युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्का तालिम अधिकृत निलम्बनमा

10k Shares

काठमाडौं,  १२ जेठ । इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक  कर्मचारीलाई निलम्बन गरिएको छ । 

परिषद्का तालिम अधिकृत विजयकुमार झाले शनिबार आफ्नै कार्यकक्षमा बोलाएर आफूलाई दुर्व्यवहार गरेको ती युवतीको आरोप छ । आफूमाथि दुर्व्यवहार भएको भन्दै युवतीले दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि उनलाई निलम्बन गरिएको परिषद्का एक अधिकारीले बताए । 

घटनाबारे अनुसन्धान भइरहेको र झामाथि थप कारबाही  प्रक्रियासमेत  अघि बढाइने ती अधिकारीले जानकारी दिए ।  झाले यसअघि २०७६ सालमा पनि महिला सहकार्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि उनलाई दुई महिना निलम्बन गरिएको थियो ।

सम्बन्धित समाचार