गुणस्तरीय शिक्षाको लागि शंकरापुर एकेडेमी ः जेनिश श्रेष्ठ, प्रधानाध्यापक

विगत १२ वर्षदेखि नर्सिङ क्षेत्रमा भूमिका निर्वाह गर्दै आइरहेकी जेनिश श्रेष्ठले २०६९ सालबाट शंकरापुर एकेडेमीमा शिक्षिकाको रुपमा अध्यापन गराउँदै आएको र विगत दुई वर्षदेखि प्रधानाध्यापकको भूमिका निर्वाह गरेकी श्रेष्ठले शंकरापुर एकेडेमीमा विगतको तुलनामा अहिले शैक्षिक गुणस्तरदेखि लिएर अन्य गतिविधिमा समेत उल्लेख्य उपलब्धीहरु हासिल गर्दै आइरहेकी छिन् । अस्पतालको मेडिकल क्षेत्रदेखि लिएर अध्यापन पेशाको लामो अनुभव बटुलिसकेकी श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट ‘मास्टर इन चाइल्ड डेभलपमेन्ट जेन्डर स्टडिज’ गरेकी छिन् भने छिमेकी राष्ट्र भारतबाट बीएससी नर्सिङ्ग गरेकी हुन् । उनले शंकरापुर एकेडेमीमा प्रधानाध्यापकको भूमिका निर्वाह गरेपछि भएको शैक्षिक गुणस्तरदेखि लिएर विद्यार्थीहरुको मनोबल बढाउने गतिविधिलगायत अन्य गतिविधिमा समेत विद्यार्थीहरुको चाहना अनुसार शंकरापुर एकेडेमीको शैक्षिक स्तर उन्नतिमा उल्लेख्यरुपमा प्रगति हुँदै गएको छ । 

श्ांकारापुर एकेडेमी काठमाडौंको पुर्वी भाग जोरपाटीमा आफ्नो वर्चश्व कायम गरेर निकट भविष्यमा ललितपुरको मुटु सातदबाटोमा सर्ने योजनाका साथ अघि बढिरहेको एक प्रगतिशील र उद्यमशिल शैक्षिक संस्था हो ।

वि.स २०६४ सालमा स्थापना भएर हालसम्म १४ वटा व्याच प्रमाणपत्र तह मेडिकाल ल्याब टेक्नोलोजी र जेनेरल मेडिसिन (एच.ए) साथै १३ वटा व्याच प्रमाणपत्र तह नर्सिङको अध्यापन गराईरहेको छ ।


विद्यार्थी भर्ना बार्षिक क्षमता

प्राविधिक तथा व्यवसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त तहका तीन वर्षे डिप्लोमा कोर्षहरुमा ल्याब टेक्नोलोजी –३० सिट, प्रमाण पत्र तह नर्सिङ–४० सिट, जनरल मेडिसिन –४० सिट रहेको छ ।

कस्ता विद्यार्थीले पढ्न पाउने

रोजगारी तथा आफ्नो भविष्य उज्जवल बनाउन देश र जनताको सेवा गर्न अति नै महत्वपुर्ण विषयहरु पढ्नका लागि विद्यार्थीहरुले एस.एल.सी.मा कम्तीमा ४५ प्रतिशत तथा एस.ई.ई.मा मिनिमम ग्रेड GPA 2.0(English, math, science)मा मिनिमम C ग्रेडमा प्राप्त गर्नुपर्ने हुन्छ भने प्राविधिक तथा व्यवसायिक तलिम परिषदबाट लिने प्रवेश परीक्षामा उत्र्तिण हुनुपर्ने हुन्छ ।


अनुभवी शिक्षकहरुद्वारा पठनपाठन

शंकरापुर एकेडेमीमा १ दशकदेखि अध्यापन पेशा अङ्गालेर अघि बढिरहेका शिक्षकहरुद्वारा आफ्ना विद्यार्थीहरुलाई पढाईनुका साथै भविष्यका लागि परामर्श पनि दिईन्छ । 

प्रयाप्त मापदण्ड

चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलद्वारा अध्यापन गराउन आफ्नै १०० सैयाको अस्पताल हुनुपर्ने नियमका कारण यो साल कलेजहरु प्राविधिक तथा व्यवसायिक तालिम परीषद्बाट सम्बन्धन नपाएर नयाँ शैक्षिक सत्रमा नर्सिङका विद्यार्थीहरु भर्ना हुन पाएनन् । तर, यस कलेजले नियमित पढाई गराउन पाउनुले पनि हाम्रो दक्षता र सफलताको प्रमाण दिन्छ । आफ्नै १०० शैयाको सुमेरु सिटि अस्पताल तथा १०० सैया कै सुमेरु अस्पताल, धापाखेल भएका कारण विद्यार्थी भाई बहिनीहरुलाई प्रयोगात्मक अभ्यासको लागि प्रयाप्त स्रोत साधन भएका कारण हाम्रा विद्यार्थी भाई बहिनीहरु प्राविधिक तथा व्यवसायिक तालिम् परीषद् टपर भएर स्वर्ण पदक जित्न पनि सफल भएका छन् । यस कलेजका साथसाथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका संस्थाहरुमा, सरकारी निकायहरुमा पनि यस कलेजबाट उत्तिर्ण भएका विद्यार्थीहरुको राम्रो संलग्नता भएको पाइन्छ ।


नमूना कलेज बनाउने योजना

प्रमाण पत्र तहको अध्यापनका साथै भविष्यमा स्नातक तहसम्मको अध्यापनलाई अघि बढाई यस सुमेरु ग्रुपद्धारा प्रोमोटेड शंकरापुर एकेडेमीको गरीमा थप उच्च विन्दुमा पु¥याई राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय विद्यार्थीसम्म पनि ल्याएर नेपालको शिक्षा क्षेत्रलाई संसारकै आकाशमा फैलाउन सक्ने एक महत्वपूर्ण पथको रुपमा शंकरापुर एकेडेमी उभिने छ ।

डिप्लोमा तह पछिको पढाई पनि यसै कलेजबाट गराई विद्यार्र्थीहरुलाई सहजिकरण गर्ने योजनाका साथ अगाडि बढिरहेको श्रेष्ठ बताउँछिन् । दक्ष तथा उत्कृष्ट जनशक्ती उत्पादन गरेर शंकरापुर एकेडेमीले भविष्यमा हरेक वर्गका विद्यार्थीहरुमा मेडिकल शिक्षा सहजै प्रदान गर्ने लक्ष्य लिएको छ । 

विद्यार्थीहरुको दैनिक पठनपाठन र प्रयोगात्मक अभ्यास मात्र नभएर सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई अर्थ, शिक्षा र स्वास्थ्य तीनवटै विधामा सेवा पु¥याइरहेको सुमेरु ग्रुपका आफ्ना संस्थाहरुमा रोजगारीको पनि व्यवस्था गर्दै आएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले पनि हाम्रा लगनशिल विद्यार्थीहरुलाई रोजगारीमा पहिलो प्राथमिकतामा राख्दै आइरहेको छ ।

विद्यार्थीहरुको अनुशासन, लगनशिलता, व्यवस्थित भौतिक पुर्वाधार, विज्ञ जनशक्तिको सामुहिक योगदान स्वरुप यस शंकरापुर एकेडेमी अन्य एकेडेमीको तुलनामा भिन्न पहिचान पस्किन सफल भएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्