मेयर खत्री बौद्धिक व्यक्तित्वस“ग छलफलमा

भक्तपुर । चागुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बौद्धिक ब्यक्तित्वहरुसँग छलफल गरेका छज् । नगरपालिकाको समग्र विकास र समृद्धिका विषयमा केन्द्रित रहेर मेयर खत्रीले बौद्धिक व्यक्तित्वहरुसँग छलफल गरेका हुन् । नगर परिषद्को सम्मुखमा मेयर खत्रीले नीति नियम योजना तर्जुमा विषयमा केन्द्रित रहेर विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल अघि बढाएका हुन् ।

विभिन्न बौद्धिक व्यक्तित्वहरूसँगको छलफलपछि समृद्ध र समुन्नत नगरपालिका निर्माणको मार्गचित्र तय गरेर अघि बढ्ने नगर प्रमुख खत्रीको भनाई रहेको छ । विज्ञहरूसँगको छलफल र परामर्शपछि नयाँ नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताए ।

मेयर खत्रीले विभेदरहित ढंगबाट श्रोत र साधनको परिचालन गरि नगरको विकास गर्न अहोरात्र खट्ने जानकारी गराएका छन् । नगरबासीका अपेक्षा धेरै छन्, यद्यपी नागरिकका अपेक्षालाई पूरा गर्न कुनै कसुर बाँकी राख्दिन, निश्वार्थ भेदभावरहित ढंगबाट काम गर्ने बचतवद्धतासमेत मेयर खत्रीले गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्