‘डाक्टरको सल्लाह बेगर जथाभावी औषधी प्रयोग गर्दा त्यसले दिर्घकालिन असर पु¥याउन सक्छ’

बच्चाहरुलाई मायाले जंगफुड खुवाउने परम्परा छ, तर त्यसले बच्चाको शरीरलाई हानी पु¥याइरहेको हुन्छ । त्यसैले बच्चालाई सकेसम्म जंकफुड नखुवाई घरमै बनेको खानेकुरा र मौशम अनुसारको फलफुल खाने बानी बसाल्नु पर्छ । त्यस्तै, बच्चा सामान्य विरामी भएको अवस्थामा मेडिकलमा जथाभावी औषधी किन खुवाउने गर्दा बच्चालाई झन् समस्या पर्न सक्छ, डाक्टरको सल्लाह र सुझाव नै नलिई आफूखुसी कसैको लहलहैमा मेडिकलमा जथाभावी एन्टीवायोटिक औषधी किनी बच्चालाई खुवाएको अवस्थामा विरामीको रोग प्रतिरोधात्मक क्षमता ह्रास भई त्यसले दिर्घकालिन समस्या पनि ल्याउन सक्छ, त्यसैले डाक्टरको सल्लाह र सुझाव अनुसार डाक्टरले सिफारिस गरेको औषधी मात्र प्रयोग गर्दा विरामीलाई दिर्घकालिन असर नपर्नुका साथै त्यसले साइड इफेक्टसमेत नगर्ने लगायतका विषयमा सुमेरु अस्पताल धापाखेलका बाल रोग विशेषज्ञ डा. नितेश श्रेष्ठसँग खोजतलास साप्ताहिकले गरेको कुराकानी ः

० सुमेरु अस्पतालमा कस्ता खाले समस्या लिएर बिरामी बच्चाहरु आउने गर्छन् ?

सुमेरु अस्पतालमा धेरै जसो बच्चाहरु सामान्य रुघाखोकीबाट ग्रसित भएर आउने गर्छन्, यो सँगै इमरजेन्सीका धेरै केसहरु लिएर पनि आउने गरेका छन् ।

० वर्षायाममा हुने संक्रमणबाट बच्चाहरुलाई कसरी बचाउन सकिन्छ ?

वर्षायाममा बच्चाहरुलाई विशेष गरी झाडापखाला, टाइफाइड, सामान्य रुघाखोकीदेखि लिएर निमोनिया पनि हुने गर्छ । यसबाट बच्नलाई सबैभन्दा महत्वपूर्ण भनेको सरसफाई नै हो । त्यसका लागि बेलाबेलामा साबुन पानीले हात धुने, माक्स लगाउने, खानपिनमा ध्यान दिने गरेको खण्डमा पनि बच्चा संक्रमणबाट बचाउन सकिन्छ ।

० बच्चाहरुलाई चाँडै नै निमोनियाले छुने कारण के होला ?

वयस्क मानिसको दाँजोमा बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । उनीहरुको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली विस्तारै विकसित हुँदै गइरहेको हुन्छ । विशेष गरी बच्चाहरु ब्याक्टेरिया र भाइरसहरुको प्रवेश पहिलोपटक हुने भएकाले पनि शरीरले प्रतिरक्षा गर्न नसक्ने हुँदा चाँडै नै निमोनिया हुने सम्भावना रहन्छ । 

० बोल्न नसक्ने बच्चाहरुको रोग कसरी पहिचान गर्न सकिन्छ ?

आमा बुबाको निगरानी, उनीहरुबाट मेडिकल हिस्ट्री र हरेक पल्ट बच्चालाई डाक्टरले जाँच गर्दा सम्पूर्ण शरीरको  शारीरिक विकासलाई जाँचेर पनि बच्चाहरुको नबोल्ने समस्याको पहिचान गर्न सकिन्छ ।

० भाइरल डायरिया भएको खण्डमा बच्चाको कसरी उपचार गर्ने ? 

भाइरल डायरिया भएको अवस्थामा शरीरमा पानीको मात्रा कमी हुनु दिनुहुँदैन । बच्चाको शरीरबाट जति पानी र इलेक्ट्रालाइटको कमी भएको हुन्छ, त्यही अनुपातमा रिप्लेस गर्नुपर्छ । बच्चाको शरीर स्यानो हुने भएकोले शरीरमा तरल पदार्थको कमी थोरै लागे पनि धेरै चाँडो सिरियस कन्डीसनमा जान सक्छ । तसर्थ जीवन जल लिनु अत्यावश्यक हुन्छ । त्यसबाहेक  औषधीहरु पनि प्रयोग गर्न सकिन्छ, जस्तो प्रोवायोटिक, वान्ता रोक्ने, पेट नदुख्ने औषधी प्रयोग गर्न सकिन्छ । तर, एन्टीवायोटिक सकेसम्म दिशा जाँच नगराई बच्चालाई सेवन गर्न दिनुहुँदैन ।

० वर्षायाममा बच्चाहरुलाई संक्रमण भई विरामी हुने गर्छन्, यसबाट बच्न कस्ता उपायहरु अप्नाउनुपर्ला ?

वर्षायाममा बच्चाहरुलाई संक्रमणबाट जोगाउनका लागि साबुन पानीले राम्रोसँग हात धुने बानी बसाल्ने, सरसफाईमा विशेष ध्यान दिने, बाहिरको खानेकुरा सकेसम्म नखुवाउने, हिलो, फोहोर पानीमा खेल्न नदिने गरेको खण्डमा संक्रमणबाट बच्चालाई जोगाउन सकिन्छ । 

० वर्षायाममा बच्चाहरुलाई कस्ता—कस्ता समस्याहरु देखा पर्ने गर्छन् ?

बच्चालाई वर्षायाममा देखिने स्वास्थ्य समस्या भनेको झाडापखाला, डेङ्गु, इन्फ्लुएन्जा, टाइफाइड, मलेरिया आदि समस्याहरु देखा पर्ने गर्छ । यसबाट बच्नको लागि भनेको साबुन पानीले राम्रोसँग हात धुन बानी गराउने, सरसफाईमा विशेष ध्यान दिने, बाहिरको खानेकुरा सकेसम्म नखुवाउने, हिलो, फोहोर पानीमा खेल्न नदिने नै हो ।

० अहिले बच्चालाई आमाले आफ्नो दुध खुवाउनेभन्दा पनि बोतलबाट दुध खुवाउने बढि देखिएको छ, यसबारेमा तपाईंको धारणा के छ ?

बच्चालाई आमाको दुध खुवाउनु अमृत सरह हो । बच्चालाई कम्तिमा पनि ६ महिनासम्म आमाको दुध आवश्यकता पर्छ । तर आमाको दुध नपुगेको अवस्थामा बट्टाको दुध जस्तो ल्याक्टोजेन, सिमिल्याक, फ्यारेक्स खुवाउनुपर्छ । दुई वर्षपछि मात्र गाई भैंसीको दुध खुवाउन मिल्छ । तर पछिल्लो समय बच्चालाई दुध नखुवाउने धेरै कारणहरु छन्, अफिसमा काम गर्ने महिला, शरीर बिग्रने सोचाई, सजिलो तरिकाका कारणले पनि बच्चालाई आमाले दुध खुवाउनुभन्दा पनि बोतलबाट खुवाउने देखिएको छ । बोतलबाट खुवाउने भनेको कि त आमाको दुध नआएको अवस्थामा, आमा विरामी भएको वा अरु कुनै महत्वपूर्ण कारणले गर्न नसकेमा मात्र बोतलबाट दुध खुवाउने हो । होइन भने आमाको दुधको जति फाइदा र सजिलो अरु केहीबाट पनि हुँदैन । 

० पछिल्लो समय बालबच्चामा प्रेसरको समस्या देखिने गरेको छ, के कारणले यस्तो समस्या आएको होला ?

बालबच्चामा प्रेसर बढ्ने रोग देखिनु भनेको जन्मजातै पनि हुन्छ, त्यसपछि अस्वस्थ खानपिन, एक्सरसाइज नगर्ने, मुटु र मृगौलाको समस्या भएको अवस्थामा पनि ब्लड प्रेसरमा समस्या आउने गरेको पाइएको छ ।

० बालबच्चामा मोवाइल, टीभी, ट्यावको लत नै बसेको छ, यसबाट छुटाउन कस्ता उपाय अप्नाउनुपर्ला ?

पछिल्लो समय तपाईंले भनेजस्तो बच्चाहरु मोवाइल, ट्याव, टीभी नभई बस्नै नसक्ने अवस्था पुगेका छन् । यसले दिर्घकालिन असर पु¥याउँछ । यसबाट छुटकारा गराउन अहिलेदेखि नै विभिन्न गतिविधिमा संलग्न गराउनुपर्छ, जस्तो खेलकुद, शारीरिक व्यायाम, कुनै काममा व्यस्तता गराउने, विगतमा बच्चाहरु स्कुल जाने भएका कारण आमा—बाबुले खासै समय दिनुपर्ने अवस्था थिएन, तर कोरोना भाइरसका कारण बच्चाहरु स्कुल जाने अवस्था नरहेको अवस्थामा आमा—बाबुले पनि बच्चालाई समय दिएर मोवाइल, ट्याव, टीभी भन्दा पनि अन्य गतिविधिमा व्यस्त बनाउनु जरुरी भइसकेको छ । बच्चालाई अनुशासनमा राख्नका लागि आमा—बाबुले पनि त्यही अनुसारको गतिविधि गर्नु आवश्यक छ । 

० एन्टीवायोटिक किन डाक्टरको सल्लाह बेगर चलाउनु हुँदैन ?

एन्टीवायोटिक भनेको किटाणु र ब्याक्टेरियाहरुसँग लड्न सक्ने औषधी हो । हामीले बिना कारण मेडिकलबाट जथाभावी एन्टीवायोटिक किनेर आफूखुसी खान दिनु हुँदैन, यसरी जथाभावी एन्टीवायोटिक बच्चालाई खुवाएको अवस्थामा बच्चाकोे शरीरमा रोगसँग लड्ने क्षमता ह्रास हुँदै जान्छ । त्यसकारण जथाभावी एन्टीवायोटिक प्रयोग गर्नु हुँदैन, यदि एन्टीवायोटिक प्रयोग गर्नैपर्ने अवस्था आएको खण्डमा डाक्टरको सल्लाह अनुसार एन्टीवायोटिक चलाउनुपर्छ । 

० एन्टीवायोटिकले रोग प्रतिरोधात्मक क्षमता कसरी ह्रास हुन्छ ? 

आजभोली सानै उमेरदेखि बच्चाहरुलाई एन्टीवायोटिक प्रयोग गरिरहेको पाइन्छ । यसले बच्चाहरुको शरीरले जति रोग प्रतिरक्षात्मक काम गर्ने हो त्यो कमी हुँदै आइरहेको छ । तर, डाक्टरको सल्लाह अनुसार आवश्यक भएको बेलामा एन्टीवायोटिक चलाउँदा यसले ज्यान बचाउने गर्छ । तर, आजभोलि विरामी हुने वित्तिकै मेडिकलबाट डाक्टरसँग जाँच र सल्लाह नगराई औषधी प्रयोग गर्दा ती औषधीको साइड इफेक्टले धेरै हुने गरेको छ । त्यसमा पनि धेरै बच्चाहरु बिरामी भएर ओपीडी आउँदा एन्टीवायोटिक खाइसकेका हुन्छन् । कहिले गलत एन्टीवायोटिक दिइएको हुन्छ भने कहिले मात्रा नमिलेको हुन्छ, किन भने ठूलो मान्छेको भन्दा फरक बच्चामा औषधी सबै बच्चाको तौल अनुसार हिसाव गरेर दिनुपर्ने हुन्छ । यसरी गलत एन्टीवायोटिक प्रयोग गर्दा अथवा मात्रा नमिलाएर दिँदा एन्टीवायोटिकले काम राम्ररी गर्दैन र ब्याक्टेरियाले त्यो एन्टीवायोटिकसँग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । यसको मतलव अर्को पटक त्यो एन्टीवायोटिकले इन्फेक्सनबाट विरामी भएको बच्चालाई काम गर्दैन ।

० एन्टीवायोटिक प्रतिरोधसँग हामी किन सतर्क हुनुपर्छ ?

यसरी एन्टीवायोटिक जथाभावी प्रयोग हुँदा एन्टीवायोटिक प्रतिरोधात्मक क्षमता ह्रास हुँदै जान्छ । संसारभरी नै गन्न मिल्ने गरी एन्टीवायोटिक औषधीहरु छन् जुन हामी प्रयोग गर्छौं । नयाँ एन्टीवायोटिकको विकास गर्न धेरै गाह्रो छ, आजभोली एकदमै धेरै नयाँ एन्टीवायोटिक बनाउने कार्य बन्द हुन लागिरहेको देखिन्छ । तसर्थ भएको एन्टीवायोटिकसँग प्रतिरोधात्मक क्षमता बढ्दै गयो भने विस्तारै त्यस्तो दिन आउँछ जहाँ हामीसँग ब्याक्टेरियाहरुसँग लड्न औषधी नै हुँदैन र यस्तो धेरै ठाउँमा देखि पनि सकेको अवस्था छ । यस्तो देखिने भनेको धेरै जसो अस्पताल÷आईसीयु÷एनआईसीयुहरुमा हुन्, जहाँ हामीले दिर्घकालिन इन्फेक्सनसँग लड्न धेरै एन्टीवायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा अस्पतालको आईसीयु बाहेक सामान्य मानिसमा हुन थाल्यो भने एकदम खतरनाक अवस्थामा पुग्नेछौं । जहाँ उपचार गर्न हामीसँग औषधी नै बाँकी हुँदैन । यस्तो अवस्थाबाट बच्न हामीले एकदम खतनाक भएको एन्टीवायोटिक प्रयोग गर्नुपर्छ । जो कसैले डाक्टरहरुसँग सल्लाह र सुझाव नलिई एन्टीवायोटिक दिन सल्लाह नगर्नुस् । डाक्टरले आफ्नो दिमाग, अनुभव, बच्चाको अवस्थाअनुसार एन्टीवायोटिक चलाउने÷नचलाउने गर्छन् र त्यसलाई मान्नुपर्छ । डाक्टरले दिएको सल्लाह र भने अनुसार फलोअप गर्नुपर्छ । बिना जाँच सामान्य औषधी बाहेक अरु औषधी किन्नु हुन्न र मेडिकलबाट दिइए पनि लिनु हुँदैन । नेपालमा जति सस्तोमा सजिलोसँग स्पेसलिष्ट डाक्टरलाई देखाउन पाउने अरु कुनै देशमा छैन होला । त्यसैले डाक्टरकोमा चेकअप र सल्लाह लिन जान हिच्किउन हुन्न । यो सँगसँगै हाम्रो देशको नियमक निकाय जस्तै स्वास्थ्य मन्त्रालय, एनएमसीले डाक्टरहरुले सिफारिसको आधारमा मात्र  मेडिकलहरुबाट औषधीहरुको व्यापार भए नभएको अनुगमन तथा निरक्षण गर्नुपर्ने हुन्छ । यो अरु भन्दा पनि हार्मै्र स्वास्थ्य र भविष्यको लागि गर्नुपर्ने हुन्छ । 



तपाइको प्रतिक्रिया दिनुहोस्