नेपाल आइडल सिजन–४ को उपाधि जिते भूपेन्द्रले

काठमाडौं, चैत ६ । लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–४ को उपाधि भूपेन्द्र थापामगरले जितेका छन् । शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा भूपेन्द्रले बाजी मारेका हुन् ।

रुपन्देहीका उनले उपाधिसँगै ३० लाख रुपैयाँका साथै विभिन्न गिफ्ट ह्याम्परसमेत प्राप्त गरेका छन् । प्रतियोगितामा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्