प्रहरी हिरासतमा रहेका तस्कर अमित श्रेष्ठलाई छ्ुटाउन नेता र पूर्व प्रहरी अधिकृतको दौडधुप

श्रेष्ठले गरे चोलेन्द्रको अवैध करोडौं रुपैयाँ क्यानडामा व्यवस्थापन

काठमाडौं, १६ । नेपाल ६ महिनापछि आर्थिक समस्या पर्ने गभर्नर महाप्रसाद लामिछानेले बताइरहँदा नेपालका कतिपय नाम चलेका सहकारीहरु बन्द भई संचालक गुमनाम बसेको समाचारहरु विभिन्न संचारमाध्यममा आइरहेका बेला नेपालका नेता तथा न्यायमूर्तिहरुले अवैधानिक रुपमा कमाएको पैसा विभिन्न एजेन्टहरुमार्फत् विदेशिने क्रम पनि त्यतिकै बढ्दै गइरहेको छ । यसले झन् नेपालको आर्थिक स्थितिमा गम्भीर धक्का लाग्ने अर्थविद्हरुको भनाई रहेको छ । 

नेपालका नेता तथा न्यायमूर्तिहरुले अवैधानिक तरिकाबाट कमाएको स्रोत खुलाउन नसकेको अर्बौं रुपैयाँ विदेशी बैंकमा कारोबार गरेको विभिन्न संचार माध्यममा समाचारहरु आइरहेका छन् । यस्तै स्रोत नखुलेको रकम कारोबार गर्ने नुवाकोट स्थायी घर भई हाल काठमाडौंको पानीपोखरी बस्दै आएका ४१ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । 

श्रेष्ठलाई विदेशी बैंकमा करोडौं रुपियाँ शंकास्पद कारोबार गरेको अभियोगमा पक्राउ गरिएको हो । श्रेष्ठमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाएको छ । श्रेष्ठबाट प्रहरीले दुई–दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको थियो । बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिए पनि कारोबार नै नदेखिएको करोडौं स्पैयाँको स्रोतको खोजी कार्य गरिरहेको खोजतलासले थप करोडौं रुपैयाँको कारोबार गरेको प्रमाण फेला पारेको छ ।

अमित श्रेष्ठले निलम्बन परेका चोलेन्द्र शम्शेरले अवैधानिक तरिकाले आर्जन गरेको अर्बौं रुपैयाँ चोलेन्द्रका भाई प्रभु शम्शेर राणासँग मिली पाँच वर्ष अगाडि सिटिजनसिप लिएका क्यानडाका डन तथा हुण्डी कारोबारी सीजे ज्ञवालीमार्फत् क्यानडामा व्यवस्थापन गर्न सफल बनेको स्रोतले दावी गरेको छ । त्यस्तै, प्रहरीले फेला नपारेको लुम्बिनीमा १० कट्ठा जग्गा र भैरहवामा सुविधासम्पन्न ह्वाइट लोटस होटलमा २५ करोड रुपैयाँ लगानी गरेको र काठमाडौंको मुटु मानिने पक्नाजोलमा ३ रोपनी जग्गामा दशौं करोडको घर र काठमाडौंकै बालाजुस्थित मनमैजूमा १५ रोपनी जग्गा, हायत होटलमा पनि ५० देखि ७० करोड रुपैयाँ लगानी गरेको र दुबईका एक बैंकमा १२ लाख डलर खातामा रहेको समेत स्रोतले दाबी गरेको छ ।

त्यस्तै, चोलेन्द्र शम्शेर राणाको विदेशमा व्यवस्थापन गर्न नसकेको पैसा अमितले श्रेष्ठले विभिन्न हाइड्रोपावरहरुमा पनि लगानी गरेको स्रोतले दावी गरेको छ । 

श्रेष्ठको नाममा कमन–वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र रोयल बैंक अफ क्यानडामा सेयर समेत कारोबार गरेको देखिएको प्रहरीले जानकारी गराएको छ । प्रहरका अनुसार श्रेष्ठले नेपालका विभिन्न बैंकहरूमार्फत् नेपाली कम्पनीहरूमा पनि सेयर लगानी गरेका छन् ।


नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपियाँभन्दा धेरै रकममार्फत श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको छ । श्रेष्ठको एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ । काठमाडौं–१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको प्रहरीले जानकारी गराएको छ ।

श्रेष्ठको खातामा भएका रकम तथा कारोबारहरू शंकास्पद देखिएपछि पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

देशलाई आर्थिक मन्दीतिर धकेल्ने कार्य गरी विदेशमा स्रोत नखुलेको पैसा लगी लगानी गर्ने अमित श्रेष्ठलाई छुटाउन नुवाकोटका कांग्रेसी नेता जगदीश नरसिंह केसी र पूर्व एआईजी हरिबहादुर पाल, शम्भु थापा, चेतन भण्डारी हातै धोएर लागेको प्रहरी स्रोतले जानकारी गराएको छ ।

केसी, पाल र भण्डारीले श्रेष्ठलाई छुटाउनका लागि गृहमन्त्री बालकृष्ण खाँडलाई भेटी प्रहरीलाई चाँडो फाइल अदालनमा पेश गराउन खाँणद्वारा प्रहरीलाई आदेश दिएको प्रहरी स्रोतले जनाएको छ । फाइल चाँडो अदालतमा पेश गर्नको लागि खाँणलाई करोडौं रुपैयाँ बुझाएको चेतन भण्डारीले बताउँदै आइरहेको स्रोतले दाबी गरेको छ । 

अदालतमा सेटिङ मिलाइसकेकोले चाँडो फाइल अदालत पेश गर्न खाँणले दवाव निर्देशन दिएपछि श्रेष्ठका फाइल भोली साउन १७ गते मंगलबार पेश गर्ने भएको छ । अदालत सेटिङको लागि १०—१५ करोड रुपैयाँ खर्च गरिसकेको र भोली मंगलबार नै छुटाउने तयारी गरिरहेको बिचौलियाहरु केसी, पाल र भण्डारीले बताउँदै आइरहेको स्रोतले दाबी गरेको छ । 


तर, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भने देशलाई टाट पल्टाई विदेशमा स्रोत नखुलेको पैसा लगानी गर्नेहरुलाई भनसुन र दबाबमा नपरी कुनै पनि हालतमा कारबाही गर्ने प्रहरी स्रोतले जनाएको छ । देश र जनताको हित विपरित कार्य गर्ने जो सुकैलाई पनि कारबाही गरेरै छाड्ने महानिरीक्षक सिंहले बताउँदै आइरहेका छन् । सोही अनुसार पछिल्लो समय महानिरीक्षक सिंहले त्यस्तै कार्य गर्दै प्रहरी संगठनप्रति जनमानसमा गिर्दै गएको साखलाई उच्च पार्ने कार्यमा लागिपरिरहेको विभिन्न घटनाक्रमले देखाउँदै आएको छ । 

स्मरणीय छ, तस्कर अमित श्रेष्ठले एउटी पत्नीलाई दुःख दिएर डिभोर्स समेत दिइसकेका छन् । निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाई प्रभुशम्शेर जबरासँग श्रेष्ठको निकै घनिष्ट सम्बन्ध छ । श्रेष्ठले चालेन्द्रको अबैध धन विदेशमा लगेर राखिदिएको विभिन्न संचार माध्यममा समाचारहरु आइरहेका छन् । चालेन्द्र, प्रभुको अबैध सम्पत्ति श्रेष्ठले क्यानडामा बस्दै आएका सीजे ज्ञवाली नामका नेपाली मूलका क्यानेडियन नागरिकमार्फत् व्यवस्थापन गर्दै आएको समाचार सार्वजनिक भइसकेको छ । सो विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको स्रोतले जनाएको छ ।

पक्राउ परेका अमित श्रेष्ठले धेरै व्यक्तिलाई ठगी पनि गरेका छन् । केही व्यापारी र व्यक्तिको करोडौं रुपियाँ लगेर फिर्ता समेत गरेका छैनन् । पैसाको भरमा प्रहरी परिचालन गरेर उनले धेरै व्यक्तिलाई दुःख पनि दिएका छन् । 



तपाइको प्रतिक्रिया दिनुहोस्