१०३९ जनामा कोरोना संक्रमण पुष्टि, ११७३ जना डिस्चार्ज

1.8k Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ३९ एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा संक्रमित ५४ हजार १५९ छन् ।

आज विभिन्न जिल्लामा गरी ११७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३८ हजार ६९७ छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ७१.५ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार १६५ नमूना परीक्षण भएका थिए । हालसम्म ८ लाख ४० हजार ५२७ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या ६ हजार ५३६ छ ।

सम्बन्धित समाचार