तह अन्तर्गतका फार्मेसी, ल्याव, रेडियोग्राफी तथा स्नातक तहअन्तर्गतका ब्याचेलर इन फार्मेसी, ब्याचेलर इन पब्लीक हेल्थ, बीएससी नर्सिङ र पिबीएन कार्यक्रमहरुमा अध्ययन गर्नका लागि मुख्य आवश्यकता भनेकै आफ्नै अस्पताल हुनैपर्ने भन्ने चिकित्सा शिक्षा आयोग, सम्बन्धित काउन्सिल, सीटीईभीटी र पूर्वाञ्चल विश्वविद्यालयको अनिवार्य मापदण्ड छ । यस कलेजको आफ्नै स्वास्थ्य मन्त्रालयबाट स्वीकृत प्राप्त १०० वेडको सुमेरु सामुदायिक अस्पताल, धापाखेल, ललितपुरमा र अर्को आफ्नै १०० स्वीकृत वेड भएको सुमेरु सिटी  अस्पताल पुल्चोकमा रहेको छ । यी दुबै अस्पतालहरुमा मेडिकल, सर्जिकल, इमरजेन्सी, आईसीयु÷सीसीयु, एनआईसीयु, विशिष्ट ओटी, मिडवाईफ्री, मृगौला ÷ हेमोडाइलासिस, न्यूरोलोजिकल, कार्डियोलोजी, रेडियोलोजी, पेडियाट्रिक, मानसिक, गाईनोकोलोजी, क्यान्सर सम्बन्धी आवश्यक सामान्यदेखि विशिष्ठसम्मको दैनिक OPD र भर्ना युनिट तथा सुविधाहरुमा विद्यार्थीहरुले विषय अनुसारको प्रयोगात्मक अभ्यास प्रत्यक्षरुपमा गर्न पाउँछन् । 

शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा लामो समयसम्म अनुभव भएका शिक्षक शिक्षिकाहरुबाट अध्यापन गराइन्छ । विषय अनुसार विभिन्न संघसंस्था तथा फिल्डमा प्रयोगात्मक अभ्यास गराईन्छ । सुविधासम्पन्न विषयगत ल्यावहरु, कक्षा कोठाहरु, प्रयोगात्मक अभ्यास गर्ने सामाग्री तथा विधिहरु, सरकारले तोकेको मापदण्डअनुसारको क्षेत्रफलमा पठन पाठनको उत्तम वातावरणमा भएको कलेज भवन तथा खेलकुदका लागि आवश्यक खुल्ला ठाउँसमेत उपलब्ध रहेको छ । त्यसैगरी, यो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि आवतजावतका लागि सार्वजनिक यातायातको २४ सै घन्टा सुविधा रहेको स्थानमा रहेका कारणले पनि धेरै विद्यार्थीहरुको अध्ययनको केन्द्रविन्दु रहेको छ । सोही कारण यो कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले सीटीईभीटी तथा विश्वविद्यालयको परिक्षामा उत्कृष्ट नतिजा ल्याई धेरै विद्यार्थीहरुले स्वर्णपदक प्राप्त गरिसकेका छन् । स्नातक तहका सम्पूर्ण विषयहरुमा विश्वविद्यालयको नतिजामा देशै भरीमध्ये प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको सूचिमा पर्दै नेपालकै उत्कृष्ट कलेजको रुपमा परिचित बन्दै आइरहेको छ । यस कलेजबाट उर्तिण भएर गएका विद्यार्थीहरुले अहिले देश विदेशमा उच्च शिक्षा एवं रोजगारीमा राम्रो मौका पाई रहेका छन् । यस कलेजमा शैक्षिक तथा सम्बन्धित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा राम्रो समन्वय भएका व्यत्तित्वहरु ह्ुनुहुन्छ यसले गर्दा पनि यसै कलेजमा अध्ययन गरेका विद्यार्थीहरुलाई अध्ययन पूरा गरेपछि अन्तर्राष्ट्रिस्तरमा उच्च शिक्षा र रोजगारीमा सजिलो पनि हुन्छ । 

यस कलेजको भावी योजना के छ त ?

हामीसँग असाध्यै राम्रो व्यवस्थापकिय, शैक्षिक, प्रशासनिक टिम वर्क छ । हामीमा ‘हामी’ भन्ने चाहले यस कलेजले तर्जुमा गरेका भावी योजनाहरु सफल गराउन असाध्यै राम्रो सहयोग गर्छ । विगतदेखि प्रविणता प्रमाणपत्र तहका तिन वटा कार्यक्रम र स्नातक तहका चारवटा कार्यक्रमहरुको पढाई हुदै आईरहेको छ ।Diploma pharmacy  पढेकाहरुको उच्च शिक्षाको अध्ययनको लागि B Pharmacy यसै कलेजमा छ । यसको अमmै उच्च शिक्षा अध्ययनको लागि स्नाकोत्तर तह फार्मेसी Master in Pharmacy कार्यक्रमको पढाई थप गर्ने योजना छ । त्यसै गरि CMLT पढेकाहरुको उच्च शिक्षाको अध्ययनको लागि Bachelor in Lab Technology (BMLT) को कार्यक्रमको पढाई थप गर्ने योजना रहेको छ । अस्पतालको केहि स्तररोनत्ती भएपछि B.Sc. Nursing र PBN उर्तिण गरेकाहरुले उच्च शिक्षाको लागि स्नाकोत्तर तह नर्सिङ्ग (Master in Nursing – MN)  विषयको पढाई थप गर्ने योजना छ । हामी त्यसैको तयारीमा पनि लागेका र्छौ । स्नाकोत्तर तह पब्लिक हेल्थ (Master in Public Health - MPH) को थप कार्यक्रमको प्रक्रिया लगभग पूरा भै सकेको छ । आगामी शैक्षिक सत्रबाट MPH को पढाई सुरु गर्छौ । 



तपाइको प्रतिक्रिया दिनुहोस्