ललितपुर । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका ३६ क्लब र धापाखेलका विभिन्न क्लबको संयुक्त आयोजनामा शुक्रबार धापाखेलको मखुण्डोलमा वृक्षारोपण गरिएको छ ।
ललितपुर महानगरपालिका वडा नं २४ धापाखेल मखुण्डोलमा आयोजना गरिएको बृक्षारोपमा फलफुल तथा अन्य गरी करिब ७ सय विरुवा रोपिएको थियो । धापाखेल स्थिति मखुण्डोलमा भएको वृक्षारोपण कार्यक्रममा महानगरका मेयर २४ नं वडाका वडाअध्यक्षसहित लायन्स क्लबका गभर्नरलगायत बरिष्ठ लायन्स लिडरहरूको सहभागिता रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्