पाँचथरमा पहिरो, बेपत्ता भएकामध्ये घरमुली रूपलाल मृत भेटिए

काठमाडौं, १८ असार । पाँचथरमा पहिरोमा बेपत्ता भएकामध्ये एकजना मृत अवस्थामा भेटिएका छन् । अविरल वर्षासँगै पहिरो गएर पाँचथरको फालेलुङ गाउँपालिका–७ बिहीदिनमा एक घर बगाउँदा तीनजना बेपत्ता भएका थिए ।
उनीहरूमध्ये रूपलाल मगरको शव भेटिएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताए । बाँकीको खोजिकार्य जारी रहेको उनले बताए ।
"हामी घटनास्थलमै छौँ । एकजना मृत अवस्थामा भेटिनुभएको हो । बाँकीको द्रुत गतिमा खोजी भइरहेको छ," उनले बाह्रखरीसँग भने ।
उनकाअनुसार मौसम अहिले सामान्य नै छ । घर पहिरोले बगाउँदा ४२ वर्षीय रूपलालसहित उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता भएका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्