बडीगाड यादवको असुलि धन्दा

सर्लाही । ईलाका प्रहरी कार्यालय बरथवा सर्लाहीका डिसपी  उमा शंकर यादबका  बडीगाड  सिपाई रबिन्दर यादब मातहतका थाना चाैकीबाट रकम असुलीमा सक्रिय हुने गरेको खुलासा भएको छ।  डिएपिकाे बडीगार्ड भएको भन्दै शक्तिकाे आडमा मातहतका थाना चाैकी र बजारका पसल बाला होटल सन्चालक भन्सार छलिका सामानबाट रकम असुली गरिरहेका छन् । ईलाका प्रहरी कार्यालय बरथवामा डिसपी यादब  आयदेखिनै उनीलाई घुमुवा र उनि बडीगार्ड बसेका हुन  । 

जुनसुकै कार्यालयका प्रमुखले पनि आफ्नो ड्राइभर , लेखापाल र कार्यालय सहयोगीलाई बढी बिश्वास गर्ने गर्छन् । त्यसमाथि प्रहरीमा त ड्राइभर र बडीगार्डलाई झनै बिश्वास गर्दछन।  त्यही बिश्वासकाे फाइदा उठाउदै यादबका बडीगार्ड यादबले मातहतका थाना चाैकीबाट खुलेयाम रकम असुली गरिरहेका छन् ।  उनलेे ईलाका प्रहरी कार्यालय बरथवा मातहतका  चाैकीका प्रमुखहरूबाट २ देखि १० हजार सम्म लिने गरेको केही चाैकी प्रमुखहरूले बताएका छन् । रकम नदिने थाना चाैकीका प्रमुखहरूकाे बिरूद्वमा हाकिमलाई कुरा लागाउने गरेको पाईयको छ ।

हुदै नभयको कुरा लगाउने  र त्यहांबाट हटाउने काम समेत उनले गर्दै आएका छन् । त्यसैले पनि बाध्य भएर उनीहरूले यादबलाई मासिक रूपमा रकम बुझाउनुपर्ने अवस्था आएको चाैकी प्रमुखहरूकाे भनाइ छ । यसबाहेक  ईलाका प्रहरी कार्यालयमै रहेका सिपाई हवल्दार असैइ सहिको कुरा डिएसपी लगायर आफुराम्रो बन्ने गरेका प्रहरी सोर्तको दाबी छ । बडीगाड  यादव सग राम्रो हुन उसले बनेको मान्नुपर्ने नमाने डिएसपी लाई कुरा लगायर गाली खुवाउने सरुवा गर्ने गरेको पाईयको छ ।

रकम असुलिको नाईके रहेका बडीगाड यादव लाई डिएसपी  यादवले धेरै बिस्वास गर्ने गरेको पाईयको छ । डिएसपी लाई हजुरको बडीगाड मातहतका युनिट बाट रकम असुली गर्ने गरेको छ भन्दा डिएसपी यो विषयमा म बुझछु भन्दै पन्छिने गरेका छ्न । बडीगार्डकाे कारण डिएसपी यादव समेत बदनाम हुनेहुन्की भने चिन्ता बढेको छ  ।


तपाइको प्रतिक्रिया दिनुहोस्