अबका युवाले देशलाई भ्रष्टाचारमुक्त गरौं

जे.बी. विष्ट
कुनै पनि देशको मुख्य रोग भनेकै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, अपराध र कालोबजारी नै हो । अझ हाम्रो देशमा त नातावाद, कृपावादले राम्रो प्रश्रय पाएको छ । जुन राष्ट्रमा यी माथि उल्लेखित कुरालाई निर्मुल पार्न सकिदैन तबसम्म त्यस राष्ट्रको समृद्धि सम्भव हुनै सक्दैन । भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, अपराध, कालोबजारी, नातावाद, कृपावादले जुन देशमा जरो गाडेको हुन्छ त्यस्ता राष्ट्रको समाजमा अनेक खाले रोग, भोग र शोकले सताउनुका साथै बिभिन्न खाले विकृति र विसंगती फैलिने भएकोले त्यसलाई जरैबाट उखेल्नको लागि २१ औं शताब्दीका युवा पुस्ता अग्रपंक्तिमा आएर एक जुट भएर लाग्न जरुरी देखिन्छ । आजको त्यो युवा पुस्ता जसले काँधमा जिम्मेवारी, हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारी लिएर, चरित्रवान नैतिकवान एवम् धैर्यवान बुद्धिजीवि युवा युवतीहरु होस् जो अदम्य आँट र उत्साहका साथ सकारात्मक सोच लिँदै कर्ममा क्रान्ति गर्ने हुनुपर्छ । अनि मात्र देशमा भइरहेको विगत लामो समयदेखिको व्याप्त भ्रष्टाचार समाप्त पार्न सकिन्छ ।
विशेषगरी हरेक राष्ट्रको स्थायी सकार भनेको निजामती कर्मचारी नै हो । त्यसैले जबसम्म निजामती कर्मचारीहरुमा स्वच्छता, निष्पक्षता, निडर, इमान्दारिता हुँदैन तबसम्म देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्न सकिँदैन । स्थायी सरकारमा रहेको निजामती कर्मचारीदेखि राजनीतिक पार्टीको नेता कार्यकर्ताहरुले विद्यमान राजनैतिक परिस्थितिलाई मध्यनजर गर्दै विगत लामो समयदेखिको व्याप्त आर्थिक अनियमितता जस्ता कार्यमा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको लागि अग्रसर हुँदै गम्भीरतापूर्वक ध्यान दिएर देशको विकास गर्न सबैतिर स्वच्छ, सफा र पारदर्शी पार्दै सम्पन्न एवम् समृद्धशाली राष्ट्र निर्माण गर्ने खालको नीति नियमलाई हरेक व्यक्तिले कार्यान्वयन गर्ने गराउने गरी उक्त कार्यको प्राथमिकता राख्दै अगाडि बढ्न आवश्यक छ । तयसैगरी राष्ट्रको सुरक्षाका लागि आम नागरिकलगायत सम्पूर्ण सुरक्षा निकायलाई कदापि विभाजन हुने खालको वातावरण बनाउनु हुँदैन । आम नेपाली नागरिकहरु एकजुट भएर मात्र हाम्रो यो गौरवशाली इतिहास संस्कृति बोकेको देशमा बाँकी रहेको पुनः निर्माण सहित अझ सक्षम बलियो राष्ट्र बनाउन आवश्यक छ । जुन इतिहास साझा अनुभव भाषा, धर्म, संसकृति ंिवदन्ती र विश्वासमा आधारित हुने देखिन्छ । राज्य राष्ट्रका कार्यकारी अभिव्यक्ति हो । जति राष्ट्र मान्य हुन्छ त्यति नै अझ राज्य बलियो हुन्छ र जति राज्य सक्षम हुन्छ त्यति नै राष्ट्र संरक्षित हुन्छ ।
अनि मात्र देशको विकास द्रुत गतिमा अघि बढ्ने छ । अब ढिलो नगरी आम नेपालीहरुले नेपालकै हितको लागि एकजुट हुँदै विगतमा गरेका आ—आफ्ना गल्ती कमजोरीहरुलाई सुधारिँदै अगाडि बढ्नु पर्ने समय आएको छ । यदि हामीहरुले समयमा नै माथि उल्लेखित कुराहरुको मुल्यांकन गरेर अगाडि बढेनौं र आ—आफ्ना हठलाई त्यागेनौं भने त्यही भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, नातावाद, कृपावाद र कालोबजारीले हाम्रो आजसम्मको समाजको नैतिक मूल्य र मान्यतामा पनि अभिवृद्धिमा ह्रास ल्याउँदै जाने प्रष्ट देखिन्छ । त्यति मात्र नभएर भ्रष्टाचार कुशासनले कुनै पनि देशमा रहेको व्यवस्था गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र वा राजतन्त्र यी सबै तन्त्रको अवमूल्यन गराउनका साथै कानुनी राज्यलाई समेत उल्टाई दिने काम गर्दछ । यसले गरिबी निमुखा आम जनताको सामाजिक, आर्थिकलगायत सम्पूर्ण अधिकारलाई फितलो बनाई दिने छ । त्यसैले दिगो विकास र समतामूलक समाज निर्माणमा भ्रष्टाचार कुशासन, ढिलासुस्ती अपराध, नातावाद, कृपावाद र कालोबजारी क्यान्सर रोगका रुपमा प्रवेश गरेकाले यस्ता कार्यलाई समयमा नै नियन्त्रणका मुद्दामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको समेत सहमति हुनु आजको आवश्यकता रहेको छ । मुलुकमा विधिको शासन लागू गर्न कुनै पनि तन्त्रको जगलाई बलियो बनाउन राज्यको अर्थतन्त्रमा रहेको भ्रष्टाचारको धमिरालाई लाग्न नदिने र देशको गरिबी घटायन र रोजगारी बढाउने कार्यमा प्रमुख अवरोधको रुपमा नै जनताका लागि भनेर पटक—पटक विभिन्न खाले जनआन्दोलन भएर कति व्यवस्था परिवर्तन भए तर शासनशैली र कार्यशैलीमा कुनै परिवर्तन हुन सकेन किन ? सुशासन स्वतन्त्र न्याय प्रणालीमा पारदर्शिता, जवाफदेहितामा आजसम्मका कुनै पनि तन्त्र वा व्यवस्थामा आम नागरिकले महसुस र अनुभूति हुने गरी कहिँ कतै पनि गर्न गराउन सकिरहेको अवस्था छैन । भ्रष्टाचार, अनियमितता, कुशासन, ढिलासुस्ती, बेरोजगारी, मानव बेचबिखन, बलात्कार, हत्या हिंसालगायत क्रियाकलापले मुलुकमा झन् प्रश्रय पाउँदै आएको छ । विगतका समयमा यसले कस्ता यात्रा पूरा गरेको थियो ? के हाम्रा यी मुद्दाहरुले उच्च प्राथमिकता पाएका छन् त ?
आजसम्म राज्य सञ्चालन गर्ने व्यक्ति वा व्यवस्थाले यी कुराहरुको समस्या समाधान गर्न किन नसकेका होलान् ? के राजनीतिक मुद्दाले यसलाई छायाँमा पारेको हो त ? यस्ता कुराको समाधानका लागि अब ढिलो नगरी नयाँ सोच र सकारात्मक सोचसहितको राजनेतालगायत हरेक नेपालीहरु विकास हुन आवश्यक छ । आजका दिनसम्म पनि प्रायः शासन सत्ता सञ्चालक एवम् राजनीतिक पार्टीहरु भ्रष्टाचार, अनियमितता र अपराधिक क्रियाकलाप गर्नेहरुका संरक्षक भएका छन् । देशमा महँगी, भ्रष्टाचार, असुरक्षा र कुशासनको तुवाँलोले राष्ट्र जलिरहेको छ । जताततै महँगै, बलात्कार, अपहरणका घटना भइरहेका छन् । दिन दाहाडै एक नेपालीले अर्को नेपालीलाई ठग्ने, मार्ने र मराउने खेल भइरहेका छन् । यस्ता खाले गतिविधिले राष्ट्रिय अर्थतन्त्रलाई समेत तहसनहस बनाई रहेको छ । यसले समग्र नेपाली जनतालाई निराशाको पल्लो छेउमा पु¥याएको छ । अब यो निराशालाई चिर्न र आदर्श गौरवशाली राष्ट्र निर्माण गर्नको लागि देशको राजनीति र धर्म नीति प्रष्ट हुन आवश्यक छ । देशमा भइरहेको अपराध भ्रष्टाचार, महँगीलगायत आतंकवादको अन्त्य गर्नैपर्छ । आजको आवश्यकता भनेको सम्पुर्ण नेपालीहरुको एकता नै हो । समयमा नै यस एकतालाई मजबुद बनाउदै देश विकासको निर्माणमा अग्रसर हुँदै हाम्रा प्राकृतिक सम्पदालगायत व्यवहारिक शिक्षा नीति लागू गर्दै नयाँ समृद्धशाली नेपाल निर्माण गर्न एकजुट हुनै पर्ने देखिन्छ । अनि मात्र हाम्रो समाजले एउटा ठोस विकासको निकास पाउन सक्ने अवस्था हुन्छ । हाम्रो प्रकृति सम्पदालगायत भू—नीति वा बस्ती विकासलाई पनि समयमा नै विचार पु¥याउन आवश्यक देखिन्छ । यदि सम्पूर्ण राजनीतिक पार्टीका शिर्ष नेताहरुले समयमा नै देशको वर्तमान संक्रमणकालिन राजनीतिलाई अग्रगामी परिवर्तनको एउटा गहन विषय बनाउँदैनन् र फेरि पनि यी विभिन्न तन्त्र वा व्यवस्थालाई निजी कमाउने सम्पत्तिको भाँडाको रुपमा प्रयोग गर्दछन् भने अबका नेपाली जनतामा यो व्यवस्थामा मात्र परिवर्तन ल्याउने प्रति वितृष्णा बण््दै जानेछ र अझ व्यापक हुने अवस्था देखिन्छ । यदि समय नै विचार पु¥याउन सकिएन भने सारा विश्व परिवेशले भोलिको नेपालमा विध्वंशकारी स्थिति झन् पैदा हुँदै जाने अवस्था देखिन्छ । यसर्थ विभिन्न तन्त्र (व्यवस्था) प्राप्त पछि यसलाई सुदृढ बनाउँदै आम जनताको विश्वास जित्दै अग्रगमनतिर लम्कन सबैमा ठूलो जिम्मेवारीका साथ भ्रष्टाचार, महँगी, अपराध, कुशासन जस्ता क्रियाकलापहरुलाई न्यूनिकरण गर्दै जिरो लेबलमा ल्याउने कामको पहिलो जिम्मेवारी राजनीतिक दलका नेताहरु एवम् कर्मचारीतन्त्र र आजसम्म सत्ता संचालन गर्ने शक्तिपीठहरुको मूल दायित्व हुन जान्छ । आफू त्यो ठाउँमा अथवा राज्य संचालनमा पुगे मात्र आफ्ना पार्टीको संयन्त्रलाई प्रशिक्षित गर्न खोज्छन् र त्यसलाई दिगो बनाउन सक्दैनन् भन्ने अब हरेक राजनीतिक दलहरुमा दलिय सुदृढिकरणको प्रथम अभियान चलाउन आवश्यक छ । हाम्रो देशका राजनीतिक पार्टीका नेताहरुमा जिम्मेवारी बीच कर्तव्यबोध, देश र जनताप्रति समर्पित हुन र हिजोको गल्ती कमजोरीलाई पनि समयमा नै सच्याउने काम गर्न जरुरी देखिन्छ । यसलाई हरेक पार्टी कार्यकर्ताहरु एवम् आम नागरिकले पनि अभियान कै रुपमा चलाउन आवश्यक छ । आज राजनीतिक दलका नेता वा कार्यकर्ता जुनसुकै आन्दोलनबाट आएका हुन् उनीहरुले त्यसैबेला आम जनता सामु धेरै किसिमका बचनवद्ध भएका थिए । हामीहरु सत्तामा गयौं भने यो ल्याउँछौं त्यो ल्याउँछौं । ती भनेका कुरा जनताले विर्सिसकेका छैनन् । ती नेताहरुका आवाज आम जनताका कानमा अहिले पनि ताजा नै छन् । नेताले विगतमा जनता सामु हरेक कसमहरु पूरा भएनन् भने ती कसम खाने नेताहरुलाई पक्कै पनि माफी दने छैनन् । कुनै पनि सरकारले कुशासनको जञ्जिरमा बाँधिएका हरेक क्षेत्रमा निर्मम अप्रेसन गर्न जरुरी छ । भ्रष्टाचारी, महँगी कालोबजारी नेता र प्रशासक सबैलाई कानुनी दायरामा ल्याए र कसैको दवाव र प्रभावमा नपरी भ्रष्टाचारी कालोबजारी गर्नेलाई कारबाही गर्ने सवालमा कहिल्यै खुट्टा नकमाई लाग्नुपर्छ । सुशासन कायम गर्न ठूलो इच्छाशक्ती आवश्यकता पर्छ । देश हाँक्ने भनेकै राजनीतिक र प्रशासनिक नेतृत्वले हो । यी दुबै पक्ष इमान्दार र एकताबद्ध भएर अगाडि बढ्न सके सुशासन कायम गर्न कठिन छैन ।
त्यसैले अब राजनीतिक पार्टीका नेताहरुले समयमा नै सबै कुराको मनन् गरी एक आपसमा नमिलेका कुराहरुको छलफल गर्दै असन्तुष्ट पक्षलाई समेत सामेल गराएर एक जुट भएर देश विकासको कार्यमा तत्काल लाग्न र पहल गर्न जरुरी छ । विगत लामो समयदेखि आजसम्म जसरी मुलुकमा शासन गर्ने जुनसुकै शासकले भ्रष्टाचार र कुशासनको खेल खेलेर आफू मोटाउने र आम जनतालाई सधैं गरिबीको रेखामुनी राखेर राष्ट्रलाई कमजोर बनाउने काम गरे त्यसैको फलस्वरुप देशमा विभिन्न खाले व्यवस्था परिवर्तन भइसक्दा पनि पुनः द्वन्द्व निम्त्याईने पो हो कि ? यसको लेखाजोखा समयमा नै गर्दै सरकारले तत्काल समाधान खोज्न जरुरी छ । त्यसैले यसको समाधान समयमा नै होस् । सबैलाई चेतना भया ।


तपाइको प्रतिक्रिया दिनुहोस्