मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी गराएको छ ।
आजको बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुन सक्नेछ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू आउँदो मंसिर ४ गते निर्वाचन गर्न सकारात्मक देखिएका छन् ।
निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते एकै चरणमा गर्ने गरी सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ ।
मन्त्रिपरिषद्को बैठकअघि आजै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठकमा निर्वाचनसँगै संसद् अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्