पार्टी सभापतिले नेका प्रभावशाली युवा नेता महर्जनलाई प्रचारप्रसारमा लाग्ने निर्देशन दिएपछि स्थानीय उत्साहित

ललितपुर । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले  नेपाली कांग्रेस ललितपुर जिल्लाका प्रभावशाली नेता मीनकृष्ण महर्जनलाई आउँदै गरेको संघीय र प्रदेश निर्बाचनमा उम्मेदवारीको लागि तयारी अबस्थामा रहन निर्देशन दिए पछि नेपाली कांग्रेस ललितपुरका कार्यकर्ता र स्थानिय जनताहरुमा खुसिलायलीका साथै उत्साहित बनेका छन् ।

२०७४ साल मंसिर मंसिर २१ गते भएको प्रदेश निर्बाचनमा कांग्रेसकै केही नेताहरुले अन्तर्घात गरेका कारण झिनो मतले पराजित भएका महर्जन विकासप्रेमी नेताका रुपमा परिचित भएकै कारण स्थानीय जनतामा खुसियाली र उत्साहित भएका हुन् । खोजतलासले ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का स्थानीयहरु र कांग्रेसका कार्यकर्ताहरुसँग प्रतिक्रिया लिँदा महर्जनको उम्मेदवारी पार्टी सभापतिले घोषणा गरेपछि विकासप्रेमी, जनताको सुख र दुःखमा सधैं साथ दिने नेताले उम्मेदवारी पाउने भएपछि उत्साहित भएको प्रतिक्रिया लिने क्रममा प्रायः सबै स्थानीयले बताएका छन् । 

बागमती गाउँपालिका वडा नम्बर ३ का वडाका नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्ष नबराज खड्काले हाम्रो जे चाहना हो त्यो चाहना जिल्ला सभापतिज्युले उद्घोष गर्नुभयो, त्यसको लागि जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठज्युलाई धन्यवाद समेत ब्यक्त गरेका छन् । मीनकृष्ण महर्जनको उम्मेदवारी हुने कुराले ललितपुर क्षेत्र नं. १ ‘ख’ का सम्पूर्ण कार्यकर्ताहरुको मनोबल उच्च भएको खड्काले खोजतलासलाई प्रतिक्रिया लिने क्रममा बताएका छन् ।

त्यस्तै, जिल्ला सभापतिज्युले लोकप्रिय तथा विकासप्रेमी नेताको रुपमा परिचित युवानेता मीनकृष्ण महर्जनलाई उम्मेदवारीको लागि तयारी अबस्थामा रहन निर्देशन  गरेपछि बागमती गाउँपालिका वडा नम्बर २ का नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्ष राम बहादुर भुलनले हामी यतिखेर प्रत्येक वडा वडाबाट प्रतिक्रिया लिने क्रममा सबैको मुखमा मीनकृष्ण महर्जन कै नाम लिने गरेको पाईयो । त्यसैले जिल्ला सभापतिज्युले जुन खालको प्रदेश ‘ख’ मा मीनकृष्ण महर्जन उम्मेदवारीको कुरालाई लिएर तमाम कार्यकर्ता र न्यूटलमासमा खुसियाली नै छाएको देखिएको वडा अध्यक्ष भुलन बताउँछन् । 

यसैगरी, बागमती गाउँपालिका वडा नम्बर ६ बाट नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्बाचित भएको नारायण बोम्जनले बास्तबमै भन्नुपर्दा ललितपुर क्षेत्र नम्बर १ दोस्रो कर्णालीको रुपमा रहेको उक्त क्षेत्र बिकासको काचुलि फेर्नको निम्ति कांग्रेस लोकप्रिय युवानेता मीनकृष्ण महर्जनले चुनाब जित्न अपरिहार्य रहेको वडा अध्यक्ष बोम्जनले खोजतलासलाई बताए । 

त्यस्तै कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्ष तिलक बोम्जनले ललितपुर जिल्ला क्षेत्र नम्बर १ मा बिकासको निम्ति मीनकृष्ण महर्जनको विकल्प नरहेको उनले बताए । प्रदेश ‘ख’ नेपाली कांग्रेस गोदावरी नगरपालिका वडा नम्बर ११ का इकाई सभापति सागर चित्रकारले ७४ सालमा एमालेमा भोट हालेकाहरुलाई पच्छोताप भइरहेको चित्रकारले बताए । चित्रकार भन्नुहुन्छ, बिहान बेलुकी स्थानीयहरु भेटघाट हुन्छ, चुनाबकै कुरा हुन्छ, गोदावरी नगरपालिका वडा नम्बर ११ चापागाउँ धार्मिक पर्यटकीय हिसाबले प्रसिद्ध ठाउँ हो तर अहिलेसम्म चुनाब जितेका सांसदहरुले यस्तो प्रसिद्ध स्थललाई यहाँका जनताहरुलाई शोषण मात्र गरेको कारणले गर्दा अधिकांस स्थानियहरु बिकासको निम्ति मीनकृष्ण महर्जन कै आवश्यकता रहेकोले अब आउने निर्बाचनमा मीनकृष्ण जिताउ अभियान नै चलाउने स्थानियहरुको भनाई रहेको सभापति चित्रकारले खोजतलासलाई बताए । खेलकुद पृष्ठभुमिबाट राजनितिमा प्रबेश गरेका नेता महर्जन ललितपुरमा निकै लोकप्रिय मानिन्छन् । विशेष काठमाडौ उपत्यका नजिक रहेता पनि दोस्रो कर्णाली जस्तै दुर्गम क्षेत्र मानिने ललितपुर क्षेत्र नम्बर १ का जनताहरुले कुनै समस्या परेमा उनै नेता महर्जनलाई सम्झिने गरेका छन् । नेता महर्जन ललितपुर क्षेत्र नम्बर १ मा बिकासका निम्ति निकै जोडतोडका साथ लागि परेका छन् । 

जिल्ला सभापति श्रेष्ठले चुनावको लागि तयारी रहन निर्देशन दिएका महर्जनसँग प्रतिक्रिया लिँदा उनी भन्छन्, ‘मैले एकचोटि मात्र जनप्रतिनिधि हुने अबसर पाए भने दोस्रो कर्णालीको रुपमा रहेको ललितपुर क्षेत्र नम्बर १ को बिकास निर्माण मार्फत् मुहार नै परिवर्तन गर्ने नेता महर्जन बताउँछन् ।’ नेता महर्जनको जनतालाई आपतविपत पर्दा गर्ने सेभाव भावलाई मध्यनजर गर्दै सधैं जनतामाझ रहने महर्जनले २०७२ सालको प्रलयकारी महाभूकम्पमा निरन्तररुपमा पराकम्पन आइरहेको अवस्थामा पनि आफ्नो ज्यानको समेत परवाह नगरी दैनिक राहत वितरण कार्यमा व्यस्त रहनुका साथै महामारीका रुपमा रहेको कोरानो भाइरसका बेला पनि जनताहरुलाई आफूले सकेको राहत वितरण गर्दै उनीहरुको आत्मबल बढाउने कामसमेत गरेका थिए । यस्तो प्रशम्सनीय कार्यहरु देखेर नेपाली कांग्रेसका शिर्ष नेताहरु पछिल्लो समय निक्कै नै प्रशंसा गर्ने गरेका छन् । 



तपाइको प्रतिक्रिया दिनुहोस्