ललितपुर जिल्ला भलिबल छनौट प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेल सम्पन्न

ललितपुर । राष्ट्रपति शिल्ड प्रतियोगिताअन्तर्गत ललितपुर जिल्ला भलिबल छनौट प्रतियोगिताको सेमिफाइनल जावलाखेल भलिवल प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा छात्रतर्फ मदन स्मारक माविले फुलचोकी माविलाई २५—२०, २५—१८ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेका छ भने दोस्रो सेमिफाइनलमा भ्याली पब्लिकले सिद्धि मंगल माविलाई २५—२२, २५२१ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
त्यस्तै, छात्रातर्फ भएको पहिलो सेमिफाइनल खेलमा नमूना माविले सिद्धि मंगल माविलाई २२—२५, २५—१८, २५—२१ को सेटमा जित निकाली फाइनलमा प्रवेश गरेको छ भने दोस्रो सेमिफाइनलमा माउन्ट ओलिभ माविले भ्याली पब्लिक माविलाई २५—२०, २५—२३ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
छात्र र छात्रातर्फ भएको सेमिफाइनल खेलको उद्घाटन ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जनले गरेका थिए ।
फाइनलमा प्रवेश गरेका छात्रतर्फ मदन स्मारक मावि र भ्याली पब्लिक मावि र छात्रातर्फ नमुना मावि र माउन्ट ओलिभ बीच प्रतिस्पर्धा हुने छ भने आज तेस्रोको लागि सेमिफाइनलमा पराजित टोलीहरुबीच प्रतिस्पर्धा गराइने ललितपुर जिल्ला भलिबल संघका महासचिव भीम नेमकुलले जानकारी दिएका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्