जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगन

काठमाडौँ, २१ असार । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी माओवादी केन्द्रको बैठक स्थगन गरिएको छ । 

बैठक भोलि बुधबारसम्मको लागि स्थगन गरिएको हो ।  आइतबार र सोमबार २ दिन लगातार बसेको माओवादी केन्द्रको बैठक आज सकाउने तयारी थियो। बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । 

तर अब बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने गरी तयारी भइरहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

सम्भवतः आज वाम एकताबारे माओवादी केन्द्रको केन्द्रीय कार्यालयका विस्तारित बैठक बस्नेछ । 


तपाइको प्रतिक्रिया दिनुहोस्