डा. नारायण भुषाल, युरोलोजिस्ट, सुमेरु अस्पताल धापाखेल
हाल नेपालमा अन्य रोगको तुलनामा पिसाव इन्फेक्सनबाट पीडित भएका विरामीहरु बढ्दै गइरहेका छन् । खानपिन, सरसफाईमा ध्यान नपु¥याउँदा पिसाव इन्फेक्सन भई अन्य भागमा समेत यसले असर पु¥याउन सक्छ । पिसाव इन्फेक्सनका कारण मृगौला बिग्रनुका साथै यसले अन्य रोग समेत निम्त्याउन सक्छ । पिसाव इन्फेक्सनबाट शरीरलाई हुने हानी र इन्फेक्सनबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा युरोलोजिस्ट
डा. नारायण भुषालसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः
० मुत्र रोग विशेषज्ञहरुमा विरामीहरु किन जाने ?
यदि विरामीलाई पिसाव सम्बन्धी समस्याहरु जस्तै, पिसाव पोल्ने, चाँडो चाँडो पिसाव हुने, कोखाहरु दुख्ने, मृगौलामा समस्या देखिएमा, मृगौलाको क्यान्सर, मुत्र थैलीको क्यान्सर, मुत्र नलीको समस्या परेमा मुत्ररोग विशेषज्ञहरुसँग परामर्शका लागि आउने गर्छन् ।
० पिसावमा इन्फेक्सन भएको कसरी थाहा पाउने ?
पिसावमा इन्फेक्सन भयो भने छिटोछिटो पिसाव लाग्ने, पिसाव रोक्ने नसकिने, पिसाव गर्दा पोल्ने, पिसावमा थोरै रगत देखिन सक्ने, पिसाव फेर्दा तल्लो पेट दुख्ने, कहिले काहिँ ज्वरोसमेत आएको खण्डमा पिसाव इन्फेक्सन भएको अनुमान लगाउन सकिन्छ ।
० युरिन इन्फेक्सन कस्ता व्यक्तिहरुमा बढी हुने गर्छ ?
युरिन इन्फेक्सन बच्चादेखि लिएर बुढासम्मका सबैलाई हुन्छ । तर, बढी जसो पिसावको इन्फेक्सन महिलाहरुलाई बढी हुने गर्छ । विशेषगरी महिनावारी बन्द भइसकेका करिब ५० वर्षभन्दा माथिका महिलाहरुलाई बढी देखिने र प्रोस्टेड गन्थीले गर्दा पिसाव राम्रोसँग नखुलेको अवस्थामा पनि बढी इन्सफेक्सन देखिन्छ । प्रोस्टेड ग्रन्थी बढेको खण्डमा, मृगौला वा मुत्र थैलीमा पत्थरी भएको खण्डमा बढी युरिन इन्फेक्सन भएको पाइन्छ । त्यस्तै, महिलाहरुले परिवार नियोजनका अस्थायी साधन कपरर्टीलगायतका विभिन्न साधन प्रयोग गर्ने महिलाहरुमा पनि पिसाव इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । त्यस्तै, महिलाहरुको पिसाव फेर्ने योनी र दिवास गर्ने मलद्वार नजिकै भएका कारणले पनि इन्फेक्सन हुने सम्भावना धेरै नै रहेको पाइन्छ ।
० युरिन इन्फेक्सनबाट कसरी जोगिन सकिन्छ ?
पहिलो कुरा ध्यान दिनुपर्ने भनेको युरिन इन्फेक्सन के बाट हुन्छ त्योबाट जोगिनुपर्छ । जस्तै, पत्थरीको कारण इन्फेक्सन भएको छ भने त्यसलाई चाँडै निकालि उपचार गर्नुप¥यो । पोस्टेड ग्लान्ड ग्रन्थी बढेको छ भने उपचारविधिबाट त्यसलाई ठिक पार्नुप¥यो । बच्चाहरुमा कुनै जन्मजातै हुने समस्याहरु जस्तै पिसाव सर्कने समस्या, पिसाव नली सुकेर थुनिएको अवस्था छ भने त्यसको उपचार गर्नुपर्ने हुन्छ । महिलाहरुको हकमा महिनावारी सुकेको महिलाहरुको खण्डमा स्ट्रोजन हर्मनको रिप्लेस गर्नुपर्छ र शरीरलाई आवश्यकताअनुसार पानी पिउनुप¥यो ।
० युरिन इन्फेक्सन कस्तो अवस्थामा औषधी सेवन नै गर्नुपर्ने हुन्छ ?
गर्भवती महिलाहरुले पिसावको इन्फेक्सन भएमा तुरुन्त उपचार गरी औषधी सेवन गर्नुपर्छ । बच्चाहरुको हकमा बेला—बेलामा पिसाव इन्फेक्सन भएमा कारण पत्ता लगाई उपचार गर्नुपर्ने हुन्छ । तर, सबै खाले पिसावको इन्फेक्सनमा औषधी नै सेवन गर्नुपर्ने भन्ने छैन । जस्तै, महिनावारी सुकेको महिलाहरुको हकमा पिसावमा इन्फेक्सन देखिँदैमा एन्टीवायोटिक खानुपर्दैन । पुरुषहरुको हकमा पिसाव इन्फेक्सन भयो भने तुरुन्त के कारणले इन्फेक्सन भएको हो कारण पत्ता लगाई उपचार गर्नुपर्ने हुन्छ । मुत्र थैली र मृगौलामा स्टोन भएको अवस्था र पिसाव नली टालिएको अवस्थामा पनि पिसाव इन्फेक्सन हुने गर्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्