महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरणको रुपमा उदाइन् प्रहरी निरीक्षक बस्याल

काठमाडौं, २० साउन । महिलाहरु पनि पुरुषभन्दा कम छैनन् भन्ने उदाहरणको रुपमा उदाएकी छिन् प्रहरी निरीक्षक कृष्ण बस्याल । 

प्रहरी निरीक्षक बस्यालले कपन प्रहरी प्रभागको कमाण्ड सम्हालेपछि उनले  अहोरात्र खटेर गरेको जनमुखी कार्यबाट सो क्षेत्रका जनताले शान्ति सुरक्षाको महसुस गर्न पाएका छन् ।

गत बैशाखबाट प्रहरी प्रभाग कपनको कमाण्ड सम्हालेकी प्रहरी निरीक्षक बस्यालले उनी भन्दा पहिलेकी प्रहरी निरीक्षक भगवती तिमल्सीनाले राखेको साखलाई झन माथि उठी उनको विरासतलाई कामय राख्ने काम गरेकी छिन् ।

बैशाखदेखि प्रहरी प्रभाग कपन सम्हालेकी बस्यालले कपन क्षेत्रको शान्ति सुरक्षाका लागि अहोरात्र खटी छोटै समयमा स्थानीय जनताको मन जित्न सफल बनेकी हुन् । उनले गत बुधबार साँझ स्रोत नखुलेको ४९ लाख ५० हजार ५० रुपैयाँसहित काठमाडौं महानगरपालिका वडा नं. ६ को भृकुटी चोकबाट हुण्डी कारोबारी धावा घ्यालचेनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि बौद्ध चलान गरेकी छन् ।

त्यस्तै, प्रहरी प्रभाग कपनको क्षेत्रभित्र अवैधरुपमा उत्पादन गरेको अखाद्य घरेलु मदिराहरु स्थानीय बुद्धिजीवी, समाजसेवी र जनप्रतिनिधिहरुको रोहवरमा नियन्त्रणमा लिई नष्ट गर्दै आइरहेकी छिन् । यसरी अवैधरुपमा आखाद्य पदार्थबाट घरेलु मदिरा उत्पादनकर्तालाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको दायरामा ल्याउन सफल बन्दै आइरहेकी बस्याले घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुमा स्वयम् आफू उपस्थित भई मदिरा उत्पादनका लागि प्रयोग हुने अखाद्य बस्तुका साथै मदिरा उत्पादनमा प्रयोग हुने घ्याम्पालगायतका सामाग्री नियन्त्रणमा लिँदै आइरहेकी छिन् ।

त्यसैगरी पछिल्लो समय अव्यवस्थितरुपमा बस्ती विस्तार भएको क्षेत्रको रुपमा रहेको कपन एरियामा लागूऔषध दुव्र्यसनीदेखि कारोबारीसम्मलाई सुराकीको आधारमा पक्राउ गरी कारबाहीको दायारमा ल्याउन सफल बन्दै आइरहेकी छिन् । उता, मिनि क्यासिनोको रुपमा रहेको जुवा अखडाहरुमा पनि छापा मार्ने कार्यलाई तिब्रता दिएपछि जुवाडेहरुको भागम्भागको अवस्था रहेको स्थानीयले बताएका छन् ।

त्यस्तै, खाजा घरको नाममा खोलेका रेष्टुरेन्टहरुमा दिन दाहाडै देहव्यापार समेत मौलाइरहेको अवस्थामा त्यसलाई समेत मध्येजनर राखी छापाहान्ने कामलाई तिब्रता दिँदै कतिपय त्यस्ता खाजा घरहरुबाट देहव्यापारमा संलग्नहरुलाई पक्राउ गरी नियन्त्रणमा लिने कामसमेत बस्यालले गर्दै आइरहेकी छिन् । यसरी अहोरात्र खटेर यस्ता कार्यहरु गर्दै आइरहेपछि पछिल्लो समय कपन एरियामा शान्ति सुरक्षाको महसुस गरेको स्थानीयले खुलेरै बताउने गरेका छन् ।



तपाइको प्रतिक्रिया दिनुहोस्