सुमेरु अस्पतालमा हड्डीको सम्पूर्ण उपचार नाफामुलक होइन सेवामुलकमा गरिरहेका छौं

एमबीबीएस र एमएस नेपाल मेडिकल कलेज र फेलोसिप बेंकक हस्पिटल थाल्याण्डबाट गरेका डा. अनिमेष जोशी हाल सुमेरु अस्पतालमा अर्थोपेडिक सर्जनका रुपमा कार्यरत हुनुहुन्छ । सुमेरु अस्पतालमा अहिले अर्थोपेडिकसम्बन्धी सम्पूर्ण उपचारहरु भइरहेको छ भने बिरामीको आर्थिक अवस्था हेरेर न्यूनतम शुल्कमा उपचार गरिरहेको पनि डा. जोशी बताउनु हुन्छ । डा. जोशीसँग खोजतलास साप्ताहिकले अर्थोपेडिक सम्बन्धी गरेको संक्षिप्त कुराकानी ः

० हड्डी खिइएको कसरी थाहा पाउने ?
सामान्यतया हड्डी ६० वर्ष उमेर नाघेकाहरुमा बढी देखिने गरेको पाइन्छ । हड्डी खिइन थालेपछि घुँडाहरु दुख्ने, सुन्निने, जाम भएर जाने जस्तो समस्याहरु देखा पर्ने गर्छ ।
० हड्डी खिइएको उपचार बिधि के होला ?
हड्डी खिइएको सुरु अवस्थामा औषधीहरु प्रयोग गर्ने र फिजियो थेरापीबाट पनि ठिक हुने हुन्छ । अहिले नयाँ आएको हाइरोनलोनिक एसिड इन्जेक्सन, पीआरपी भन्छौ त्यो इन्जेक्सन लगाउँछौं । हाम्रो अनुभवमा त्यो इन्जेक्सन लगाएपछि घुँडा खिइएर उपचारका लागि आएका विरामीहरुलाई राम्रो भएको छ । तर, औषधी र फिजियो थेरापी र इन्जेक्सनले पनि काम नगरेको अवस्थामा बिग्रिएको जोर्नीको भाग काटेर वा खुर्किएर फालिन्छ । त्यसपछि खाली भएको भागमा स्टीलको स्थायी कृतिम जोर्नी राखिन्छ र त्यही जोर्नीले हाम्रो शरीरको पुरानो जोर्नीको जस्तै काम गर्छ । कहिलेकाहिँ स्टील हाल्दा बोन सिमेन्ट पनि हाल्नुपर्ने हुन्छ । स्टीलले बनेको जोर्नी भएकोले यसको आयु पनि लामो हुने र जोर्नीबाट आउने दुखाई पनि हराएर जाने गर्छ । यही कारणले गदाखेरी दिनहुँ दुखी रहने जोर्नी अप्रेशनपश्चात पूर्णरुपमा दुख्न छाड्छ र नदुख्ने औषधीको प्रयोग गर्नुपर्दैन । लामो समय नदुख्ने औषधी प्रयोग गर्नाले किड्नी तथा पेटमा समस्या आउने गर्छ, त्यो समस्या पनि यो अप्रेशनपश्चात हल हुन जान्छ ।
० नेपालमा घुँडा खिइएको अवस्थामा अप्रेसन गरी फेर्नेहरुको संख्या कत्तिको बढ्दै गएको छ ?
नेपालको परिवेशमा घुँडा खिइएपछि अप्रेशन गर्ने लास्ट टेन एयर्समा धेरै भएको छ । पहिला पहिला पनि अलिअलि भने हुने गथ्र्यो । तर, लास्ट टेन एयर्समा भने हामीले घुडाको शल्यक्रिया गरी विरामीलाई ठिक पार्न सफल बन्दै आइरहेका छौं । नेपालको परिवेशमा भन्ने हो भने घुँडाको हड्डी खिइएको अवस्थामा अप्रेशन गर्नेहरु कम थिए भने भारत, सिंगापुर, थाइल्याण्डलगायतका देशहरुम गएर अप्रेशन गर्नेहरु धेरै थिए ।  तर, पछिल्लो समय नेपालमै घुँडालगायत जोर्नीहरुको सफल शल्यक्रिया हुन थालेपछि नेपालमा अप्रेशन गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । अहिले नेपाली डाक्टरहरु हड्डी खिइएको, घुँडा खिइएकोलगायतका शल्यक्रिया गर्न सफल र सक्षम भइसकेका छन् भने शल्यक्रियाका लागि चाहिने उपकरणहरु पनि प्रयाप्तरुपमा धेरै अस्पतालहरुमा छन् । सुमेरु अस्पतालमा पनि हामीहरुले हड्डी खिइएको अप्रेशन आर्थोप्लास्टी सुलम शुल्कमै गर्ने गरेका छौं । सुमेरु अस्पतालमा हड्डी र घँडालगायत अन्य शरीरको भागको हड्डी खिइएको शल्यक्रिया गर्नको लागि चाहिने सम्पूर्ण उपकरणलगायत सक्षम र अनुभवी डाक्टरहरु उपलब्ध छन् ।
० यो अस्पतालमा विशेष गरी कस्ता विरामीहरु उपचारका लागि आउँछन् ?
यो अस्पतालमा ग्रामीण भेगदेखि लिएर देशकै विभिन्न जिल्लाहरुबाट हड्डीसम्बन्धी रोगी विरामीहरु आउने भएका कारण बिरामीको आर्थिक अवस्था हेरेर निम्न शुल्कमा पनि जटिलखालका शल्यक्रिया गर्ने गरेका छौं । सु्मेरु अस्पताल नाफामूलक भन्दा पनि सेवा मुलुक भएकै कारणले हामीहरुले विरामीको आर्थिक अवस्था हेरेर उपचार गर्ने गरेका हौं । हामीले अहिलेसम्म जति विरामीहरुलाई नियमित हड्डी खिइएको र हड्डीसम्बन्धी उपचार गरेका छौंं ती सबै सफल भएका छन् । हामीले लगभग झण्डै १०—१५ जनाभन्दा बढी बिरामीहरुको जटिलखालका शल्यक्रिया गरी बिरामीलाई ठिक पार्ने काम गरेका छौं । ती बिरामीहरुको अवस्था पनि अहिले सामान्य बनेको छ । हाम्रो टिम राम्रो भएका कारणले पनि नराम्रो र असफल भन्ने चाहिँ भएको छैन ।
० घुँडा खिइएको हड्डीको शल्यक्रिया गर्दा पछि समस्या आउँछ कि आउँदैन ?
सुमेरु अस्पतालको टिमले घुँडा खिइएको शल्यसिक्रया गर्दा खासै समस्या आएको छैन, अहिलेसम्म हामीले गरेको जटिलखालका शल्यक्रियाहरु प्नि सफलतापूर्वक गरिसकेका छौं । तर, कहिलेकाहिँ विरामीलाई इन्फेक्सन भई घाउ समयमा निको नहुँने, घुँडा सुन्निने, विगतको जस्तो अनुभव नहुने जस्तो भने हुन्छ, तर हामीले गरेको कार्यमा भने त्यस्तो कसैलाई पनि भएको छैन । अहिले सुमेरु अस्पतालमा घुँडालगायत हड्डी खिइएको सम्बन्धी गम्भीर खालका शल्यक्रियाहरु सफलतापूर्वक गरिसकेका छौं । सुमेरु अस्पतालमा नयाँ टोक्नोलोजी, नयाँ मेशिनहरु उपलब्ध भएका कारण र नयाँ ओटीहरु पनि बनेको हिसावले चाहिँ हामी सबै विरामीका उपचारहरु नयाँ ढंगले राम्रो गरिरहेका छौं । विरामीहरुलाई उसको आर्थिक अवस्था हेरेर निम्न शु्ल्कमा पनि उपचारहरु गरिरहेका छौं । सुमेरु अस्पतालले अन्य अस्पतालको दाँजोमा कम शुल्कमा उपचार गरिरहेका छ ।
० हड्डी खिइएको अवस्थामा शल्यक्रिया गर्दा साइड इफेक्ट हुन्छ कि हुँदैन ?
खिइएको हड्डी प्रत्यारोपण गर्दा कुनै कुनै बिरामीलाई साइड इफेक्ट हुन सक्छ । हड्डी खिई त्यो हड्डीमा स्टिलको पाता हाल्दा तत्काल साइड इफेक्ट हुनसक्छ । रगत जम्ने, घाउ पाक्नेसम्म पनि हुन सक्छ  । तर, अस्पताले प्रयोग गर्ने औषधी र अप्रेशन थ्रेटर राम्रो छ भने त्यस्तो समस्या कमै हुने गर्छ । अहिले हामीले नयाँ टुल्सहरु प्रयोग गरिरहेका छौं । त्यो सबै मेशिनहरु जुन जोर्नी प्रत्यारोपणका सेटहरु हुन्छन् ती सबै अमेरिकाबाट आउने हो, र हामीले पनि त्यही प्रयोग गर्ने हो । त्यसले गर्दा शुल्कमा भने केही बढी हुन्छ तर विरामीलाई प्रत्यारोपण गरेपछि इन्फेक्नसलगायत अन्य कुरामा जोखिम कम हुन्छ ।
० हड्डी खिइने समस्याबाट कसरी बच्न सकिन्छ ?
हड्डी खिइने समस्याबाट कसरी बच्न सकिन्छ भने नियमित ब्यायाम, हड्डीका जोर्नीहरुलाई बढी असर गर्ने कामहरु गर्नु भएन, कुनै काम गर्दा आफूलाई जोर्नीमा दुख्ने समस्या आएको जस्तो अनुभव भएको अवस्थामा डाक्टरकोमा गई चेकजाँच गरी के कारणले दुखेको हो पत्ता लगाउनु प¥यो । त्यो अनुसार तत्काल उपचार गरेको खण्डमा हड्डी खिइने समस्याबाट बच्न सकिन्छ ।
० उमेर हदमा पनि हड्डी खिइने समस्या हुनसक्छ ?
प्रायः उमेर हदका कारणले पनि हड्डी खिइने समस्याहरु हुन्छ । तर, कहिलेकाहिँ हड्डी आफै सुक्ने रोग पनि हुनसक्छ । हड्डी सुक्ने रोग भएको अवस्था वा हड्डी भाँचिएको जोड्दा मिलेन भने जोर्नीको हड्डीहरु बढी खिइने गर्छ । त्यो भयो भने रिप्लेसमेन्ट पहिले नै गरिहाल्नुपर्छ ।
० हड्डी भाँचिएको अवस्थामा प्लास्टर र पातामा कुन प्रभावकारी हुन्छ ?
कस्तो फ्याक्चर भएको छ त्यो हेरेर प्लास्टर गर्दा ठिक हुन्छ कि अप्रेशन नै गर्नुपर्ने पहिला त्यो हेर्छौं । हड्डीको अवस्था हेरेर अप्रेसन गरेर पातै हाल्नु पर्ने अवस्था पनि हुनसक्छ, कतिपय अवस्था भने प्लास्टर मात्र गरेर पनि हुने हुन्छ । विरामीको अवस्था हेरेर हुन्छ, धेरै हड्डी सरेको छ भने पातालगायत रडहरु पनि हाल्नु पर्ने अवस्था हुन्छ, कम सरेको छ भने हामीले प्लास्टर गरेरै ठिक पार्ने गर्छौं ।
० हड्डीको समस्याको समाधानका लागि फिजियोथेरापीको कत्तिको भूमिका हुन्छ ?
हामीले फिजियो थेरापी भनेको रिह्वीलिटेसन भन्छौं । हामीले हड्डी जोर्ने काम गर्छौं, हड्डी जोडीसकेपछि त्यो सँगसँगै मासु पनि हुन्छ, त्यो मासुलाई बलियो बनाउनका लागि र विगतमा हड्डीसँग एड्जस्त भएकोजस्तै बनाउन हामीले फिजियोथेरापी गराउन लगाउँछौं । होइन भने हामीले हड्डी जोड्ने काम गर्छौं त्यो अवस्थामा मासु खुम्चिएर बसेको हुन्छ । त्यसैले हड्डी जोड्ने काम हुने वित्तिकै मासुलाई पनि पहिलेकै अवस्थामा ल्याउन फिजियोथेरापी गरिहाल्नु पर्ने हुन्छ ।
० ६० वर्षभन्दा माथिका विरामीहरुलाई अप्रेसन गर्दा रिक्स हुँदैन ?
हरेक अप्रेसन गर्दा रिक्स त भइहाल्छ । तर, हामी जहिले पनि रिक्स एण्ड बेनिफिड हेर्छौं । बिरामीको उमेर भन्दा पनि बिरामी स्वास्थ्य हिसावले ठिक छ भने हामीले त्यस्तो विरामीको अप्रेशन गर्छौं, बिरामीको मुटुको, पेटको समस्यालगायन अन्य समस्या भएको र  अप्रेसन गर्ने अवस्था नभएको अवस्थामा भने हामी अप्रेसन गर्दैनौं । अप्रेसन गर्दा जुनसुकै उमेरका विरामीको अवस्था हेरेर बिरामीको अवस्था कस्तो छ त्यो जाँच गरेर मात्र हामीले अप्रेसन गर्ने गछौं ।
० सुमेरु अस्पतालमा हड्डीसम्बन्धी कस्ता—कस्ता उपचारहरु हुन्छन् ?
सुमेरु अस्पतालमा अहिले हड्डी सम्बन्धी सम्पूर्ण उपचारहरु हुने गरेको छ । हड्डीको समस्यालाई लिएर आएका विरामीहरु अन्य अस्पताल जानुपर्ने अवस्था अहिले छैन । नयाँ—नयाँ टोक्नोलोजीसहितका उपकरणहरु उपलब्ध छन् भने हड्डीसम्बन्धी नेपालकै सक्षम विशेषज्ञ डाक्टरहरु भएका कारण पनि हड्डी सम्बन्धी समस्या भएका विरामीहरुले सहजरुपमा उपचार गर्न सुमेरु अस्पतानलमा पाउँछन् । विरामीको आर्थिक अवस्था हेरेर पनि यस अस्पतालले उपचार गर्दै आइरहेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्