‘फिजियोथेरापी मेडिकलको एउटा पार्ट हो’

डा. श्याम कुमार शाह,  फिजियो थेरापी, सुमेरु अस्पताल, धापाखेल


० फिजियो थेरापी भन्नाले के बझ्न सकिन्छ ?

फिजियो थेरापी भन्नाले मेडिकलको एउटा पार्ट हो, जसमा विरामीहरुलाई इभिडेन्स वेस्ट प्राक्टिसबाट बिना अप्रेशन, एक्सरसाइज, इलोक्ट्रो थेरापीबाट रोगको निदान गर्ने गरिन्छ । नेपालीमा यसलाई भौतिक चिकित्सा पनि भनिन्छ । 

० कस्ता—कस्ता रोगहरु थेरापी विधिबाट निदान गर्न सकिन्छ ?

फिजियो थेरापीको पनि विभिन्न विशेषज्ञ फिल्डहरु हुन्छन् । जस्तो अर्थो, न्यूरो, कार्डियोथोरासिक, पेडियाट्रीक, जेराइट्रिक, कम्युनिटी वेस्ट रिह्याव, गाइनो आदि हुन्छन् । यी सबै विशेषज्ञ फिल्डभित्र पर्ने रोगहरु फिजियो थेरापी विधिबाट उपचार हुन्छ । 

० मायस्थेनीया ग्रेविस कस्तो खाले रोग हो ?

मयस्थेनीया ग्रेविस शब्द ग्रिक र लेटिनबाट आएको हो । मायस भन्नाले मसल्स बुझिन्छ, स्थेनीया भनेको चाहिँ वीकनेस हो । ल्याटिनमा चाहिँ ग्रविस भनेको सिरियस हो । समग्रमा मायस्थेनीया ग्रेविज भनेको अटो इम्युन डिजिज हो, जसले न्यूरो मस्कुलर जङसनमा असर गर्छ । न्युरो मस्कुलर जङसनमा एसिटायलकोलिन रिसेप्टर हुन्छ, जसलाई हाम्रो शरीरको सर्कुलेटिङ एन्टीबढीले ब्लग गर्छ । जसले गर्दा हाम्रो नशा र मांशपेसीको बिचमा हुने नर्मल कम्युनिकेशन ब्रेक डाउन हुन्छ । जसले गर्दा मांशपेसीको कम्जोरी र थकान अस्थिर रहन्छ । यस्तो रोग विशेष गरी ७ हजार ५०० जनामा एक जनालाई लाग्ने गर्छ । नयाँ अध्ययनको हिसावले १० लाख मान्छेमा ३ देखि ३० जनामा यो रोग लाग्ने गर्छ । पुरुष भन्दा महिलामा यो रोग बढी देखिन्छ । यो रोग महिला र पुरुषमा ३ः२ को रेसियोमा लाग्ने गर्छ ।  सामान्यरुपमा यो रोग ४० वर्षभन्दा कम उमेरको महिला र ६० वर्षभन्दा बढी उमेरको पुरुषहरुमा यो रोग लाग्ने गरेको पाइएको छ । बच्चाहरुमा भने यो रोग खासै लाग्ने गरेको पाइएको छैन । यो रोग लाग्नुको मुख्य कारण जेनेटिक फ्याक्टर र थाइमस ग्रन्थीमा हुने ट्यूरका कारणले पनि देखिने गर्छ । 

० यो रोगको लक्षणहरु हुन्छन् ?

यो रोग लागेको अवस्थामा रोगीलाई बोल्न गाह्रो हुने, खानेकुरा निल्न गाह्रो हुने, आईलिड झोल्लिने, बोल्दा नाके बोली आउने, शरीर थकान हुने, हात, खुट्टा र जिउको मांशपेसीहरु क्रमिक रुपमा कम्जोर हुँदै जाने हुन्छ । यो रोग लागेका मानिसहरुमा केही काम गर्दा चाँडै नै थकानको महसुस हुने, आराम गर्दा शरीरलाई थकान कम भएको महसुस हुने गर्छ । स्वाश प्रश्वासको गर्ने मांशपेसीहरुलाई पनि यस रोगले असर गर्ने गर्छ । जसले गर्दा विरामीलाई सास फेर्न गाह्रो हुने गर्छ । निरोगी अवस्था भन्दा अनुहारको अभिव्यक्ति निन्याउरो हुने आदि लक्षणहरु देखिने गर्छ ।

० मायसथेनिया ग्रेविस रोग भएको कसरी पहिचान गर्ने ?

यो रोग पहिचान गर्नको लागि माथि भनेको रोगको लक्षणहरुको पहिला पहिचान गर्नुपर्छ । मायसथेनिया ग्रेविस फाउण्डेशन अफ अमेरिकाले क्लीनिकल क्लासिफिकेसन गरेको छ, यसका माध्यमबाट पनि रोगका बर्गीकरण र मूल्यांकन गर्न सकिन्छ । अर्को भनेको न्युरोलोजिस्टसँग कन्सल्ट गरेर ब्लड चेकजाँच गरिन्छ, जसमा सेरम एन्टीबडी एसिटायल कोलिन रिसेप्टरसँग कत्तिको सेन्सेटिभ छ । अर्को इएमजी स्टडीज, पर्मोनरी फङसन टेस्ट र छातीको एक्सरे पनि गरिन्छ । 

० मायसथेनिया ग्रेविस रोग लागेका विरामीलाई कसरी उपचार गर्न सकिन्छ ?

यो रोगको उपचारका लागि न्यूरोलोजिस्ट र फिजियो थेरापीको सहकार्यमा उपचार गर्न सकिन्छ । 

० मायसथेनिया ग्रेविस रोग लागेको पत्ता लागेको अवस्थामा यो रोगको उपचारमा फिजियो थेरापीको कस्तो भूमिका रहन्छ ?

यो रोग लागेका विरामीहरुको उपचारका लागि फिजियो थेरापीको एकदमै ठूलो महत्वपूर्ण भूमिका हुने गर्छ । यो रोगको उपचारको क्रममा फिजियो थेरापीको साथै विरामीको परिवार र कुरुवाको पनि महत्वपूर्ण भूमिका रहने गर्छ । अस्पताल या फिजियोथेरापी सेन्टरमा विरामीले फिजियो थेरापी गरेपछि डाक्टरको सल्लाह अनुसार कुरुवा वा परिवारले घरमा पनि डाक्टरले सिकाए अनुसार विरामीलाई थेरापी गराउने गरेको खण्डमा रोगबाट चाँडै नै निको र सहज हुने गर्छ ।  

० यो रोग लागेको विरामीलाई फिजियो थेरापीबाट कसरी उपचार गर्न सकिन्छ ?

विरामीको अवस्था हेरेर मात्र फिजियो थेरापीको उपचार विधि अप्नाईन्छ । विरामीको फिजियो थेरापीबाट उपचार गर्दा फिजियो थेरापिस्टले उपचारको उद्देश्य र योजना बनाई बिरामीको उपचार गर्ने गरिन्छ । 

यस्ता रोग लागेका विरामीको हकमा फिजियोथेरापिस्टको पहिलो उद्देश्य भनेको विरामीलाई साइक्लोलोजिक सर्पोटको आवश्यकता पर्छ । अर्को उद्देश्य भनेको विरामीलाई स्वास प्रश्वाससम्बन्धी जटिलता देखिएको अवस्थतामा रोकथाम गर्ने, बिरामीको भाइटल क्यापिसिटी सुधार गर्ने, मांशपेसीका अनावश्यक थकानबाट जोगाउने, मसल्स टोनलाई नर्मल राख्ने, विरामीलाई दैनिक कार्यमा प्रोत्साहित गराउने उद्देश्यहरु हुन् । त्यस्तै उपचारको योजनाको कुरा गर्दा पहिलो नम्बर भनेको विरामीलाई डिप्रेसनबाट जोगाउनको निमित्त मनोवैज्ञानिक परामर्श दिने, त्यसपछि विरामीको हातखुट्टा आफैले चलाउनका लागि प्रोत्साहन गर्दै लैजाने जसलाई हामी एक्टीभ एक्सरसाइज पनि भन्छौं, यदि विरामीले हातखुट्टा चलाउन नसकेको खण्डमा कसैको सर्पोट लिने, अथवा आवश्यक परेमा फिजियोथेरापिस्टले एक्सरसाइज गराइदिने, जसलाई प्यासिव एक्सरसाइज पनि भन्ने गरिन्छ । सबटीस्युको लेन्थ मेन्टेन गर्न प्यासिव स्टेचिङ गर्नुपर्छ र आवश्यक परेमा करेक्टीभ स्प्लीनको प्रयोग गर्ने, जसले स्टेचलाई कायम राख्ने गर्छ । त्यसैगरी, स्वास प्रश्वास सम्बन्धी जटिलताहरु आएको खण्डमा फिजियो थेरापीबाट चेस फिजियो गर्नुपर्छ जसमा ब्रिदिङ एक्सरसाइजको महत्वपूर्ण भूमिका रहन्छ । विरामीको राम्रो ब्रोङ्कियल हाइजिङ मेन्टेन गर्ने, सेक्रेसन भएको खण्डमा पोस्टरल ड्रेनेज, कफिङ, हफिङबाट सेक्रेसन रिमुभ गर्न सकिन्छ । यस्तो विरामीलाई वेडसोरबाट जोगाउनु अत्यन्तै आवश्यकता पर्छ । 

वेडसोरबाट जोगाउनका निमित्त पोजिसन चेन्ज गर्ने, स्कीनको हाइजिङ राम्रो राख्नुको साथै एयर वेड तथा वाटर ब्यागको पनि प्रयोग गर्नुपर्छ ।

बेडसोर भएको अवस्थामा वेडसोरबाट जोगाउन गरिने कार्यका साथै घाउँको नियमित ड्रेसिङ गर्नुपर्छ । आवश्यक परेको खण्डमा क्रायो थेरापी र युभिआर थेरापीबाट पनि उपचार गरिन्छ, जुन फिजियो थेरापी अन्तर्गत नै हुन्छ ।

विरामीले आफ्नो मुत्रसयको राम्रो हेरचाह गर्नुपर्छ, जसमा विरामीलाई आफैले क्याथेटर लगाउन र सफा गर्न थेरापिस्टले सिकाउँछन् । सोही अनुसार नियमित रुपमा विरामीले घरमा गर्नुपर्छ । 

विरामीलाई आत्मनिर्भर बनाउनको लागि फिजियोथेरापिस्टले म्याट एक्सरसाइज, एस्थ्रेन्देनिङ एक्सरसाइज, वेटवेरिङ एक्सरसाइज, गेट ट्रेनिङका साथै ट्रान्सफर टेक्निक पनि सिकाउनुका साथै गराउने गरिन्छ । जुन विरामी र विरामीको कुरुवाले घरमा पनि नियमितरुपमा विरामीलाई फिजियो थेरापिस्टले सिकाए अनुसार एक्सरसाइज गर्नु र गराउनु पर्छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्