सांसद महर्जनको अतिथ्यतामा पाको पार्क प्रांगणमा वृक्षारोपण

ललितपुर । गोदावरी नगरपालिका वडा नं. १२ तत्कालिन ठेचो गाविसको वडा नं. ८ पाको स्थित पार्क प्राङ्गणमा आज शनिबार बृक्षारोपण कार्यक्रम भएको छ ।


सो वृक्षरोपण कार्यक्रमको उद्घाटन प्रदेश सांसद राजकाजी महर्जनले गरेका थिए । स्वच्छ वातावरणको लागि हरियाली (ग्रिनरी) आवश्यकता भएका कारण पार्कको वरीवरी वृक्षरोपण गरिएको पाको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष जित गोविन्द महर्जनले बताएका छन् ।


प्रदेश सांसद महर्जनको पहलमा पाको पार्क निर्माणका लागि ४७ लाख रुपैयाँ निकासा गरी पार्क निर्माण सम्पन्न भएको थियो । सो पार्कलाई व्यवस्थित गर्नको लागि सांसद महर्जनकै पहलमा १५ लाख रुपैयाँमा व्यायाम शाला, चिल्ड्रेन पार्क, हरियाली (ग्रिनरी)लगायतका कार्य अन्तिम चरणमा पुगी सम्पन्नको तयारीमा रहेको पाको पार्क निर्माण उपभोक्ता समितिका सचिव बासुदेव महर्जनले जानकारी गराएका छन् ।


सो पार्कलाई व्यवस्थित गर्नका लागि आवश्यकता हेरी सहयोग गर्दै जाने प्रदेश सांसद महर्जनले वृक्षरोपण कार्यक्रममा सहभागी स्थानीयलाई जानकारी गराएका थिए । त्यस्तै महर्जनले तत्कालिन ठेचो गाविसको ८ नम्वर वडाका स्थानीयको लागि अति आवश्यक बन्दै गइरहेको किरिण पुत्री भवन निर्माणको लागि पनि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
पार्क वरीपरी वृक्षारोपणका साथै स्थानीयले सरसफाई कार्यक्रम पनि गरेका थिए । स्थानीय रवि न्यौपानेको नेतृत्वमा स्थानीय युवाहरुको उल्लेख्य उपस्थितिमा सरसफाई कार्यक्रम पनि भएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्