अस्पताल समुदायका लागि अभिषाप हैन, बरदान हुन्छ

दिनेश आचार्य, प्रशासन प्रमुख, सुमेरु अस्पताल, धापाखेल

लामो समय विभिन्न स्वास्थ्य संस्थाको अनुभव बटुलि सक्नु भएका दिनेश आचार्यले सुमेरु अस्पतालको स्थापना कालदेखि नै प्रशासन प्रमुख  जिम्मेवारी सम्हाल्दै आइरहनुभएको छ । व्यवस्थापनमा स्नातकोत्तर (एम.बी.एस.तथा एम.पी.ए.) गर्नु भएका आचार्य विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध रही समाजसेवा पनि गर्दै आइरहनुभएको छ । उहाँसँग खोजतलास साप्ताहिकले सुमेरु अस्पतालले सो क्षेत्रमा गरेकोे प्रभाव, सेवा तथा भुमिकामा आधारित भई गरिएको कुराकानी ः   

सुमेरु अस्पतालको परिचय

सुमेरु ग्रुपद्वारा संचालित सुमेरु अस्पताल १०० वेडको प्राइभेट जनरल अस्पताल हो । ललितपुर धापाखेलमा रहेको यो अस्पताल २०६९ सालबाट पूर्णरुपमा संचालन आएको र यो अस्पतालमा देशै भरिबाटै रोगीहरु उपचारका लागि आउने गरेका छन् । यो विशेषतः मृगौला रोग सम्बन्धी (ल्भउजचययिनथ) सबै प्रकारका सेवाहरु प्रदान गर्ने नेपालकै पहिलो निजी अस्पताल हो ।

पूर्वाधार तथा जनशक्ति 

· संस्थाको आफ्नै स्वामित्वको जग्गामा स्थापित यस अस्पतालको भवनहरु भmण्डै ८५ हजार बर्ग फिटमा रहेको छ र थप निर्माणको क्रममा छन् । 

· बिभिन्न बार्डहरु, ओ.पि.डि. कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, सघन उपचार कक्ष, सुविधासम्पन्न ल्याबलगायत आवश्यक सबै कक्षहरु रहेका छन् ।

· अस्पतालसँग दुईवटा पारामेडिकल कलेजहरु संचालित रहेको छ भने अल्पकालिन र पूर्णकालिन गरी १ सय ५० जना विशेषज्ञ चिकित्सक, १ सय ५० जना पारामेडिकल कर्मचारीहरु तथा सुरक्षा, सरसफाई, चालक, मर्मत सम्भार, सर्पोटिभ र प्रशासनिक ५५ गरी कुल ३ सय ५५ जनशक्ति रहेका छन् । 

· मोडुलर अप्रेशन थियटर, अत्याधुनिक ल्याब, सिटी स्क्यान, एमआरआइ, इको, युएसजी, इण्डोस्कोपी, ब्रोन्कोस्कोपी, पि.एफ.टी.जस्ता अन्य डाइग्नोष्टिक उपकरणहरु सहित शल्यक्रियाका प्रमुख उपकरणहरु छन् ।  

· प्रयाप्त पार्किङ्ग स्थल, फोहोरमैला निर्मुुलीकरण सेटअप, लण्ड्री मेसिनहरु, बिद्युत व्याकअपका लागि २५० के.भि.ए.का जेनेटरहरु, फ्रीजसहितको शवगृह, एम्बुलेन्सहरु र आवश्यक सवारीसाधनहरु समेत उपलब्ध छन् ।

अस्पतालका प्रमुख सेवा सुविधाहरु

· सेवाग्राही भ्रममा परेका छन् कि एक्सरे, ब्लड टेस्ट हरेक दिन २४ सै घन्टा हुन्छ कि हँुदैन  भनेर । म तपाइको पत्रिका मार्फत् सेवाग्राहीलाई के भन्न चाहन्छु भने एक्सरे, ब्लड टेस्ट जस्ता रेडियोलोजी तथा प्याथोलोजी सेवा २४ सै घण्टा उपलब्ध हुन्छ । यस अतिरितm आफुलाई गाह्रो महसुस हुने बितिकै केहि नसोची सिधै हाम्रो अस्पतालमा आउनुस जुनसुकै बेला भएपनि आकस्मिक सेवा दिन तयार छौं हामी । कुनै र्दुघटना भई अपरेशन गर्नु परेमा समेत हामी २४ सै घण्टा तपाईहरुका लागि ट्रमा उपचार सेवा टिम तयार हुनुहुन्छ ।  

· विशेषज्ञ चिकित्सक, ओपीडी सेवा, डेन्टल, आँखा तथा फिजियोथेरापी सेवा निर्धारित समयमा उपलब्ध छन् भने अन्य सेवाहरुको हकमा आवश्यकता अनुसार उपलब्ध छन् । 

· बिरामीहरुको सेवा सुविधाका लागि डिलक्स, क्याविन वेड लगायत विभिन्न रेन्जका बेडहरु उपलब्ध छन् । २४ सै घन्टा एम्बुलेन्स सेवा हुनुुका साथै सातदोबाटोदेखि अस्पतालसम्म निशुल्क रुपमा यातायातको समेत सुविधा उपलब्ध गराउँदै आइरहेका छांै । २४ सै घन्टा काठमाडौं उपत्यकाका जुनसुकै स्थानबाट सुमेरु अस्पतालसम्म आउनका लागि सहुलियत दरमा Pathao जस्ता services का लागि व्यवस्था मिलाएका छौं । एयरपोर्टबाट अस्पतालसम्म आउनको लागि सहुलियतदरमा एम्बुलेन्स सेवा उपलब्ध हुनुका साथै उपत्यका बाहिरबाट आउने बिरामी तथा कुरुवाहरुलाई खाना र बसाईका लागि सहुलियत दरमा सुविधा मिलाइएको छ । यहाँ निःशुल्क वाईफाई, निःशुल्क पार्किङ तथा अनलाईन पेमेन्ट, अनलाईन अपोइन्टमेन्ट सुविधा छ ।

अस्तालका विशेषताहरु

· पूर्णकालिन अनुभवी विशेषज्ञ चिकित्सक

· राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याती प्राप्त चिकित्सक

· आफ्नै भवनमा स्थापित र संचालित अस्पताल

· आई.एस.ओ सर्टिफाइड अस्पताल

· पारिवारिक वातावरणमा सेवा प्रवाह गरिने

· मध्यम शुल्कमा गुणस्तरीय सेवा

· मृगौला रोगको सबै उपचार हुने

· सम्बन्धित निकायको सिफारिशमा विपन्न नागरिकका उपचार लिन सकिने

· हाडजोर्नी, न्युरो सर्जरी, जनरल सर्जरी, युरोलोजी सर्जरी आदि  शल्यक्रिया सेवा उपलब्ध

· मृगौला ट्रान्सप्लान्ट सेवा तथा डायलाइसिस सेवा उपलब्ध

· विश्वसनीय, भरपर्दो र गुणस्तरीय सेवा

· खुला र शान्त वातावरण

· प्याप्त पार्किङ स्थल

हालसम्ममा अस्पतालले पु¥याएका सेवाका तथ्याङ्क

यस अस्पतालले मुलत अस्पतालमा आधारित सेवाहरु तथा समुदायमै गइ गरेका सेवाहरु छन् । जसमध्ये समुदायमा आधारित सेवाहरु (Community Based health services)  अन्तर्गत  सुमेरु अस्पताल धापाखेलले हालसम्म २९५ निःशुल्क क्याम्पबाट झण्डै बिभिन्न रोगका ३ लाख ६० हजार बिरामीहरुलाई सेवा प्रदान गरेका छौं भने २ लाख १० हजार जनालाई निःशुल्क औषधि बितरण गरी अस्पताल आउनुभएकालाई पुनः थप उपचार सेवा समेत प्रदान गरेका छांै । 

त्यसैगरी अस्पतालमा आधारित सेवाहरु(Hospital Based services) अन्तर्गत बहिरंग सेवामा  ५ लाख ५० हजार, आकस्मिक सेवामा १० हजार, अन्तरंग सेवामा ५० हजार ५ सय, ल्याव टेस्ट १० लाख ५० हजार तथा रेडियालोजी सेवा २ लाख ५ हजार रहेका छन् । हालसम्म सुमेरु सहुलियत योजना अन्र्तगत हालसम्म ४ लाखभन्दा बढीले सेवा लिनुभएको छ । 

नेपाल सरकारको विपन्न नागरिक स्वास्थ्य उपचार सेवा कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ बराबरको निःशुल्क मृगौला उपचार पाउने बिरामीको हकमा भन्नु पर्दा हालसम्म यस अस्पतालमा मृगौला रोग सम्बन्धि ८ सय बिरामीहरुले सेवा लिइसक्नु भएको छ भने र ४ सयले लिइरहनु भएको छ । 

समुदायका लागि सुमेरु अस्पतालले पुरयाएको योग्दानहरु 

निःशुल्क स्वस्थ शिविरमार्फत् गरिएका सेवाहरु अतिरितm यस स्थानीय समुदायमा भएका सेवाहरुमा बालबालिकाहरुलाई जनचेतना तथा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेका छौ । आपतकालिन तथा महामारी सम्बन्धी सेवाहरुमा २०७२ सालको भुकम्पका निःशुल्क स्वास्थ्य उपचार सेवा, कोभिड १९ महामारीका निःशुल्क स्वास्थ्य सेवाहरु र हाल कोभिड खोप कार्यक्रममा सहयोगी सेवा कार्य जस्ता प्रत्यक्ष योग्दान हुन् । 

अप्रत्यक्ष योग्दानमा सुमेरु अस्पतालको स्थापनाले यस क्षेत्रमा चहलपहल बढेको, बस्ति बिस्तार भएको, व्यवसाय बिस्तार र रोजगाारीको सिर्जना भएको छ । म पनि यसै धापाखेलमो स्थायी बासी भएका नातले के भन्छु भने सुमेरु अस्पतालले धापाखेललाई दिएको सबै भन्दा महत्वपुर्ण बिषय भनेको पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म र हिमाल पारीदेखि भारतीय बोर्डरसम्म धापाखेलको नाम र सान  उजागर गरेको बिषय कहि लुकेको छैन । समुदायका धेरै अपेक्षा हुनसक्छन् तर के बुझनु पर्छ भने अस्पताल समुदायका लागि अभिषाप हैन, बरदान हुन्छ ।

कहाँकहाँबाट बिरामी सेवा लिन आउने गर्छन् ?

यस अस्पतालमा देशैभरिका पुर्व मेचिदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु धापाखेलमा सेवा लिन आउने गर्छन् । मनाङ मुस्ताड जस्ता हिमालपारीका जिल्लाहरुका विरामीहरु समेत उपचारका लागि आइरहनु भएको एकातिर छ भने अर्को नेपाल भारत बोर्डरका भारतीय नागरिक समेत नियमित उपचारका लागि आइरहेका छन् । यस अस्पताल अवस्थित ललितपुर जिल्लाबाट सबैभन्दा बढि बिरामीहरुले सेवा लिनुभएको तथ्यांकले देखाउँछ । अर्को महत्वपुर्ण कुरा उपत्यका बाहिर तराईको सर्लाही जिल्लाका बिरामीहरुको भरपर्दो गन्तब्य अस्पतालको रुपमा सुमेरु अस्पताल धापाखेल स्थापित हुन पुगेको छ भने शल्यक्रिया तथा उपचारका लागि भनि बारा, पर्सा र  महोत्तरीका बिरामीहरुको रोजाइको आप्mनो अस्पतालको रुपमा स्थापित भएको छ । 

कुन—कुन स्थानबाट बढि बिरामी आउँछन् ?

ललितपुरको सातदोबोटो, ग्वार्को, धापाखेल, सुनाकोठी, हात्तीबन, हरिसिद्धि, गोदावरी, ठेचो, चापागाउँ, छम्पी, लेले, टिकाभैरव, घुसेल लामाटार, लुभु आदी । यस अतिरितm काठमाडांै र भतmपुरका बिभ्न्निस्थानबाट पनि बिरामीहरु आइरहनु भएको छ ।

सेवाग्राहीहरुबाट बेड पाइएन, व्यवस्था मिलाइदिन कतिको भन्ने गुनासो कति आउँछ ?

प्छिल्लो समय यस्ता गुनासो तिब्ररुपमा बढेको छ । बेड पु¥याउन गारो भएको बिशेष गरी प्राइभेट केबिन बेड । यसका लागि सुबिधा सम्पन्न थप केबिन बेड प्रयाप्त संख्या हुने गरी तथा न्युन शुल्कीय शैया समेत हुने निर्माणका लागि अस्पताल बोर्डबाट योजना स्वीकृत भइसकेको छ ।

कस्ता—कस्ता बिपन्न सेवाहरु उपलब्ध छन् ?

नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट स्वीकृत विपन्न नागरिक उपचार सेवा कार्यक्रमका लागि यो अस्पताल देहायको सेवामा लाख रुपैयाँसम्म निः शुल्क हुने गरी सेवाहरु प्रदान गरिरहेको छ । 

· मृगौला रोग सम्बन्धी

· हेड इन्जुरी सम्बन्धी

· स्पाइल इन्जुरी सम्बन्धी

· अल्जाइमर पार्किसन रोग सम्बन्धी

अस्पतालको भाबि योजनाहरु ?

अल्पकालिन योजना अन्तर्गत धापाखेलस्थित सुमेरु अस्पतालमा विरामीहरुको चापका कारण बेड अपुग भई न्यून शुल्कीय शैया तथा क्याविनसहितको शैया विस्तार गर्ने, उपत्यका बाहिर विभिन्न स्थानहरुमा रेफरल सेन्टर स्थापना गर्ने, अनुभवी विशेष चिकित्सक आवद्ध गराउने, सहुलियत शुल्कमा प्रसुति सेवा संचालन गर्ने, प्रविधि मैत्री सेवा संचालनमा थप जोड दिने, मृगौला रोग केन्द्रित थप सेवा विस्तार गर्ने रहेको छ भने दीर्घकालीन योजना अन्तर्गत ५०० सय शैया हुने पूर्वाधार सम्पन्न अस्पतालमा जाने र मेडिकल कलेज संचालन गर्ने रहेको छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्