दुवै सदनको बैठक आज १ बजे

काठमाडौं, ६ असार । संघीय संसदको दुवै सदनका बैठक सोमबार १ बजे बस्दैछ । प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेश गर्ने छन् । छलफलपछि आजै विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन् । अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस भनि प्रस्ताप पेश गर्नेछन् । 

मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ । राष्ट्रियसभाको बैठक पनि दिउसो १ बजे नै सुरु हुनेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्