गोलकिपर किरणले मैदानमै औंठी लगाइदिएर प्रेमिकासँग राखे विवाह प्रस्ताव

काठमाडौं, साउन १७  । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आफ्नी प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन् । माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा किरणले प्रेमिका कन्चन निरौलालाई विवाहको प्रस्ताव राखेका हुन् ।

लिगको उत्कृष्ट गोलरक्षक समेत रहेका किरणले टोली उपाधि उचालेर खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रस्ताव राखेका थिए। किरणले मैदानमै प्रेमिका निरौलालाई औंठी लगाइदिए र विवाह प्रस्ताव राखेका थिए । कन्चन पेशाले विमान परिचारिका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्