मपदण्डविपरत होटल दियालोमा क्यासिनोको लाइसेन्स दिलाउन मन्त्री आलेको दवाव, पर्यटन विभागका कर्मचारी तनावमा

काठमाडौं । मापदण्ड नै नपुगेका होटलहरुलाई मन्त्रीको ठाडो ओदशमा पर्यटन विभागले बाध्य भएर क्यासिनोको लाइसेन्स दिँदै आएको समाचार खोजतलासले प्राप्त गरेको छ । 

क्यासिनो संचालनको लागि चारतारे होटल हुनुपर्ने र चारतारे होटल हुनको लागि पनि पर्यटन विभागले तोकेको मापदण्ड पुगेको अवस्थामा मात्र चार तारे होटलको लाइसेन्स प्राप्त गर्न सक्दछ । 

तर, नेपालको मुख्य नाकाको रुपमा रहेको बिरगंजमा मापदण्ड नै नपुगेको होटल दियालो लर्ड प्लाजालाई चार तारेको लाइसेन्सको बिल्ला राजनीतिक दलको शिर्ष नेताको दवावमा दिएको पाइएको छ । 

होटल दियालो लर्ड प्लाजा चार तारे होटल हुनको लागि सामान्य मापदण्ड पनि पुरा नभएको अवस्थामा पनि संचालकहरुले राम्रो नजराना चढाएकै कारण राजनीतिक दलका शिर्ष नेताको दवावमा चार तारे होटलको लाइसेन्स लिन सफल बनेको होटलकै एक व्यवस्थापकले खोजतलासलाई जानकारी गराए ।

पैसा र पहुँचको भरमा तारे होटललाई चाहिने सामान्य मापदण्डसमेत नपुगेको होटललाई लाइसेन्स दिएको यो त एउटा उदाहरण मात्र हो । होटल दियालो लर्ड प्लाजा जस्ता धेरै होटलहरुले पैसाकै आडबलमा तारे होटलको लाइसेन्स लिएको तथ्यांक धेरै नै छन् । 

अझ पछिल्लो समय त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दुई करोडको दरले पैसा असुल्दै दर्जनभन्दा बढी सामान्य मापदण्डसमेत नपुगेको होटलहरुलाई क्यासिनोको लाइसेन्स दिँदै आएको स्रोतले दावी गरेको छ ।

मन्त्री आलेको ठाडो आदेशमा चार तारे होटल हुनको लागि सामान्य मापदण्डसमेत नपुगेको बिरगंजको होटल दियालो लर्ड प्लाजालाई चार तारे होटलको लाइसेन्स दिलाई सोही होटलमा क्यासिनो संचालन गर्नको लागि पनि न्यूनतम मापदण्डसमेत नपुगेको अवस्थामा पनि क्यासिनोको लाइसेन्स दिलाउनका लागि पर्यटन विभागलाई दवाव दिइरहेको स्रोतले बताएको छ ।

चार तारेको न्यूनतम मापदण्डसमेत नपुगेको होटल दियालो लर्ड प्लाजामा क्यासिनो संचालनका लागि भन्दै पर्यटन विभागमा निवेदन दिएको तर लाइसेन्स दिँदा आफूहरु पनि फसिने डरले कर्मचारीहरुले सो निवेदनलाई कारबाही अगाडि नै नबढाएको जानकारी खोजतलासलाई गराएका छन् । 

चार तारे होटल र क्यासिनो संचालनका लागि पर्यटन विभागले तोकेको मापदण्डमा भनिएको छ, ‘रुख विरुवा सहित हरियालीयुक्त शान्त र मनोरम वातावरण हुनुपर्ने, होटल परिसर पूर्णरुपमा धुलोरहित स्वच्छ र सुरक्षित भएको र नियमित रुपमा उचित मर्मत सम्भार भएको हुनुपर्ने, भवनले ओगटेको क्षेत्रफल तथा खुल्ला क्षेत्रफल सम्बन्धी प्रावधान बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२, राष्ट्रिय भवन संहिता, २०६० तथा सम्बन्धित स्थानीय तहको भवन निर्माण सम्बन्धी मापदण्ड बमोजिम हुनुका अतिरिक्त व्यावसायिक प्रयोजन खुलेको हुनुपर्ने, चारतारे होटलको हकमा कम्तिमा २० वटा चारपांग्रे गाडीको पार्किङ हुनुपर्नेलगायतका मापदण्डहरु छन् । 

तर होटल दियालो लर्ड प्लाजामा भने पार्किङको हिसावले २ वटा गाडी मुस्किलले पार्किङ गर्न पुग्ने छ भने होटल आसपासको प्रति जग्गामा पार्किङको व्यवस्था गरेका छन् भने सो पार्किङ स्थल वरपर रहेको फोहोरले होटल र होटलमा आउने पाहुनाहरुलाई गिज्याई रहेको आभास प्रष्टरुपमा जो कसैले देख्न सक्छ । पर्यटन विभागले तोकेको मापदण्ड भित्र न्यूनतम भन्दा न्यूनतम मापदण्ड नपुगेको होटल दियालो लर्ड प्लाजालाई क्यासिनोको लाइसेन्स दिलाउन मन्त्री प्रेम आलेले किन दवाव दिइरहेका छन् ? यसैबाट प्रष्ट हुन्छ कि प्रेम आलेले मन्त्री सम्हालेपछि झण्डै ८ वटा होटलमा क्यासिनोको लाइसेन्स दिलाई प्रति क्यासिनो लाइसेन्स दिलाए वापत दुई करोड रुपैयाँ नजराना लिएको स्रोतको दावी पुष्टि हुन्छ । 

प्रेम आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि मापदण्ड विपरित संचालित होटलहरुमा झण्डै दर्जन नयाँ क्यासिनोको लाइसेन्स दिलाएका छन् । उनले दिलाएका क्यासिनो लाइसेन्समा निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रा.लि. सिद्धार्थनगर भैरहवा, बेलिज इन्टरटेनमेन्ट  प्रा.लि. बिरगंज, भेन्यु रिक्रियसन प्रा.लि. नेपालगंज बाँके, सिद्धार्थ गेमिङ जोन प्रा.लि. (क्यासिनो प्याराडाइज), सिद्धार्थनगर भैरहवा, ओम बयम्बकम इन्टरटेनमेन्ट प्रा.लि., नेपालगंज बाँके, सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रा.लि नेपालगंज बाँके, बालडो डाइनेस्टी इन्टरटेनमेन्ट प्रा.लि. काठमाडौं ठमेल, गोल्डेन फिङगर गेमिङ जोन प्रा.लि. गण्डक, पर्सालाई लाइसेन्स दिलाइसकेका छन् । 

क्यासिनो संचालनको लागि पर्यटन विभागको मापदण्डअनुसार दुई देशबीचका नाकाको तीन किलोमिटर बाहिर चाहिने प्रावधान छ । तर यस्तो प्रावधान हुँदा हुँदै पनि प्रेम आलेको ठोडो आदेशमा दुई देशबीचको सिमाना तीन किलोमिटरभित्रै पर्ने विरगंजका होटल दियालो लर्ड प्लाजालाई किन क्यासिनो दिलाउन जोडतोडले लागिरहेका छन् ? गम्भीर विषय बनेको छ । यस विषयमा पर्यटन विभागसँग बुझ्दा, ‘दुरी कायम गरेको स्थानीय तहको सिफारिससहितको प्रमाण अहिलेसम्म पनि पेस नगरिसकेको’ बताएको छ । दुरी कायम स्थानीय निकायले गर्ने हुँदा स्थानीय निकायले प्रमाणित गरेको प्रमाण पेश गरेको खण्डमा मात्र क्यासिनोको लाइसेन्स दिलाउन मिल्ने विभागका अधिकारीले बताएका छन् । 

यसरी प्रेम आलेको ठाडो आदेशमा मापदण्ड विपरित तारे होटलहरुमा धमाधम क्यासिनोको लाइसेन्स वितरण गरेपछि लामो समयदेखि क्यासिनो व्यवसाय अंगाल्दै आइरहेका व्यवसायीहरुको व्यवसाय नै धरापमा पर्ने कार्य मन्त्री आलेले गरेको गुनासो संचालकहरुको गरेका छन् । देशलाई ठूलो मात्रामा राजश्व तिर्दै आएका पुराना क्यासिनो व्यवसायीहरु अब बाध्य भएर विदेशिनु वा अन्य व्यवसायतिर लाग्नुपर्ने अवस्था आएको गुनासो खोजतलासलाई पोख्छन् । 

प्रेम आलेको यस्तो गैरजिम्मेवारी कार्यले मापदण्डविपरित तारे होटलहरुमा संचालित क्यासिनोका कारण अब नेपालमा तनावरहित स्वच्छ वातावरणमा खेल्न क्यासिनो आउने पर्यटकहरुमा समेत नकारात्मक असर पर्ने भएका कारण एक चोटी नेपाल आई खेल्ने पर्यटकहरु दोस्रोपटक नेपाल नभित्रिने सम्भावना बढ्दै गइरहेको क्यासिनो व्यवसायीहरुले बताउने गरेका छन् । 



तपाइको प्रतिक्रिया दिनुहोस्