सरकारी शुल्कमै सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपण

विजय मानसिंह कटवाल, सिनियर कन्सल्टेन्ट, विभागी प्रमुख युरोलोजी तथा किड्नी ट्रान्स्प्लान्ट विभाग, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा सुमेरु अस्पताल धापाखेल

० मृगौला हाम्रो शरीरको लागि कत्तिको महत्पूर्ण अंग हो ? 

मृगौला हाम्रो शरीरको लागि एकदमै महत्वपूर्ण अंग हो । जस्तो हाम्रो शरीरलाई चलायमान बनाउन मुटुले जति काम गर्छ त्यति नै मृगौला पनि काम गरेको हुन्छ । मृगौलाको काम भनेको घरमा फिल्टरले पानीको फिल्टर गर्ने काम गरे जस्तै हाम्रो शरीर भित्रको फोहोर फिल्टर गरेर पिसावबाट बाहिर निकालिदिन्छ भने शरीरलाई चाहिने आवश्यक चिजहरु शरीरमा मै राखिदिने अंग भनेको मृगौला हो । मृगौलाले हाम्रो शरीरमा भएको रगतको फोहोरलाई फिल्टर गरेर शरीरलाई नचाहिने पदार्थ पिसावबाट बाहिर निकाल्ने काम गर्छ । 

० मृगौलाले हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि कस्तो कार्यहरु गर्छ ? 

मृगौलाको मुख्य काम भनेको रगत बनाउने र रगत फिल्टर गर्ने पिसाव बनाउने तथा ब्लड प्रेसरलाई नियन्त्रण गर्ने काम गरिरहेको हुन्छ । 

० मृगौलाको समस्या आएको कसरी थाहा पाउने ?

हाम्रो शरीरमा दुईवटा मृगौला हुन्छ । दुईवटा मृगौला ८० प्रतिशत बिग्रिँदा पनि मृगौलाले काम गरिरहेको हुन्छ, हामीले मृगौलामा समस्या भएको थाहै हुँदैन । जब ८० प्रतिशत भन्दा बढी बिग्रिएको अवस्थामा भने विभिन्न लक्षणहरु देखा पर्न थाल्छ । त्यसैले हामीले कम्तिमा वर्षमा एकपटक मृगौला चेकजाँच गराउनु जरुरी छ । हामीले पिसावमा प्रोटिन छ कि छैन भन्ने हेर्ने, किन भने नर्मल मानिसको पिसावमा प्रोटिन जिरो हुन्छ । मृगौलाले हाम्रो शरीरलाई प्रोटिन आवश्यकता पर्ने भएकोले बाहिर फाल्ने काम गर्दैन । जब मृगौलाले काम गर्न सक्दैन त्यो बेला पिसावबाट प्रोटिन बाहिर जाने गर्छ । अर्को भनेको रगतमा क्रेटिनीको जाँच गराउने । हाम्रो शरीरलाई क्रेटिनीको आवश्यकता पर्दैन । हामीले खाएको प्रोटिनबाट निस्कने विष मृगौलाले फिल्टर गरेर पिसावबाट बाहिर फाल्ने काम गर्छ । तर मृगौला बिग्रिएको अवस्थामा भने त्यो काम गर्न सक्दैन र शरीरमा थुप्रिन थाल्छ । हामीले खाएको पानी पनि पिसावबाट बाहिर जान सक्दैन, त्यसको असर जिउ सुन्निने, गोडा सुन्निने, अनुहार सुन्निने हुन्छ । 

० मृगौला के कारणले बिग्रने सम्भावना रहन्छ ?

मृगौला बिग्रने धेरै कारणहरु हुन्छन्, दुईवटै मृगौलाको पाइपमा आएर ढुंगा अड्कियो भने त्यसले असर गर्दै विस्तारै मृगौला बिगार्ने काम गर्छ । मृगौलालाई असर गर्ने धेरै औषधीहरु सेवन गरेको अवस्थामा पनि मृगौलालाई असर गर्न सक्छ । जस्तो पेन किलर तथा केही एन्टीवायोटिक औषधी सेबन गर्दा मृगौलालाई पूर्णरुपमा विगार्न सक्छ । त्यस्तै, अरिंगालले टोकेको अवस्था, सर्पले टोकेको अवस्थामा विष शरीरमा फैलिई मृगौला विग्रन सक्ने सम्भावना रहन्छ । एन्टीवायोटिकको कारणले मृगौला बिग्रिएको छ भने एन्टीवायोटिक रोकेर डायलासिस गरेर नर्मलमा ल्याउन सकिन्छ । यदि पत्थरीको कारणले मृगौलाको पाइपमा डुंगा थुनिएर मृगौला सुन्निएर बिग्रियो भने समयमै डुंगा निकाल्न सकियो भने मृगौलालाई बचाउन सकिन्छ । तर, पूरै मृगौला बिग्रिसकेको अवस्थामा बिरामी आएर पत्थरी निकालेर मेरो मृगौला बचाई दिनुहोस् भन्दा बचाउन सकिँदैन । मृगौलामा रोकिएको पत्थरी एक महिनाभित्र मृगौलाले केही मात्र काम गरिरहेको अवस्थामा बिरामी आएको खण्डमा हामीले मृगौलालाई बचाइदिएका छौं । ढुंगाले रोकिएको बाटो खोलिदियो भने मृगौलाले काम गर्न थाल्छ डायलासिस गर्नुपर्दैन । 

० मृगौला बिग्रिएर तीस प्रतिशतमात्र बाँकी रहँदा मृगौलालाई फेरि पहिलेकै अवस्थामा ल्याउन सकिन्छ कि सकिँदैन ?

मृगौला बिग्रिएर तीस प्रतिशत मात्र बाँकी भएको अवस्थामा तुरुन्तै मृगौला प्रत्यारोपण गरिहाल्नु पर्ने अवस्था पर्दैन । तीस प्रतिशत बिग्रन बाँकी मृगौलाले जसरी काम गरिरहेको छ त्यसरी काम गराउनका लागि नेफ्रोलोजी डाक्टरहरुले औषधी सेवन गराई पाँच दश वर्ष सामान्य जीवन यापन गराउन सक्ने अवस्था हुन्छ । यस्तो अवस्थामा डायलासिस र प्रत्यारोपण पनि गराउन आवश्यक पर्दैन । तीस प्रतिशत बिग्रन बाँकी मृगौलालाई औषधी सेवन गरेर ५—१० वर्षसम्म बचाई राख्न सकिन्छ र बिरामीले सामान्य जीवनयापन तथा नर्मल मानिसले जस्तै काम गर्न सक्छ । अर्को एक्युट किड्नी इन्जुरी औषधीको कारणले विषको मात्र बढी भएको कारणले पनि मृगौला बिग्रन सक्छ । त्यसलाई समयमै डायलासिस गरेर विष निकालि दिएको अवस्थामा पनि मृगौला बचाउन सकिन्छ । एक्युड किड्नी इन्जुरी भएको अवस्थामा डायलासिस गरेर मृगौलालाई पहिलाकै अवस्थामा ल्याउन सकिन्छ र पछि डायलासिस गर्न आवश्यक पर्दैन । तर, हाम्रो जनमानसमा के छ भने एकचोटी डायलासिस गरेपछि जिन्दगीभर डायलासिस गर्नुपर्छ त्यही भएर डायलासिस गर्नु हुँदैन भन्ने सोच छ । त्यो होइन, बिरामीको अवस्था हेरेर डायलासिस गर्ने हो । मानिसको ज्यान बचाउनको लागि डायलासिस गर्ने हो ।

० डायलासिस कस्तो कस्तो अवस्थामा गरिन्छ ? 

एक्यु्ट किड्नी इन्जुरी र क्रोनिक किड्नी डिजिज भनिन्छ । यी दुईमा एक्युट किड्नी इन्जुरीमा डायलासिस ४—५ पटक गर्दा मृगौला ठिक हुन्छ र पछि गरिरहनु पर्दैन । तर, क्रोनिक किड्नी डिजिजमा मानिस डायलासिस नगरी बाँच्नै सक्दैन । क्रोनिक किड्नी डिजिजमा मानिसले नियमित डायलासिस गर्नुपर्छ या मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । मृगौला के कारणले बिग्रिएको हो त्यो कारण अनुसार डायलासिस गरिन्छ । जस्तै पत्थरीको अप्रेशन वा मृगौलाको क्यान्सरको अप्रेशन गर्दा मृगौलाले केही समयसम्म काम गर्न सक्दैन त्यतिबेलासम्म डायलासिस गर्नुपर्ने हुन्छ र पछि डायलासिस गर्न छाडेपछि मृगौलाले काम गर्न थालेपछि डायलासिस गर्नुपर्दैन । 

० कस्तो अवस्थामा मृगौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ ?

कतिपय मानिसलाई आफ्नो मृगौलाको अवस्था कस्तो छ, बिग्रिसकेको छ कि छैन भन्ने पनि थाहा हुँदैन । मृगौला बिग्रिएको अन्तिम अवस्थामा आएपछि पनि खान मन नलाग्ने, वाकवाक आउने, पेट डम्म फुलेको जस्तो भइरहने, उल्टी हुने, अल्छी लाग्ने भएपछि डाक्टरमा जाँचपड्ताल गराईन्छ । त्यतिबेलासम्म डाक्टरलाई पनि थाहा हुँदैन मृगौला बिग्रिसकेको छ भनेर । डाक्टरले पनि अन्दाजमा मृगौला बिग्रिएको हो कि भनेर बिरामीको मृगौलाको जान गराएपछि मात्र डाक्टरलाई पनि थाहा हुन्छ । त्यतिबेला मृगौला यसरी बिग्रिएको हुनसक्छ त्यसलाई जति उपचार गरे पनि ठिक हुने अवस्था हुँदैन । त्यतिबेला मानिसलाई बचाउनको लागि युरिया, क्रेटिना कति छ, पोटासियम कति छ त्यो हेरेर एकदमै हाई रेन्जमा छ भने तत्काल डायलासिस सुरु गर्नुपर्छ । डायलासिस सुरु गर्दा पहिले फिस्टुला बनाएर वा घाँटीमा पाइप हालेर गरिन्छ । फिस्टुला बनायो भने पनि डेढ महिनासम्म फिस्टुलाबाट डायलासिस गर्न मिल्दैन । किनकी फिस्टुला परिपक्व भएपछि मात्र डायलासिस गर्न मिल्छ । डायलासिस पनि दुई प्रकारको हुन्छ एउटा हेमो डायलासिस र पेरोटोनियल डायलासिस । हेमो डायलासिसमा मेसिनमा रगत छानेर फेरि शरीर भित्र हालिन्छ त्यो हेमो डायलासिस हो । अर्को पेरीटोनियल डायलासिसमा पेटमा सानो पाइप हालेर गरिन्छ । त्यो पाइप पर्मानेन्ट हालेर घरमै बसेर गरिने गरिन्छ । यो डायलासिसमा रगत बाहिर झिकेर मेसिनमा हालेर छानेर गरेको जस्तो गर्नुपर्दैन । घरमै बसेर बिहान एकपटक र बेलुकी एकपटक गर्ने आवश्यक परेको अवस्थामा दिउँसो एक पटक पनि गर्न सकिन्छ । पेरोटोनियल डायलासिस गर्दा बिरामीले जति पनि पानी खान मिल्छ तर, मेसिनले गर्ने डायलासिसमा भने बिरामीले पानी खान मिल्दैन यो कुराको जानकारी हुुनु अति आवश्यक छ । मेशिनबाट गरिने डायलासिसमा किन मिल्दैन भने मेसिनबाट गरिने डायलासिसमा सर्टेन मात्र पानी निकाल्न मिल्छ, हामीले दाल, तरकारी, भात खान्छौं हामीले दिनभरिमा तीन पटक खान्छौं, हामीले तिन दिनमा डायलासि गछौं । तिन दिनसम्म हामीले खाएको खानेकुराको झोल पदार्थ थुप्रिएको मृगौलाले फाल्न सक्दैन त्यो मेसिनबाट निकाल्नुपर्ने हुन्छ । बिरामीले पानी धेरै खाइदिएको अवस्थामा मेसिनल धेरै पानी निकाल्दा त्यो बेला मानिसको ब्लडप्रेसर कम भएर ज्यान पनि जान सक्छ । फिस्टुला प्रयोग गरी मेसिनबाट गर्ने डायलासिसलाई हेमो डायलासिस भनिन्छ । यो डायलासिसमा पानी खान मिल्दैन । तर, पेरोटोनियल डायलासिसमा पेटमा एउटा सानो पाइप हालेर सरकारले निःशुल्क वितरण गरेकोे विशेष पानीले घरमै बसेर गर्न सकिन्छ । सरकारले वितरण गरेको विशेष पानी देशभरि नै सहजरुपमा प्राप्त गर्न पनि सकिन्छ । यो डायलासिस विदेशमा एकदमै प्रचलित छ तर, नेपालमा यो डायलासिस कम छ । पेरोटोनियल डायलासिस किन राम्रो छ भने मानिस स्वस्थ रहन सक्छ पानी जति पनि खान सक्छ, मन लागेको खानेकुराहरु खान मिल्छ, कुनै पनि मन लागेको कुरा खान बार्न पर्दैन हेमो डायलासिस भन्दा पेरोटोेनियल डायलासिस इफेक्टिभ छ । हेमो डायलासिसमा हाम्रो शरीर भएको सबै रगत मेसिनबाट बाहिर निकालेर फिल्टर गर्दा शरीरमा हेमोग्लाविन कम हुन्छ । पेरोटोनियल डायलासिसले काम कसरी गर्छ भने स्पेशल पानी हुन्छ त्यो पानी हामीले पाइपमार्फत पेटमा हाल्छौं त्यसले दिनभरी काम गर्छ, फोहोर कुराहरु सबै निकालेर पेटमा राख्छ, हाम्रो पेटमा ठूलो एरिया ह्ुन्छ, त्यसले कुनै असर पनि गर्दैन, डेढदेखि दुई लिटर पानी हामीले पेटमा हाल्छौं, त्यसले एकदम सफा गरेर घोलिएर त्यो फोहोर बाहिर निकाल्छौं । तर, पेरोटोनियल डायलासिसमा ध्यान दिनुपर्ने कुरा चाहिँ पाइपबाट सिधै पेटमा पानी हाल्ने भएको कारण कहिलेकाहिँ इन्फेक्सन भई पुरै पेटमा पनि फैलन सक्ने भएका कारण राम्रोसँग सफा गर्नुपर्ने हुन्छ, यसको लागि सुमेरु अस्पताल धापाखेलमै यो प्रविधि उपलब्ध छ, टेक्निसियनहरु पनि प्रयाप्तरुपमा हुनुहुन्छ र तालिम पनि दिने गर्दै आइरहेको छ । यो डायलासिसमा भने खर्चको हिसावले पनि हेमो डायलासिसको भन्दा कम हुने र जोखिम पनि कम हुने भएकोले यो प्रभावकारी छ ।  हेमो डायलासिसमा हप्ताको दुई पटक अस्पताल आउनुपर्ने र सँगै एक जना अनिवार्य हुनुपर्ने हुन्छ भने पेरोटोनियल डायलासिसमा भने घरमै बसेर विरामी आफैले गर्न सक्ने भएकोले पनि यो प्रभावकारी छ । 

० डायलासिस सहजरुपमा उपलब्ध छैन भनिन्छ नि ?

यो एक दम ठिक कुरा हो । सरकारले नीति नियम राखिदिएको छ, नेपालमा अहिलेसम्म कतिवटा निःशुल्करुपमा डायलासिस मेसिनहरु छन् त ? डायलासिस गर्ने विरामीहरु कति छन् त ? त्यो सबै हेर्दा दश प्रतिशत बिरामीले पनि यो सुविधा लिन पाएका छैनन् जस्तो लाग्छ । ९० प्रतिशत मृगौला रोगीहरु त्यसैपनि पीडित छन् । कतिपयले रोग पत्ता लगाएर पैसा तिरेर गरिरहेका छन् पनि कतिपयको रोग नै पत्ता नलगाई ज्यान गइरहेका छन् । बर्षेनी मृगौलाका विरामी बढ्दो क्रममा छन्, यस्ता अवस्थामा नयाँ मृगौला रोगीले त डायलासिसको सुविधा पाएनन् । कि त डायलासिस गर्ने विरामीको मृत्यु हुनुप¥यो वा डायलासिस गरिरहेका विारमीको मृगौला ट्रान्सप्लान्ट हुनुप¥यो अनि मात्र खाली हुने अवस्था हुन्छ । नियमित डायलासिस गरिरहेको विरामीलाई रोकेर नयाँ विरामीलाई डायलासिस गराउने पनि कुरा भएन । यसले झन समस्या निम्त्याउने काम गर्छ । 

० मृगौला स्वस्थ राख्ने उपायहरु के होला ? 

मृगौला स्वस्थ राख्नको लागि नियमित व्यायाम, खानपिनमा ध्यान दिनुप¥यो, रक्सी र धुम्रपान गर्नुभएन, जंंकफुट, फास्टफुड धेरै खानु भएन । मलाई लाग्छ पछिल्लो समय तरकारीहरुमा प्रयोग गरिने विषालु तत्व हामीले कत्ति मात्रामा खाइरहेका छौं त्यो बाट पनि मृगौलालाई असर गरिरहेको हुनसक्छ । किन भने हाम्रो शरीरमा भएको विषलाई छान्ने काम भनेको मृगौलाको हो । त्यसले पनि एक प्रकारको मृगौलाको समस्या उत्पन्न गराएको हो कि ? भन्ने लाग्छ । तर हाम्रो यसमा रिसर्च भइसकेको छैन । यसतर्फ पनि हामीले रिसर्च गर्ने तयारीमा छौं । यसबाट मृगौलालाई असर गरेको छ कि छैन भन्ने रिसर्च गरेपछि मात्र थाहा हुने भयो । 

० मृगौलाको उपचार विधि ?

हामीलाई मृगौला बिग्रिएको थाहा भयो, यसको उपचार भनेको डायलासिस या प्रत्यारोपण नै हो । विरामीले यी दुई मध्ये एक गर्नै पर्ने हुन्छ होइन भने ज्यानै जान सक्छ । डायलासिसमा बिरामीले शारीरिक रुपमा धेरै नै दुःख पाउँनुका साथै खर्च पनि विस्तारै—विस्तारै बढ्दै जान्छ र परिवारले पनि त्यही अनुसार दुःख भोग्दै जानुपर्ने हुन्छ । तर, चार वर्ष डायलासिस गरे पनि अन्तिममा विरामीलाई बचाउने भनेको मृगौला प्रत्यारोपण नै हो । त्यसैले मृगौलाले काम नगर्ने अवस्था आएपछि मृगौला प्रत्यारोेपण गर्नु राम्रो हो । डायलासिसको झन्झट पनि भएन र विरामीले पनि धेरै सास्ती र परिवारलाई पनि धेरै समय मानसिक तनाव नहुने भयो । डायलासिस नगरी सिधै मृगौला प्रत्यारोपण गरेको खण्डमा प्रत्यारोपण गरेको मृगौलाले २५—३० वर्षसम्म पनि काम गर्नसक्छ । शरीरमा विष फैलन पाएन, रगतको हेमोग्लोबिन कम हुन पाएन, साइड इफेक्ट हुन पाएन, नयाँ मृगौला हाले पछि त्यसले नर्मल्ली रुपमा काम गर्ने भयो । डायलासिस जति धेरै गर्दै गयो विरामीको आयु पनि कम हुँदै जान्छ । डायलासिस गरेको एक वर्षभित्र मृगौला प्रत्यारोपण गरेको र डायलासिस गरेको पाँच वर्षमा मृगौला प्रत्यारोपण गरेको विरामीको अवस्थामा धेरै फरक देखिने गरेको छ । हामीलाई पाँच वर्ष डायलासिस गरेको विरामीको मृगौला प्रत्यारोपण गर्दा बिरामीलाई बचाउन गाह्रो पर्ने हुन्छ । किन भने लामो समयसम्म डायलासिस गर्दा विरामीको शरीर कम्जोर बनिसकेको हुन्छ । त्यसैंले डायलासिस भन्दा मृगौला प्रत्यारोपण गर्न सल्लाह दिन्छु, किनकी मृगौला प्रत्यारोपण गर्दा सामान्य सुगर र प्रेसरको रोगीले जस्तै दैनिक ओषधी खाई सामान्य जीवनयापन गर्न सकिन्छ । 

० सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपणको अवस्था कस्तो छ ? 

सुमेरु अस्पतालको २४ औं बार्षिक उत्सवका उपलक्ष्यमा २४ जना पहिलो विरामी जसले टेस्टहरु सबै गरी क्राइटएरिया पुरा गरेर आएको छ भने त्यसलाई सरकारी शुल्कमै मृगौला प्रत्यारोपण गर्ने भएको छ । तर सरकारी शुल्क भन्दैमा पूर्णरुपमा निःशुल्क होइन । सरकारले निःशुल्क भने पनि सबै निःशुल्क भने छैन किन भने म भक्तपुर ट्रान्स्प्लान्ट विभागीय प्रमुखको नाताले मैले भन्नु जरुरी छ, यहाँ पनि पूर्ण रुपमा निःशुल्क मृगौला प्रत्यारोपण भनिए पनि त्यो हुँदैन । सरकारी अस्पतालमा सरकारले मृगौला प्रत्यारोपणको लागि भनेर चार लाख रुपैयाँ दिने गर्छ, तर, विरामीले औषधी आफै किन्नुपर्ने हुन्छ । त्यो औषधी किन्न एउटै विरामीलाई तीनदेखि चार लाखसम्म पर्न आउँछ । बिरामीको अप्रेशन गर्दा झण्डै डेढ लाख रुपैयाँ लाग्छ । सरकारले मृगौला प्रत्यारोपण गर्दा ४ लाख रुपैयाँ दिए पनि सरकारी अस्पतालमै औषधी र अप्रेसन गर्दा ६ देखि ७ लाख रुपैयाँ बराबर बेग्लै खर्च हुन्छ । 

० पछिल्लो समय सुमेरुमा मृगौला प्रत्यारोपणको अवस्था के छ ? 

सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपणको लागि विरामीहरु लाइनमा हुनुहुन्छ, हामीले विरामीको अवस्था हेरेर प्रत्यारोपणको तयारी गरेका छौं । 

० मृगौला प्रत्यारोपण गर्दा जटिलता कत्तिको आउने गर्छ ?

जटिलता त हुन्छ नै । हालसालै एकजना बिरामीको मृगौला प्रत्यारोपण गर्दा बिरामीको श्रीमतीको मृगौला दिन ठिक्क परिरहेको अवस्थामा जाँचपडताल गर्दा क्यान्सर देखियो । सबैले हुँदैन भन्नेतिर लागे तर, म विभागीय प्रमुखको नाताले सबै रिपोर्टहरु हेरेर संसारमा पाँचवटा यस्ता केसहरु भएका छन् हामीले किन नगर्ने भनेर मृगौलाको आदी क्यान्सर भएको भाग काटेर फालिदिन्छौं, तपाईंको श्रीमतीको मृगौला त्यसै पनि फाल्नुपर्ने हुन्छ, तपाईंको श्रीमतीको मृगौलाको क्यान्सर भएको भाग काटेर फालिदिएर बाँकी भएको तपाईंकोमा प्रत्यारोपण गरिदिन्छौं । यस्तो घटना संसारमा पाँचवटा भएको छ, हामीले त्यसै गर्छौं भनेपछि बिरामीले हुन्छ भने र डोनर पनि खुसी हुनुभयो । त्यो फाल्नुपर्ने मृगौलाको केही भाग श्रीमानलाई पनि दिन मिल्यो । त्यो मृगौला प्रत्यारोपणमा हामी सफल भयो र अहिले ती विरामी सामान्य अवस्थामा छन्, अहिले उनको अवस्था सामान्य मानिसको जस्तै छ । अर्को जोखिमको कुरा गर्दा खेरी पिसाव थैली जन्मजात बिग्रिएको पिसाव थैलीमा ५० एमलभन्दा पिसाव नै अड्दैन, त्यसलाई नयाँ मृगौला प्रत्यारोपण गर्दा त्यही पिसाव थैलीले फेरि विगार्ने भयो धेरै प्रेसर हुने भएको कारणले । त्यो पिसाव थैलीलाई ठूलो बनाउनका लागि हामीले सानो आन्द्रा काटेर पिसाव थैलीजस्तो बनाएर त्यो पिसाव थैलीमा गाँसी ५० एमएलको पिसाव थैलीलाई ५ सय एमएलको बनायौं । यसरी मृगौला प्रत्यारोपण ग¥यो, अहिले ती व्यक्तिको पनि जीवनशैली सामान्य नै छ । यी दुईवटा जोखिमपूर्ण रुपमा गरेको मृगौला प्रत्यारोपणबाट आफूले पाएको सफलताबाट एकदमै सन्तुष्ट मिलेको छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्