भोलिबाट उपत्यकामा दूधको मूल्य वृद्धि लागू हुने

काठमाडौं । दूधको उपभोक्ता मूल्य बढाउने निर्णय भएको छ । दूग्ध विकास संस्थान डीडीसीले उपभोक्ता मूल्यमा प्रतिलिटर ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । भोलि शुक्रबारबाट मूल्य वृद्धि लागू हुने डीडीसीले जनाएको छ ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय सरकारले गरिसकेको छ । कच्चा दूधको मूल्यवृद्धिका अलावा ढुवानी खर्च बढेपछि उपभोक्ता मूल्य बढाउने निर्णय भएको जनाइएको छ ।

काठमाडौं उपत्यकामा मूल्य वृद्धिसँगै उपभोक्ता मूल्य ९० देखि १०० पुग्ने भएको छ । दूधको मूल्यवृद्धि भएपनि पेट्रोलको भन्दा कम हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्