राष्ट्रियता र स्वाधिनताका लागि बृहत एकताको खा“चो

जे.बी. बिष्ट

हाम्रो देश महान् दुई छिमेकी मुलुकको बिचमा अवस्थित रहेकोले परापूर्वकालदेखि नै यो भूमि (देव — मनु) हो । आजसम्म यसको अपहेलना गर्दै आएका छौं । यो राष्ट्रको भूमि के कति महत्व छ भन्ने कुरा हाम्रा धार्मिक ग्रन्थहरुमा प्रष्टै उल्लेखित भएका छन् । हाम्रो देश आजसम्म उद्योगतिमा गएको मुख्य कारण भनेकै विगतका शासकहरु र सम्पूर्ण नेपाली समाजले गुरु परम्परालाई अपमान गरेकोले र विशेष गरी नेपालको हरेक क्षेत्र जस्तै राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, धार्मिक, शैक्षिकलगायत अनय पेशामा लागेका व्यक्तिहरुमा हाम्रो आफ्नै धर्म, कर्म, मर्म र देशप्रतिको राष्ट्रियता नहुनु नै आज देशको स्थिति यो अवस्थामा पुगेको हो । 

अब वर्तमान अवस्थामा हाम्रो देशको रक्षार्थ पनि एउटा सच्चा राष्ट्र सेवकको आवश्यकता परेको छ । देशमा शासन गर्ने व्यक्ति वा संस्था भनेको हुकुमी शासन चलाउने, उच्छृंखल एवम् बिलासितामा जीवन बिताउने होयन कि राष्ट्र, धर्म, कर्म, मर्म र जनताको भावनाप्रति समर्पित राष्ट्र सेवकको आवश्यकता पर्दछ र आगामी दिनमा आम नेपाली जनताले तयस्ता व्यक्तिको खोजी गर्नुपर्ने आवश्यकता देखिन्छ ।्

विगत लामो समयदेखि नेपाल र नेपाली विशेषगरी हिमवतखण्ड माथि नै बेदेशिक हस्तक्षेपले जरा गाड्दै आइरहेको छ । अझ नेपाली बीच रहँदै आएको हजारौं हजार वर्षदेखिको मातृ्त्व भावमाथि बलात् घात गर्दै गुटफुट र विभाजन गराएर हामीहरु बीचमा नै युद्ध गराउँदै एकले अर्कोको लक्ष्मणरेखा कोर्ने दुस्प्रयासहरु भइरहेका छन् । 

राष्ट्रिय स्वतन्त्रता, अखण्डताप्रतिको हाम्रो समान अकांक्षा र आस्था समष्टिमा एक राष्ट्र हो भन्ने नेपाली भावना पुनः खण्डित हुने अवस्थामा आइपुगेको छ । केही पश्चिमा शक्तिहरुको आडमा जुठो खान पल्केका हाम्रा केही नेता एवम् कर्मचारी भनाउँदाहरुले हाम्रो धर्म संस्कृति र राजनीतिमाथि खेलवाड गर्दै व्यक्तिगत स्वार्थको लागि मरिहत्य गर्दै डलरको खेती गर्न पल्केका धर्मनीति र राजनीतिलाई केही आइएनजीओ, एनजीओकरणको आवरणमा गौतमबुद्ध, जनक, सिता, भृकुटी, शिव, पार्वती, राम, हनुमानलगायत अन्य महापुरुषहरु जन्मेको देव भूमिमा हजारौं वर्षदेखि शान्ति सुरक्षा अमनचयनको अनुभूतिलाई केही हुँडार, ब्वाँसा र स्यालहरुले खलल पु¥याउने काम गरिरहेका छन् । 

विश्व नेतृत्व गरेको मूल गुरुको मन्त्रलाई विर्षेर मानव बीच द्वन्द्व पुनः दोहोरिने संकेत पैदा हुँदैछ । आज एक मानव र अर्को मानवबीच भरोसा र विश्वासको टड्कारो संकट देखा परेको छ । विश्वको एउटा गौरवशाली अखण्ड राष्ट्रमाथि विखण्डनका काला धब्बाहरु म्डारिरहेका छन् । उत्रर र दक्षिणका भिमत्र राष्ट्रहरुसँग कायम रहेको अन्तर्राष्ट्रिय भाइचारा र समानताको सुमधुर सम्बन्धमा समेत असन्तुलन उत्पन्न हुने स्थिति पैदा भएको छ ।

कठिन संक्रमणकालबाट गुज्रिरहेको नेपाल एउटा प्राचिन हिमाली सभ्यता, संस्कृति र परम्पराको अटुट आत्मीय बन्धनमा बाँधिएका सभ्य जातिहरुको अद्वितिय बस्ती हो भन्ने कुराको विश्लेषण गर्न विदेशी प्रभुत्ववादी शक्तिहरुलाई पुनः आम नेपालीहरु एक भएर ती शक्तिहरुको राजनीतिक, सांस्कृतिक, आर्थिक तथा भौगोलिक हस्तक्षेपकारी नीतिका साथ दक्षिण एसियाको विशेष गरी नेपालमा गोलाबारुद लाग्दै नेपाललाई अफगानिस्थान, कम्बोडिया, भियतनाम, इराक, सोमालिया, सिरिया जस्ता मुलुकको सूचिमा दर्ज गराउने कुटिल चालबाजीको जवाफ वीर नेपाली जातिले राष्ट्रियताको अन्तरवस्तुबाट दिने स्थिति सिर्जना गर्नु परेको छ ।

राष्ट्रियता अखण्डता, स्वाधिनता र सार्वभौमिकताको रक्षाका निम्ति जिम्मेवार राजनीतिक नेतृत्व पंक्तिले नेपाली जनताको भावना अनुकुल धर्मनीति बनाएर एकसाथ अघि बढ्न सक्नुपर्ने देखिन्छ । उनीहरुको दुरदर्शिता त्यहाँनिर झल्किने छ जब उनीहरुले राष्ट्रिय अखण्डतामा कहिँ कतैबाट आँच नपु¥याई यस संक्रमणकालिन अवस्थालाई अग्रगामी दिशातिर डो¥याउन सक्षम रहनेछन् । तर, मुलुकलाई त्यस दिशातिर डो¥याउनुको साटो उनीहरुभित्र गुट र फुटको राजनीतिक स्थिति पुनः देखापर्नु दलहरुको लागि लाजमर्दो अवस्था हो । देशलाइ पुनः विभिन्न खाले द्वन्द्वमा फसाए र आफु मोटाउने खेल खेल्ने प्रमुख खेलाडीलाई अब समयमा नै चिन्न जरुरी देखिन्छ । राजनीतिक दल, आम नागरिकलगायत अन्य असन्तुष्ट पक्ष बीचको दुरी बढ्नुको मुख्य कारण के हो ? त्यसको समयमा नै समाधान गर्न जररी देखिन्छ । अन्यथा देशलाई बन्धक बनाएर पुस्तौं पुस्तासम्मलाई कमाउन पल्केका स्यालहरुले बचे खुचेको संक्रमणकालीन अवस्थालाई शान्तिपूर्ण रुपमा अवतरण गर्न सक्नुपर्छ । 

नेपालमा हालसम्म भइरहेका घटनाक्रमहरुको बस्तुनिष्ठ विश्लेषण गर्न नसकेर अत्तालिएका बैदेशिक शक्तिहरु त्था नेपाललाई उपयोग गरेर विभिनन अपराधिक गतिविधिहरु गर्न उदृत अपराधिक गिरोह तथा अन्तर्राष्ट्रिय आतंककारी सञ्जालले नेपाली भूमिमा आतंक मच्चाउँदै नेपालमा पुनः अस्थिरता उत्पन्न गरी आफ्नो अभिष्ठ पूरा गर्न तिर लागेका छन् । बचेको संक्रमणकालिन अवस्थाको फाइदा उठाएर क्षेत्रीय प्रभुत्ववादी शक्तिले नेपाललाइ सके सिक्किमीकरण नसके भूटानीकरण बनाउने षड्यन्त्र गरिरहेको अवस्था छ । तयसैले अब सम्पूर्ण नेपालीहरु एकजुट भएर नेपाललाई अखण्ड बलियो राष्ट्रको रुपमा स्थासिपत गर्न आ—आफ्ना हठ र स्वार्थलाई त्यागेर राष्ट्रियताको मूलधारमा आउन जरुरी भइसकेको छ । अनि मात्र हाम्रो पूखाले आज्र्याको टिष्टा—काँकडा फेरि फर्काउने तार्किक धावा नेपालले सशक्त रुपमा गर्न सक्नेछ । 

विगतमा राजनीतिक दलहरुले गरेका अक्षम्य गल्तीहरुलाई नेपाली जनताले भूलेका छैनन् । कोशी, गण्डकी, टनकपुर, महालीपछि कर्णाली बेच्दा घाम पश्चिमबाट उदाउँछ, देश स्वर्ग हुन्छ भन्ने दलालहरु ऋहिले पनि राजनीतिक नेतृत्व पंक्तिमै हावी हुनु विभिन्न कालखण्डमा सत्तासित पार्टीहरुको लागि लाजमर्दो कुरा हो । नेपाली जनतालाई सधैंभरि अध्यारोमा कुँजयाएर पुस्तौंपुस्ता शासनको सपना देखेका भरौटे शासकहरुले हाम्रो राष्ट्रियता र जनतान्त्रिक प्रणालीप्रतिको निष्ठा र आस्थासँग सधैं खेलवाड गर्नुका साथै सौदाबाजी गर्दै आएका छन् । नेपालको इतिहासले भन्छ शासकहरुले लगातार आफ्नो खुट्टामा आफै बन्चरो हान्दै आएका छन् । त्यसैले पृथ्वीनाराण शाहले दक्षिणका बादशाहसँग सधैं होसियार हुन चेताएका थिए । तर उनका नाती पनातिहरुका पालामा लादिएको सुगौली सन्धीपछिका राज्य सञ्चालकहरु त्यही दक्षिणी बादशाहको कृपा खोज्ने भए । आज हाम्रा सामु पुर्खाले श्रृजेको इतिहास छर्लङ्ग छ कि अंग्रेजलगायतका पश्चिमा उपनिवेशवादीहरु नेपाललाई जसरी पनि ध्र्वंस गरेर कब्जा गर्न सधैं लालाहित थिए र छन् । तर, सोझै कब्जा गर्न कुनै हालतमा नसक्ने भएपछि यो सदा स्वाधिन महान देव भूमिमाथि पछिल्लो ढोकाबाट छिर्ने काम गरेर चुरेतल्लै खेदिएका क्याप्टेन किनलोकहरु मित्र भएर भित्र छिरे अनि उीहरुले भिमसेन थापालगायतहरुलाई सिसाले स्वयम् घाँटी सेरेर आत्महत्या गर्ने अवस्थामा पु¥याएर सबै देश भक्त भारद्वारहरुको एउटै चिहान पार्ने कोतपर्वहरु गराए । अंग्रेज भरौटेहरुका सबैभन्दा बदमास तानाशाह चन्द्र शम्शेर राणाले त झनै बदमासी गरे । हाम्रो पुराना ऐतिहासिक गौरवशाली प्रमाणहरु संकलन गरी केही अंग्रेजहरुलाई बुझाए बाँकी सिंहदरबार पुतली बगैजामा जलाउने काम गरे । तै पनि हाम्रो पुरै इतिहास खत्तम भएको छैन । महान जातीय चेतना पुरै समाप्त भएको छैन । तर, नेपाली मुटुमा हाम्रा पुर्खाहरुले आज्र्याको त्यो बृहत नेपालको स्पन्दन अझै बाँकी छ । टिष्टादेखि काँगडासम्म नेपाली नै नेपाली छन् भन्ने सत्यतालाई हामीले कहिल्यै पनि विर्सनु हुँदैन । अब हामी सम्पूर्ण नेपालीहरु राजनीतिक विचारभन्दा माथि उठेर स्पातिलो एकताका साथ नयाँ स्वाधिन स्वतन्त्र र जनतान्त्रिक अखण्ड नेपाल निर्माणका लागि एक ढिक्का भएर जुट्नुपर्ने आजको टड्कारो आवश्यकता बन्न गएको छ । अनि मात्र हाम्रो देश नेपाल समग्र विश्व मानचित्रमा एउटा सशक्त र शक्तिशाली राष्ट्रको रुपमा उदय हुने निश्चित छ । सबैलाई चेतना भया । 



तपाइको प्रतिक्रिया दिनुहोस्