विद्यार्थीको रोजाईमा एसियन कलेज नै किन ?

लामो समयदेखि शिक्षण पेशामा आवद्ध रहनुभएका स्थायी घर दिप्रुङ, चुइचुम्मा गाउँपालिका—१, खोटाङ्ग दिक्तेत निवासी हाल ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेल बस्दै आउनुभएका कुशल व्यवस्थापकको रुपमा एसियन कलेज फर एड्भान्स स्टडिजमा कार्यरत रहनुभएको छ पुण्डरीप्रसाद घिमिरे (प्रणय) । MA in Socoilogy, MPA, B-ed गरिसक्नुभएका सफल प्रशासकको रुपमा परिचय दिन घिमिरे सफल बनिसक्नु भएको छ । उहाँले एसियन कलेजमा प्रशासनको जिम्मेवारी सम्हालेपछि एसियन कलेजले ठूलै फड्को मार्न सफल बनेको छ । एसियन कलेजले दुई पटकसम्म पूर्वाञ्चल विश्व विद्यालयको फार्मेसी संकायअन्तर्गत Gold Medal हात पार्न सफल बनेको थियो । पछिल्लो समय यस कलेजमा विद्यार्थी भर्नाको लागि विद्यार्थीहरुको तँछाडमँछाडकै अवस्था आउने गरेको घिमिरे बताउनुहुन्छ । विगतमा विद्यार्थी भर्ना गर्दा क्वान्टीटीको आधारमा विद्यार्थी भर्ना गर्ने गरिन्थ्यो भने हाल आएर क्वालिटीको आधारमा विद्यार्थी भर्ना गर्ने मौका एसियन कलेजले पाइरहेको घिमिरेको भनाई रहेको छ ।



ललितपुरको मुटु, सातदोबाटो — १५ मा अवस्थित सुमेरु ग्रुपको स्वामित्वमा रहेको यस एशियन कलेज  फर एड्भान्स स्टडिज प्रा. लि. वि.स २०६१ को स्थापनाकालसँगै पेशागत शैक्षिक संस्थाको रुपमा सावित भएको संस्था हो । यस कलेजमा पुर्वाञ्चल विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त गरी PBBN, BSN, BPH र B.Pharm जस्ता स्नातक स्वास्थ्य विज्ञान संकायका  कार्यवक्रमहरु संचालन भईरहेको प्रशासन प्रमुख पुण्डरीप्रसाद घिमिरे (प्रणय) बताउनुहुन्छ ।  

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्द्वारा स्वीकृत भएका CMLT, D. Pharm र Radiography कार्यक्रमहरुमा यस संस्थाले उच्च प्राथमिकताका साथ उत्कृष्ट नतिजा  ल्याउन सफल भईरहेको छ । हालसम्म यस संस्थाबाट CMLT मा १६६ जना, PBBN  मा ६७९ जना, BSN मा ३२० जना B. Pharm मा २९७ जना र BPH मा ६८० जना विद्यार्थीहरु उच्च शिक्षा हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आप्mनो पहुँच पु¥याउन सफल विद्यार्थीहरुप्रति प्रशासन प्रमुख घिमिरेले कृतज्ञता प्रकट गर्नुभएको छ ।

विश्वविद्यालय, काउन्सिल तथा CTEVT ले तोकेको न्युनतम पुर्वाधारको आधारमा संचालित यस कलेजले आफ्ना विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासको लागि सुमेरु गु्रपद्वारा संचालित आफ्नै सय बेडको सुमेरु अस्पताल धापाखेल र सय बेडकै सुमेरु सिटी अस्पताल, पुल्चोक  साथै विभिन्न जिल्लास्तरमा रहेका जनस्वास्थ्य कार्यालय तथा विश्वविद्यालय, परिषद तथा संघ संस्थाहरुसँग समन्यव गर्दै सबै संकायहरुमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस कलेजले निकट भविष्यमा एम.पि.एच. कार्यक्रम र ऋत्भ्ख्त् का अन्य कार्यक्रमहरु पनि संचालन गर्ने भावी योजना रहेको कुराकानीकै क्रममा घिमिरे बताउनुहुन्छ ।


विद्यार्थीहरुको दैनिक पठनपाठन र प्रयोगात्मक अभ्यास मात्र नभएर सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई अर्थ, शिक्षा र स्वास्थ्य तीनवटै विधामा सेवा पु¥याइरहेको सुमेरु ग्रुपका आफ्ना संस्थाहरुमा जागिरको  पनि व्यवस्था गर्दै आएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले पनि हाम्रा लगनशिल विद्यार्थीहरुलाई रोजगारीमा पहिलो प्राथमिकतामा राखेको सुन्दा खुशी लागेको घिमिरेको कथन रहेको छ ।

विद्यार्थीहरुको अनुशासन, लगनशिलता, कलेज व्यवस्थापनवाट व्यवस्थित भौतिक पुर्वाधार, विज्ञ जनशक्तिको सामुहिक योगदान स्वरुप यस कलेज अन्य कलेजको तुलनामा भिन्न पहिचान पस्किन सफल भएको छ । गत सालकोे भर्नाको चापलाई हेर्ने हो भने यसको शाख, प्रतिष्ठा र गुणस्तरमा आशातित  वृद्वि  भएको सहजै अड्कल काट्न सकिन्छ । 

गुणस्तरीय र व्यवहारिक  शिक्षा नै हाम्रो प्रतिवद्वता भएकोले पनि यस कलेजमा अध्ययन गर्ने र गराउन हामी एसियन कलेज एवं सुमेरु परिवारले अविभावकहरुको विश्वास जित्न सफल रहेको छ । 

सुमेरु ग्रुपले विसं २०७० माघ १ बाट यस कलेज लिइसकेपछि एसियन कलेजको मुहार नै परिवर्तन भएको आजको व्यवस्थापनको शैली, तौरतरिका र सम्पूर्ण कर्मचारीहरुको अथक परिश्रम र मेहनतले छर्लङ्ग भएको थाहा पाउन जो सुकैलाई गाह्रो नहोला । 

विगतका दिनहरुमा यस कलेजमा लगानीकर्ताहरुमा पनि स्थायित्व नहुनु, विद्यार्थी संख्या घट्दो क्रममा रहनु र शैक्षिक गुणस्तर खस्कँदै जानुले पनि पूर्व व्यवस्थापकहरुले यो कलेजको स्वामित्व सुमेरु ग्रुपलाई हस्तान्तरण गरेको र तत्पश्चात वर्तमान यस कलेजका प्रशासन प्रमुख घिमिरेले एक कुशल प्रशासकको रुपमा यहाँको भौतिक, शैक्षिक र आर्थिक पक्षलाई नजिकबाट नियाल्दै सर्वपरी हितको सेवा प्रवाह गरिरहनुभएको एसियन कलेजको वर्तमान अवस्थालाई हेर्दा छर्लङ्ग हुन्छ । 

नियमित कक्षा संचालन, आन्तरिक परिक्षा लिने प्रणाली, नयाँ मूल्यांकन वद्धति, कम्जोर विद्यार्थीहरुलाई फरक तौरले गाइड गर्ने तौरतरिका हामीले गर्दै आइरहेका छौं । जसले गर्दा अहिले नेपाल अधिराज्यभरका धेरै विद्यार्थीहरु र अभिभावकहरुको रोजाईमा पर्न सफल रहेको सुन्दा आफूहरुले विगतमा दिनरात नभनी गरेको मेहनतको फल पाएको अनुभुति गर्नुहुन्छ घिमिरे । कलेजले विद्यार्थीहरुको शैक्षिक मात्र नभएर खेलकुदलाई पनि विशेष प्राथमिकतामा राखेर बार्षिक स्पोर्टस् वीक कार्यक्रमको पनि आयोजना गर्दै आइरहेको छ ।

हाल आएर यस कलेजमा चारवटा पूर्वाञ्चल विश्वविद्यालयका स्नातक कार्यक्रमहरु र सीटीईभीटीअन्तर्गतका तिनवटा डिप्लोमा कार्यक्रमहरु एउटै छातामुनी अनुभवी दक्ष एवम् प्रतिभाशाली शिक्षक शिक्षिकाहरुले अहोरात्र अथक प्रयास एवम् सिकाई पद्धतिले गर्दा कलेजको कद उच्च रहेको छ । जसको लागि सम्पूर्ण शिक्षक शिक्षिकादेखि लिएर कर्मचारीहरु, विद्यार्थी, अभिभावकहरु र सम्पूर्ण शुभचिन्तकहरु धन्यवादको पात्र बन्नुभएको छ ।


एड्भान्स ल्याबोरटरी इक्युपमेन्ट्स र मल्टिमिडियाको साथमा थेउरी एवम् प्राक्टिकल कक्षाहरु संचालन गर्दै आएको कलेजको बार्षिक एवम् समेस्टर अनुसारको नतिजा हरेक संकायको राम्रो र उत्कृष्ट रहेको प्रशासन प्रमुख घिमिरे बताउनु हुन्छ । 

सीटीईभीटी अन्तर्गतको बार्षिक परिक्षामा ९८ प्रतिशतसम्म र पूर्वाञ्चल विश्व विद्यालयको स्नातक तहअन्तर्गत जिपीए—फोर ल्याउने विद्यार्थीहरुको संख्या उल्लेख्य रहेकोले पनि सबैको रोजाईमा एसियन कलेज नै रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

हरेक अभिभावकहरुले आफ्ना मुटुभन्दा पनि प्यारा छोराछोरीहरुलाई एक असल र बैज्ञानिक शिक्षा दिने कलेज छानिरहँदा अथवा कुन कलेज राम्रो होला भनेर भौतारिरहँदा एसियन कलेजलाई छान्नुहोस्, किनकी यसलाई छान्दा हरेक तौरले तपाईंका छोराछोरीहरु संस्कारसहितको चिकित्सा शिक्षा लिन पाउनुहुने छ । तपाईंहरुले उच्च शिक्षाको लागि पछुताउनुपर्ने छैन र हामी कलेज संचालकहरु तपाईंहरुको छोराछोरीलाई गुणस्तर शिक्षा दिनेमा सक्षम छौं र ढुक्क रहन विश्वास पनि दिलाउन चाहनुहुन्छ प्रशासन प्रमुख घिमिरे । र अन्त्यमा, यस शैक्षिक सत्र ०७८÷०७९ को चिकित्सा शिक्षा आयोगले लिने कमन इन्ट्रान्समा सहभागी हुन लागिरहनुभएका सम्पूर्ण विद्यार्थीहरुले सोचेर, सम्झेर र विगतको कलेजको नतिजालाई मूल्यांकन गरेर मात्र अब पढ्ने कलेज छान्न हुनसमेत प्रशासन पमुख घिमिरेले अनुरोध गर्नुभएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्