एकैदिन थपिए ९१२ कोरोना संक्रमित, एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ४९१ वटा नमुना परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप एकजनाको मृत्यु भएको छ । आज तीनसय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्