नवौं राष्ट्रिय खेलकुदमा तेक्वान्दो संघका खेलाडीलाई सहभागिता नगराउने बागमती प्रदेशद्वारा षडयन्त्र

काठमाडौं । आगामी मंसिरमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको साख विश्वसामु राख्न सफल नेपाल तेक्वान्दो संघका खेलाडीहरुलाई समावेश नगर्ने षड्यन्त्र भएको बुझिएको छ ।

प्रदेश खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्द्वारा यस्तो षड्यन्त्र रचेको पाइएको छ । गत वर्ष बागमती खेलकुद विकास परिषदद्वारा विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गरिएको थियो । सो प्रतियोगितामा पनि तेक्वान्दो संघका खेलाडीहरुलाई समावेश गरेको थिएन । 

बागमती खेलकुद विकास परिषदका सदस्य सचिव सूर्य भण्डारीद्वारा आफ्ना पक्षका तेक्वान्दो खेलाडीहरुलाई भेला पारी बागमती प्रदेशका विभिन्न डोजाङ तथा युनियनका खेलाडीहरुलाई मात्र समवेश गरी विगतमा पनि प्रतियोगिता सम्पन्न गरिएको थियो ।  आगामी मंसिरमा हुन गइरहेको नवौं राष्ट्रिय प्रतियोगितामा पनि नेपाल तेक्वान्दो संघसँग समन्वय नगरी आफूखुसी प्रदेशस्तरीय प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई नै समावेश गर्ने षडयन्त्र भण्डारीले बुनिरहेका छन् । 

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव भण्डारीको यस्तो षयन्त्रले आधिकारिक तेक्वान्दा संघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु आक्रोसित बनिरहेका छन् । 


तपाइको प्रतिक्रिया दिनुहोस्