किरणको ’साईलि’ लोक लोहोरि गीत सार्वजनिक 

काठमाडौं । किरण गौतमको लोक दोहोरि गीत ’साईलि’ सार्वजनिक भएको छ । 
डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको शब्द तथा संगीत स्वंम किरण गौतम, स्वर किरण गौतम र स्मृति गौतमको रहेको छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङरमास्टरिङ कुमार सानू पुनको रहेको छ ।
 गीतको भिडियो मा सरोज दाहाल, आयुष्मा कार्की, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दासको अभिनय रहेको छ । 
भिडियोको निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गौतम,  उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चौलागाई, सम्पादन÷कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाको रहेको छ ।
 


तपाइको प्रतिक्रिया दिनुहोस्