सुन्दरताको चिन्ता गर्ने मानसिक रोग

गोपाल ढकाल, मनोविद मार्क नेपाल, मनोसेवा केन्द

२८ वर्षिय दिपा पुन (नाम परिवर्तन) आफ्नो नाक बाङ्गो छ भन्ने कुरां मनमा लिएर ज्यादैँ चिन्ता व्यक्त गर्छिन । सानोमा लडेर नाकमा चोट लागेको भए पनि अहिले उनको नाकमा खासै समस्या देखिँदैन । तर, पनि अझै उनलाई एउटै कुराले पिरोल्ने गर्छ, “मेरो नाम कुरुप छ ।” उनी मान्छेको अगाडि पर्नै चाहदिनन् । आँखामा आँखा जुधाएर कुरा गर्न सक्दिनन् । कसैले उनलाई हे¥यो भने अप्ठ्यारो महसुस गर्छिन र अर्काे तर्पm फर्केर हिड्छिन् । सकेसम्म कसैसँग कुरा गर्न नपरोस, भेट्न नपरोस भन्ने चाहन्छिन । उनी प्राय अरु कसैकोमा जादिनन् । भोज, भतेर, पार्टी कही कतै सहभागी हुन्नन् । उनको यस्तो व्यवहारलाई देखेर कतिले उनलाई घमण्डी, ठुलो पल्टेको भन्छन् त कतिले पागल भईसम्म भन्ने गरेको उनी बतोउछिन् । आफ्नो नाक बाङ्गो र कुरुप छ । म राम्री छैन भन्ने सोचबाट उनी १६ वर्षको उमेर देखी नै प्रभावित हुदँै आएकी छिन् । मनमा कुरा खेल्ने, रिंगटा लाग्ने, डर लाग्ने, चिन्ता लाग्ने, छटपटी हुने, निरास हुने, मनमा आत्महत्याको सोच आउने, रुन मन लाग्ने, मुटु ढुकढुक हुने, टाउको दुख्ने जस्ता थप समस्या पनि उनमा देखिएका छन् । 

ललितपुर बस्ने २० वर्षिय कृष्ण श्रेष्ठ (नाम परिवर्तन) प्राय जसो घरमा मात्र बसी रहन्छन् । बाहिर काही जानुप¥यो भने रात परेपछि मात्र घरबाट निस्कन्छन् । पढ्दा पढ्दै विचैमा पढाई पनि छोडे । उनलाई पनि एउटै कुराले सताउने गर्छ । उनी भन्छन, “मेरो अनुहार राम्रो छैन । अनुहार भरी डन्डीफोर र डन्डीफोरको दागैदाग छ । अरुले केही भन्छन भनेर लाज लाग्छ ।” तर, उनले भने जस्तो उनको अनुहारमा त्यस्तो नराम्रो केही पनि खराबी देखिदैन । 

२५ वर्षिय पवन शर्मा (नाम परिवर्तन) अहिले एम.ए. पढ्दै छन् । उनी आफु पातलो भएकोमा ज्यादै चिन्ता लाग्ने गरेको बताउछन् । आफु मोटाउन भनेर मोटाउने उपाय खोज्दै उनी धेरै ठाउँसम्म पुगे । पातलो जीउ भएकोमा आफु केटाकेटी जस्तो देखिन्छु भन्ने उनलाई लाग्छ । विवाह गर्ने उमेर भो केटीले मन पो नपराउने हुन की भन्ने चिन्ताले उनलाई दिनरात सताउने गरेको छ । तर, उनको शरिरमा पनि उनले भनेजस्तो अनाआर्कषक देखिदैन । 

म शारिरिक रुपमा सुन्दर तथा आकर्षक छैन । शारिरिक वनावट राम्रो छैन । म सधै नराम्रो नै देखिन्छु । मेरो शरिरको भाग बाङ्गो छ, बिग्रेको छ, मिलेको छैन, म राम्रो देखिदैन भन्ने महसुस हुन्छ वा शरिरको कुनै भागमा भएको सामान्य खराबीलाई लिएर वास्तविक भन्दा निकै कुरुप छु भन्ठान्ने गुर्नुहुन्छ भने त्यो एक प्रकारको मानसिक रोग हो । जसलाई शारिरिक कुरुपता विकार (बडि डिस्मोर्फिक डिसअर्डर) भनिन्छ । जसमा व्यक्तिले आफ्नो शरीरको आकार, रङ, तौल, उचाइ वा अपियरेन्ससँग जोडिएका कमीबारे सधैँ सोचिरहन्छन् । यस्ता मानिसहरु बढी सोच्ने भएकोले स्ट्रेस वा डिप्रेशनको शिकार हुने गर्छन् । उनीहरु आफैँप्रति लज्जित महसुस गर्छन् । यहाँसम्म कि यस्ता मानिसहरु अरुलाई भेट्न वा सामाजिक भेटघाटमा जान पनि हिच्किचाउँछन् । बडी डिस्मर्फिक डिसअर्डरद्वारा ग्रस्त मानिसहरु बारम्बार ऐनामा हेर्छन् र सुन्दर देखिनका लागि थुप्रै घण्टा बर्बाद गर्छन् । साथै, यो रोग लागेकाहरु आफु र आफ्नो शारिरिक अंगप्रति ज्यादै संम्वेदनशिल हुने गर्दछन् । यस्ता मानिसहरु आफूमा कमी महसुस गर्छन् । आफ्नो लुकका लागि असहज महसुस गर्छन् ।यसले उनीहरुको स्वास्थ्य र दिनचर्या दुबै खराब हुन्छन् ।सबैकुरा ट्राई गर्दा पनि उनीहरु आफ्नो लुक रपर्सनालिटीसँग सन्तुष्ट हुँदैनन् । अत्यधिक डिप्रेशनका कारण उनीहरु आफूलाई वा अरुलाई क्षती पनि पुर्याउन सक्छन् ।

शरिरमा सामान्य घाउ, दाग आयो भने पनि त्यसलाई ठुलो सम्झिने, आफ्नो शारिरिक रुपलाई लिएर लज्जाबोध गर्ने गर्छन । नाक बाङ्गो, चुच्चो, ठुलो छ, आँखा साना छन, ओठ मिलेका छैनन् । शरिरमा रौ नै रौ छ, कपाल राम्रो छैन, कपाल झरेको छ, पातलो छ, छालामा नसै नसा छन्, स्तन सानो वा ठुलो छ, होची र मोटी छु भन्ने जस्ता भावना केटीहरुमा आउने गर्छ । पुरुषहरु भने मासंपेशीको बनावट र आकारलाई लिएर, चिन्ता व्यक्त गर्दछन् । प्राय ः १५ देखि ३० वर्षको उमेरमा यो समस्या देखिने गर्छ । पुरुषभन्दा महिलाहरुमा यो समस्या बढी देखिन्छ । प्राय ः अविवाहितमा यो समस्या देखिन्छ । किशोरावस्थामा पुगेपछि विशेष गरी किशोर किशोरीहरु आफ्नो शरिर र शारिरिक परिवर्तनप्रति बढी नै संम्वेदनशिल हुन्छन् । शारिरिक कारणले अरुबाट अपहेलित वा लज्जित हुनु पर्ला कि भन्ने चिन्ताले उनीहरुलाई सताउने गर्छ । आफ्नो शरिरप्रति बढी नै संम्वेदनशिल हुदाँ वा चासो राख्दा यो रोग लाग्ने सम्भावना हुन्छ । 

यो रोग लागेकाहरु आफुलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने तरिकाको खोजीमा तल्लीन रहन्छन् ।श्रृङ्गारमा धेरै समय लगाउँदा पनि आफूमा कमी महसुस गर्छ ।बढी मेकअफ गर्ने, कपालको कलर र स्टाइल परिवर्तन गरिरहने, गेटअपको माध्यमद्धारा आफु सुन्दर हुने प्रयास गर्ने म कस्तो दखिएको छु भनेर बारम्बार अरुलाई सोध्ने, कपडा बारम्बार बदल्ने,आफ्नो स्टाइलिङ, मेकअप वा कपडाले आफ्नो कमजोरी लुकाउने कोसिस गर्नु । शरिर मोटो भो भनेर भाकै बस्ने वा अति शारिरिक व्यायाम गर्ने,आफ्नो छालालाई छोइरहन्छन् र कपाल मिलाइरहन्छन् । बारम्बार ऐना हेर्ने, आफु मोटो वा पातलो भएकोमा चिन्ता गर्ने, आफुमा केही न केही कमी भएकाृे महसुस गर्ने, अरुले राम्रो देखिएको छ, सुन्दर छौ भन्दा पनि विश्वास नगर्ने जस्ताव्यवहारहरु देखाउने गर्दछन । उनीहरुलाई सधै अरुले उसको शारिरिक वनावटको बारेमा टिका टिप्पणी गरिरहेको मजाक उडाइरहेको जस्तो लाग्छ । आफ्नो मजाक उडाइने हो कि भन्ने डरले कतै जान मन नपराउनु ।अरु जस्तो आफु छ छैन भनेर अरुसँग तुलना गर्ने गर्दछन् । आफुलाई अरुले स्वीकार गरुन भन्ने चाहना उनीहरु गर्दछन् । साथी वा परिवारको नकारात्मक कमेन्टबारे लगातार सोचिरहनु ।यस्ता मानिसहरु आफूलाई अरुको दृष्टिकोणले हेर्छन् ।

यो रोगसँग अरु मानसिक स्वास्थ्य समस्या पनि जोडिएर आउँछ । यो समस्याबाट प्रभावित झन्डै ९० प्रतिशत व्यक्तिहरु आफ्नो जीवनकालमा डिप्रेसनबाट प्रभावित हुने गरेका छन् भने झन्डै ७० प्रतिशतले डर, चिन्ताको समस्या (एन्जाइटी)को अनुभुति गर्ने गर्दछन् । यो रोगबाट प्रभावित हुने हुनेहरुले आत्महत्याको प्रयास गर्ने, नसा तथा लागुपदार्थको सेवन गर्ने, खाना सम्बन्धी समस्या देखिने, विचार र व्यवहार पटक पटक दोहोरीने समस्या (ओ.सी.डी.) पनि देखिन सक्छ । 

यो रोग लाग्नुका कारणहरु 

यो रोग लाग्नु पछाडि यही कारण हो भनेर किटान गर्न सकिदैन । तर, पनि वंशाणुगत, वातावरणीय तत्व, संस्कृति, वाल्यकालको दुव्र्यवहार, शोषण, तनाव, डर,डिप्रेशनका , मस्तिष्कको संचरनामा आएको परिवर्तन, मस्तिष्क रोग , मस्तिष्कमा रासायनिक तत्वको प्रभाव आदि कारणले यो रोग लाग्न सक्छ । पछिल्लो समय धेरै सेल्फी खिच्ने र सोसियल मिडियामा हाल्ने जस्ता व्यवहारले पनि यो रोग बढ्दै गएको देखिन्छ । बाल्यकालमा वरिपरिका मानिसहरुका कारण सुन्दर देखिने दबाब महसुस गर्नु र जिस्काउँदा पनि यो समस्या हुने गर्छ ।

बडी शेमिङ झेलेका व्यक्ति स्ट्रेस र डिप्रेशनको शिकार हुनेगर्छन। यसले बडी डिस्मर्फिक डिसअर्डर (बीडीडी) हुने गर्छ ।

बडी शेमिङ यस्तो अभ्यास हो जसमार्फत् मानिसले कसैको शरीरको आकार, तौल, रङ वा अपियरेन्समाथि क्रिटिकल कमेन्ट गर्छन् वा त्यसको मजाक उडाउँछन् ।केटाकेटीहरु तथा किशोरकिशोरीहरुलाई मोटे मोटी, काले काली, नेप्टे नेप्टी, डल्ले डल्ली, घोडानाके, ओठे आदि जस्ता नामले बोलाउने जिस्काउने जस्ता व्यवहार गर्दा उनीहरुको मस्तिष्कमा यही कुराको छाप पर्न जान्छ । जसले गर्दा उनीहरु आफ्नो शरिरको भागलाई लिएर बढी संम्वेदनशिल हुने, सोच्ने र चिन्ता गर्ने गर्दछन् । विस्तारै यो रोगको रुपमा विकास हुन्छ । महिलाहरुको शरिरको सुन्दरतालाई बढी महत्व दिने कारणले गर्दा पनि यो रोग महिलाहरुमा बढी लाग्ने गर्छ ।

धेरैलाई यस्तो पनि रोग हुन्छ र आफुलाई यो रोग लागेको हो भन्ने थाहा नहुन पनि सक्छ । तर, घरपरिवारका सदस्यहरुले उसको असामान्य व्यवहारलाई पहिचान गर्न सक्छन् । आफ्नो शरिरिक सुन्दरताको लागि धेरै खर्च गर्ने, साथीभाई घरपरिवारका सदस्यहरुसँग पनि टाढा हुने, पढाई काम छोड्ने जस्ता व्यवहारले उनीहरुको व्यक्रिगत, सामाजिक, व्यवसायिक जीवनमा असर पु¥याउछ । शरिरको भागलाई सुन्दर बनाउन कस्मेटिक वा प्लास्टिक सर्जरी गर्न समेत पुग्र्छन । तर, यो त्यति प्रभावकारी हुदैन । यसले पनि म राम्रो छैन भन्ने उनीहरुको सोचलाई नहटाउन सक्छ । यो रोगमा मनोपरामर्श, साईकोेथेरापीका विधिहरु प्रभावकारी छन् । कतिपय अवस्थामा औषधीको पनि आवश्यकता पर्न सक्छ । यो रोग लागेकाहरुमा आउने सोचाई वास्तविक होइन यस्तो सोच आउनु रोगकै लक्षण हो भन्ने कुरा बझाउन आवश्यक छ । आफूलाई प्रेम गर्नुहोस् र नकारात्मक सोचबाट टाढा रहनुहोस् । आफूलाई अरुसँग तुलना गर्नबाट जोगिनुहोस् । आफूमा सकारात्मक पक्ष खोज्ने कोसिस गर्नुहोस् । साथीहरुसँग रमाइलो समय बिताउनुहोस् । केही नयाँ कला, रुचीका किताब पढ्नुहोस् ।

 यो रोग लागेपछि घरपरिवारको भुमिका पनि महत्वपुर्ण हुन्छ । आवश्यक परे साइकोलोजिस्टको सल्लाह लिनु पर्छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्