सम्पूर्ण रोगको एकै छातामुनि उपचार दि“दै सुमेरु सिटी अस्पताल

अनिता अवाले, प्रशासन प्रमुख, सुमेरु सिटी अस्पताल, पुल्चोक

थुप्रै स्वास्थ्य संस्थाको अनुभव बटुलि लामो समय कार्य गर्नुभएका अनिता अवालेले सुमेरु सिटी अस्पतालको स्थापना कालदेखि नै सफल प्रशासन प्रमुखको जिम्मेवारी सम्हाल्दै आइरहनुभएको छ । व्यवस्थापनमा स्नाकोत्तर (BN, MHCM) गर्नुभएकी अवाले विभिन्न संघसंस्थाहरुमा समेत रही समाजसेवा गर्दै आइरहनुभएको छ । 

सुमेरु सिटी अस्पतालको परिचय ः

सुमेरु ग्रुपद्वारा संचालित ललितपुर, पुल्चोकमा रहेको यो अस्पताल २०६९ सालमा Sumeru Diagnostic को रुपमा संचालनमा आएको हो । हाल आएर २०७८ मा यो अस्पताल १०० वेडमा विस्तार भएको छ । 

पूर्वाधार तथा जनशक्तिः

संस्थाको आफ्नै स्वामित्वको जग्गामा स्थापित यस अस्पतालको भवनहरु १०० बेडको अस्पताललाई चाहिने जति पूर्वाधारहरु चाहिने हो, त्यो सबै पूरा अवस्थामा रहेको र थप सेवा सुविधाहरुको लागि अन्य भवन निर्माणको क्रममा रहेको छ ।

विभिन्न वार्डहरु, ओ.पी.डी. कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष, सघन उपचार कक्ष, सुविधासम्पन्न ल्यावलगायत विरामीको उपचारका लागि चाहिने आवश्यक सबै कक्षहरु रहेका छन् । 

अल्पकालिन र पूर्णकालिन गरी ४० जना विशेष चिकित्सक, नर्स, पारामेडिकल कर्मचारी, सुरक्षा, सरसफाई, चालक, मर्मत सम्भार, प्रशासनिक तथा अप्रावधानिक १३० गरी कुल २०० जनशक्ति रहेका छन् । 

मोडुलर अप्रेशन थिएटर, अत्याधुनिक ल्याव, PCR  Molecular ल्यावMRI/CT Scan, ECHO, TMT Holter, ABP, PFT, Endoscopy, Colonoscopy, Culpuscopy, UBT, ECG जस्ता अन्य डाइग्नोष्टिक उपकरणहरु 

सहित शल्यक्रियाका प्रमुख उपकरणहरु छन् । 

प्रयाप्त पार्किङ्ग स्थल, फोहोरमैला निर्मुलीकरण सेटअप, विद्युत ब्याकअपका जेनेटरहरु, एम्बुलेन्स र आवश्यक सवारी साधनहरु समेत उपलब्ध छन् । 

अस्पतालका प्रमुख सेवा सुविधाहरु

सेवाग्राहीलाई रेडियोलोजी तथा प्याथोलोजी सेवा २४ सै घन्टा उपलक्ध हुने कुरा जानकारी दिन चाहन्छु, साथै यस अस्पतालमा २४ सै घन्टा आकस्मिक सेवा उपलब्ध रहेको छ ।

यस अस्पतालमा डिजिटल T-Scan Machine / 1.5 Tesla MRI लगायत अत्याधुनिक मेशिनरी सामानहरु सहित अनुभवि चिकित्सक रहेका छन् ।

विशेषज्ञ चिकित्सक, ओपीडी सेवा, डेन्टल, आँखा तथा फिजियोथेरापी सेवा निर्धारित समयमा उपलब्ध छन् । 

बिरामीहरुको सेवा सुविधाका लागि डिलक्स क्याविन, जनरल वेडलगायत विभिन्न रेञ्जका वेडहरु उपलब्ध छन् ।

जनरल, प्राइभेटलगायत सबै वार्डहरुमा टिभी, सीसी क्यामेरा, वाईफाई संचार सुविधालगायत प्रयाप्त नर्सिङ्ग सेवाको व्यवस्था छ ।

यहाँ निःशुल्क पार्किङ्ग, निःशुल्क वाईफाई तथा अनलाईन पेमेन्टको सुविधा छ ।

अस्पतालका विशेषताहरु 

पूर्णकालिन अनुभवि विशेषज्ञ चिकित्सक

डिजिटल  MRI / CT Scan

Molecular PCR ल्याव

हार्डजोनी, न्यूरो सर्जरी, जनरल सर्जरी, युरोलोजी सर्जरी आदि शल्यक्रिया सेवा उपलब्ध 

पारिवारिक वातावरणमा सेवा प्रवाह गरिने

विश्वसनीय, भरपर्दो र गुणस्तरीय सेवा

आफ्नै भवनमा स्थापित र संचालित अस्पताल

पर्याप्त पार्किङ स्थल

हालसम्म अस्पतालले पु¥याएका सेवाका तथ्यांक

समुदायमा आधारित सेवाहरु अन्तर्गत सुमेरु सिटी अस्पतालले हालसम्म थुप्रै निःशुल्क क्याम्पबाट विभिन्न रोगका विरामीहरुलाई सेवा प्रदान गरेको छ । 

त्यसैगरी अस्पतालमा आधारित सेवाहरुअन्तर्गत वहिरंग सेवा, आकस्मिक सेवा, अन्तरंग सेवा, ल्याव टेस्ट रहेका छन् । हालसम्म सुमेरु सहुलियत योजना अन्तर्गत चार लाखभन्दा बढीले सेवा लिनुभएका छन् ।

समुदायका लागि सुमेरु सिटी अस्पतालले पु¥याएको योगदानहरु

यस अस्पतालले कम्युनिटी डिस्काउण्ट भनेर २० प्रतिशत सहुलियत समुदायलाई प्रदान गरेको छ । साथै वडा ३ का वासिन्दाहरुलाई ३० प्रतिशत कम्युनिटी डिस्काउण्ट दिएको छ । यस अस्पतालको स्थापनाले रोजगारीको सिर्जना भएको छ । 

कहाँ कहाँबाट विरामी सेवा लिन आउने गर्छन् ?

यस अस्पतालमा देशै भरिका विरामीहरु सेवा लिन आउने गर्छन् । सबैभन्दा बढी ललितपुर जिल्लाबाट विरामीहरुले सेवा लिनुभएको तथ्यांकले देखाउँछ । अर्को महत्वपूर्ण कुरा उपत्यका बाहिर तराईको जिल्लाका साथै हिमालयपारीका विरामीहरु समेत उपचारका लागि आइरहनुभएको छ । 

कुन—कुन स्थानबाट बढी विरामी आउँछन् ?

ललितपुरको पाटन, ग्वार्को, लुभु, लामातार, सातदोबाटो, सुनाकोठी, हात्तीबन, हरिसिद्धि, ठेचो, चापागाउँ, लेले, छम्पी आदि । यस अतिरिक्त काठमाडौं र भक्तपुरबाट पनि विरामीहरु आइरहनुभएको छ । 

अस्पतालको भावी योजना

अल्पकालिन योजना अन्तर्गत सुमेरु सिटी अस्पतालमा सुविधा सम्पन्न NICU सहितको Maternity Ward विस्तार गर्ने, उपत्यका बाहिर विभिन्न स्थानहरुमा रेफरल सेन्टर स्थापना गर्ने, अनुभवि विशेष चिकित्सक आवद्ध गराउने, प्रविधि मैत्री सेवा संचालनमा थप जोड दिने ।


तपाइको प्रतिक्रिया दिनुहोस्