औषधि र अपरेसन विना मानिसलाई सदैव निरोगी र तन्दुरुस्त रहन मार्गदर्शन गर्ने व्यक्तिनै सच्चा डाक्टर हुन्

डाक्टर पूर्ण शाही, (प्राकृतिक चिकित्सक)
पृथ्वी मानव मात्र नभएर करोडौं अन्य प्राणीहरुको पनि साझा वासस्थान हो । मानवलगायत समस्त प्राणी प्रकृतिको काखमा खेल्छन् । मानव बाहेकका प्राणी प्रकृतिको नियमबिपरीत कहिले पनि जाँदैनन् र बाँचुञ्जेल निरोगी रहन्छन् । उनीहरुको अस्पताल, डाक्टर र औषधी केही हुन्न । यसको ठीक उल्टो मानिसको अस्पताल, डाक्टर र औषधी उपचारको सुबिधा भएर पनि सदैव रोगग्रस्त भइरहन्छन् । प्रकृतिबाट जति टाढा भइन्छ त्यति नै रोग निम्त्याउने कार्य बढेर जान्छ, तसर्थ प्रकृतिको साथमा रहनु नै निरोगी हुनु हो तर, प्रकृतिबाट टाढा रहने र प्रकृतिको विरुद्ध कार्य गर्ने मानव मात्र बिरामी भइराख्ने रहस्य यही नै हो । औषधि र अपरेसन विना मानिसलाई सदैव निरोगी र तन्दुरुस्त रहन मार्गदर्शन गर्ने व्यक्तिनै सच्चा डाक्टर मानिन्छ तर यसको ठिक विपरित धेरै दवाई दिने, अपरेसन गर्न वाध्य पार्ने, साइड इफेक्ट पारेर झन् बिरामी बनाउने र रोगको डरत्रास देखाएर आजिवन दवाई खाईरहन अभ्यस्त बनाउनुलाई पो डाक्टरको पर्यायवाची मानिएको छ ।
रोगको उत्पत्ति गलत भोजन, गलत सोच, गलत रहनसहन र गलत कर्मको परिणाम हो । कुनै पनि नयाँ वा पुरानो जस्तोसुकै रोग भएपनि यदि बिरामीले उच्च मनोबलका साथ तेल÷चिल्लो पदार्थ, आयोडन युक्त नून, चिनी, आगोमा पकाएको खानेकुरा, नशालु पदार्थ, विषालु औषधीहरुको सेवन बन्द गरेर  मौसमी फल र आगोमा नपकाएको काँचो खानयोग्य तरकारीको सेवन या रसाहारको सेवन या उपवास सुरु ग¥यो भने निश्चय पनि थोरै समयमा बिरामीको स्वास्थ्य सुधार हुन थाल्छ, यदि धैर्य गर्दै अगाडि बढ्ने काम गरे पूर्णरुपमा स्वस्थ भइन्छ ।
वास्तविक डाक्टर ः प्रकृतिप्रदत्त चिजवस्तु नै हाम्रा जीवनका वास्तविक डाक्टर हुन् । यिनलाई साथ लिन कुनै रकम दस्तुर तिर्नु बुझाउनुपर्दैन ।  यस्ता चिजमा (१) सूर्यको प्रकाश, (२) शुद्ध हावा, (३) शुद्ध जल, (४) प्राकृतिक भोजन, (५) उपवास, (६) व्यायाम तथा बिश्राम, (७) प्रयाप्त निद्रा, (८) शुभ चिन्तन् र (९) प्रार्थना आदी हुन् ।    
हाम्रो जीवनशैली एवं आहार विहारका कारण शरीरभित्र  विजातिय द्रव्य (मल÷फोहोर÷विकार) जम्मा हुँदै जाँदा शरीरभित्रको प्रणालीलाई काम गर्न अवरोध पुग्छ र त्यसैलाई रोग भनिन्छ । सम्पूर्ण रोगको एउटै कारण शरीरभित्र फोहोर जम्नु हो भने त्यस्ता फोहोरलाई शरीरबाट बाहिर निकाल्नु सम्पूर्ण रोगको उपचार हो । जीर्ण रोग (क्रोनिकल डिजिज) हुने मुख्य कारण तीव्र रोग (एक्यूट डिसिज) लाई दवाई प्रयोग गरी दबाउने प्रवृत्ति हो ।
तीव्र रोग ः (ज्वरो आउने, रुघाखोकी लाग्ने, उल्टी आउने, पखाला लाग्ने, टाउको दुख्ने आदि) कुनै रोग नभएर शरीर भित्र जम्मा भएको मल÷बिजातीय द्रव्यलाई शरीरबाट बाहिर निष्कासन गरेर शरीर शुद्ध गर्दै निरोगी र तन्दुरुस्त बनाउने एक सशक्त प्रकिया भएकोले यो शरीरको मित्र हो, दुस्मन होइन । अन्जानमा तीव्र रोगलाई हामीले रोग भनेर दवाई सेवन गर्दै यसका लक्षणलाई दबाउने गर्छौँ र यही दबाउने प्रक्रियाले पछि गएर तीव्र रोग जीर्ण रोगमा परिणत हुँदै सदाको लागि बिरामी बनाएर धेरै मुस्किलमा पार्दछ । यसर्थ रोगबाट पार पाउन तीव्ररोगलाई नदबाइकन प्राकृतिकरूपमा उपचार गर्नु नै श्रेयष्कर हुन्छ ।
दवाईको गुलामी कहिलेसम्म  
दिनप्रतिदिन नयाँ–नयाँ औषधीको आविष्कार भइरहेको छ, फेरि पनि रोगहरुको मात्रा घट्नुको सट्टा दिनानुदिन झन धेरै बढ़ी रहन्छ । रोगमाथी नियन्त्रण गर्ने बहानामा जसो–जसो डाक्टर एवं अस्पतालमा वृद्धि गरिदै लगिन्छ त्यसो–त्यसो रोगहरुमा पनि वृद्धि गराउदै लगिन्छ । हरेक वर्ष रोगविरुद्ध दवाई खाँदा–खाँदा मानिसको अकाल मृत्यु भइरहेको घटनाले औषधीले मानव जातीलाई स्वस्थभन्दा पनि अस्वस्थ बनाउने धन्दा चलाएको तथ्य सिद्ध हुन्छ । खोप अथवा इन्जेक्शनको दुष्परिणामको कारण कैयौं मानिसले आफ्नो आँखाको दृष्टि गुमाएका, पक्षघातको शिकार भएका श्वेत कुष्ट (ल्यूकोडर्मा), हृदय घातबाट अचानक मृत्युु, अटिज्म (मानसिक कमजोरी) को शिकार भएका समाचार तेज गतिमा बढिरहेका छन् । विषालु र नशालु औषधिको उपयोगले कैयौं मानिसमा बहिरोपन, पागलपन, मिर्गी, जोर्नीको दुखाई, स्नायु–दुर्बलता, मानसिक रोगी, कब्ज, ब्लड–प्रेशर, ब्लड–क्यान्सर (ल्यूकेमिया), डाइबेटिज, मृगौला एवं हृदय रोगको शिकार भएका छन् ।
बिग फर्मा कम्पनी, मेडिकल माफिया, व्यापारी, राजनितिज्ञ, अभिनेता÷अभिनेत्री, समाचारपत्र एवं रेडियो, विभिन्न थरिका अभियान कर्ता, थरिथरिका अधिकार कर्मिलगायत टेलिभिजन, सामाजिक सन्चार माध्यम पैसा कमाउने लालचमा झूठा आश्वासन दिनेवाला विज्ञापन गरिरहेका हुन्छन् । यिनले रोग रोक्नुको सट्टा झनै बढाइरहेका छन् । बिग्रेको स्वास्थ्य सुधार्ने लालचमा विषालु वा नशालु औषधी खाने र इन्जेक्शनद्वारा शरीरमा बिकार भरेर के हामी आफ्नो जीवन शक्ति दुर्बल बनाएर सदाको लागि रोगग्रस्त भइरहने हो त ?
यसको सिधा उत्तर विषालु एवं नशालु औषधी मस्तिष्कलाई दुर्बल बनाएर र रोगको बाहिरी लक्षणलाई दबाएर केवल अस्थाई लाभ मात्र प्राप्त गराउँछन् । दवाईले रोगको लक्षणलाई दबाई त दिन्छ तर, कालान्तरमा दवाईको अखाद्य तत्वको प्रभावले फेरि कुनै नयाँ रोग जन्माउँछ । नयाँ जन्मेको रोगलाई दबाउनको लागी फेरि दोश्रो दवाई लिनुपर्छ, फेरि नयाँ रोग थप दवाई... यस्तै क्रम जारी रहन्छ । एक पछि अर्को बीमारी देखिनु भनेको त सदैव हामीलाई बिरामी बनाएर आफ्नो औषधी उपचारको व्यापार बढाउने बाहेक अरु केही हुन्छ र ? यदि हामी सबै स्वस्थ÷निरोगी÷तन्दुरुस्त भयौँ भने त यो औषधी र अस्पतालको व्यापार  धराशायी भएर व्यवसाय नै समाप्त हुनेछ । एकचोटि हामीले यो मेडिकल माफिया बुझ्यौं भने हामीलाई सबै कुरा प्रस्ट हुनेछ र हामीले आफ्नो शरीरमा रुचि राख्न थाल्ने छौं । यस अद्भुत शरीरले कसरी काम गर्दछ भन्ने कुराको जानकारी नहुँदा हामी आफ्नो स्वास्थ्य डाक्टरको हातमा सुम्पिरहेका छौं । हामी आफैँ आफ्नो डाक्टर बन्नको लागि अब समय आइसकेको छ जसले हामीलाई सशक्त, निडर, सत्यवादी, सरल र बुद्धिमान बनाउने छ र हामी सदैब निरोगीको साथै तन्दुरुस्त रहन्छौँ । औषधी उद्योगले कहिले पनि बिरामी निको गर्दैन, यसले सबैलाई दिनानुदिन बिरामी बनाएर ग्राहक मात्र बढाउने काम गर्छ । आधुनिक चिकित्सा विज्ञानमा एम.डी गरेका, हाँस्य योगका संस्थापक, विश्वविख्यात डाक्टर मदन कटारियाले चिकित्सा विज्ञानमा रोग ठिक गर्नुको साटो रोग बढाउने काम देखेपछि फेरि मानिसहरुलाई निरोगी÷तन्दुरुस्त कसरी बनाउन सकिन्छ भन्ने खोजी गर्दा हाँसो भन्दा ठूलो कुनै दवाई नै छैन भन्ने कुरा पत्ता लगाएपछी आफ्नो डाक्टरी पेशा छोडेर अनवरत रूपमा विगत २६–२७ बर्षदेखि हाँस्ययोगको प्रचार प्रसार, तालिम र अनुसन्धानमा लागेर मानव सेवा गरेका कारण उनलाई नोबेल पुरस्कारको लागि समेत सिफारिस गरिएको थियो । दवाइमाथिको पराधीनता एवं रोगहरुको पीड़ाबाट सदाको लागी मुक्ति पाउन दृढ़ संकल्प, साधना तथा स्वास्थ्य रक्षाको ज्ञानको प्राप्ति अनिवार्य छ । स्वास्थ्यको प्राकृतिक नियम उल्लंघनको कारण नै हामीले दुःख, पिडा एवं रोग भोग्नुपर्छ । स्वास्थ्यकी देवी प्रकृतिको शरणमा जानाले एवं स्वास्थ्यको प्राकृतिक  नियमको अनुसरण गर्नाले हामीहरु सदा स्वस्थ रहन सक्छौं । हाम्रो दैनिक खाने–पिउने र श्वासद्वारा जे पनि शरीर भित्र प्रवेश गराउदछौं, तिनीहरूको केही भाग पचेर हामीलाई शक्ति प्रदान गर्दछ भने शेष  मल–मूत्र, पसिना, सिँगान, खकार, कानेगुजी, नाक, कान, छाला, मुखद्वारा निस्कासित हुन्छ । हाम्रो खानपान गलत हुनाले, शुद्ध वायुमा नरहनाले एवं शरीरमा विकार अधिक मात्राले उत्पन्न हुँदा दैनिक विकार निष्कासन पश्चात् पनि केही मल शरीरमा जम्मा भइरहन्छ । त्यो जम्मा भएको विकार उष्णता वा गर्मीको कारण, शरीरभित्र सड्ने र फैलिने गर्दछ, शरीरको जुन जुन अंगमा त्यो विकारको प्रभाव पर्छ त्यस अंगमा रोग उत्पन्न हुन्छ ।  शरीरमा विकार जम्मा हुनु नै  रोगहरुको एक मूल कारण हो । शरीरको भिन्न–भिन्न भागमा विकार पुग्नाले भिन्न–भिन्न प्रकारको रोगको लक्षणहरू देखिन थाल्छ । अलग–अलग लक्षणहरुबाट देखिने रोगहरुको जड़मा मल (विकार) नै बसेको हुन्छ । यी विजातीय पदार्थ रगतमा मिल्ना साथ ज्वरो, हृदय रोग वा चर्म रोग देखा पर्छ । आँत÷आन्द्रामा जम्मा हुँदा कब्ज, ग्यास्ट्रिक, पखाला, आँव, पाईल्स, फिस्टुलाको समस्या, हर्नियाँ एवं एपेंडिसाईटिस आदिको पीड़ाहरु हुन्छन् भने मस्तिष्कमा प्रभाव पर्दाको स्थितिमा शीर दुखाई, अनिद्रा, मिर्गी वा पागलपन, मृगौलामा विकार जम्मा हुँदा मल – मूत्र त्यागमा कठिनाई, जलन, पत्थरी जस्ता; फोक्सोमा विकार जम्मा हुनाले सर्दी, खाँसी, दम, फोक्सो सुन्निने, निमोनिया÷क्षयरोग (टि बि) एवं क्यान्सर आदि रोग हुन जान्छ ।
डाक्टर एउटै रोगी पदार्थ (मल) बाट उत्पन्न भिन्न–भिन्न लक्षणहरुलाई अलग–अलग नाम दिएर कैयौं प्रकारको विषालु औषधी खुवाएर, रोगको लक्षणलाई दबाएर सफलता हासिल गरेको जिकीर गर्छन् तर, रोगको मूल कारण विकार÷विजातीय द्रव्यलाई शरीरबाट निकालेर रोगीलाई स्थाईरुपमा स्वास्थ्य लाभ दिन सक्दैनन् । शरीरको कुनै पनि अंगमा जस्तोसुकै पीड़ा किन नहोस्, आम मानिस अथवा डाक्टरले रोगको नाम जे सुकै राखुन परन्तु सयौं नामको चक्करमा नपरी प्राकृतिक उपायद्वारा पूरै शरीरको भित्री र बाहिरी शुद्धिद्वारा रोगको मूल कारण विकार (मल) लाई शरीरबाट बाहिर निकालेर स्थाई स्वास्थ्य प्राप्त गर्नुपर्दछ । रोगी अवस्थामा शरीरको भित्री भागमा जम्मा भएको बिकार माथि थप नयाँ फोहोर जम्मा गर्ने काम बन्द गर्दै पुरानो एकत्रित मललाई सफा गरेर स्वास्थ्य प्राप्त गर्ने पद्धतिलाई नै प्राकृतिक चिकित्सा भनिन्छ । प्राकृतिक चिकित्सामा जुन मललाई विजातीय द्रव्य÷बिकार÷ फोहर भन्दछन् । पश्चिमा डाक्टर टाक्सीमियाँ÷म्यूकस भन्दछन् । आयुर्वेदमा यसलाई तीन दोषहरुको रुपमा वाथ, पित्त र कफ भनिन्छ । यूनानी हकीम –‘विकारी पदार्थलाई खिलतें मादा–फासद भन्दछन् ।’
‘एक मात्र रोगका कारण, तन मन भरी बुराई, सर्वश्रेष्ठ उपचार जगत में, जड़ से करें सफाई ।’
दवाई सम्बन्धि विश्व विख्यात अध्येताको निष्कर्ष के कस्ता छन् त्यस विषयमा केही भनाई वा भोगाई यस्ता छन्–
१. हिप्पोक्रेट्स, ईशा पूर्व ४६०–३७५, औषधी विज्ञानको पिताको रुपमा सम्मानित महान ग्रिक डाक्टरः ‘यदि तपाई आफैँ आफ्नो डाक्टर हुनुहुन्न भने, तपाई एक मूर्ख हुनुहुन्छ ।’
२. प्रो. डाक्टर एलोंजो क्लार्क, एम.डी, ई सं १८०७–१८८७, अमेरिका ः ‘सबै औषधी विष हुन, औषधीको एउटा सानो मात्राले पनि हाम्रो जीवनी शक्तिलाई ह्रास गर्दछ ।’
३. डा. ओलीवर होम्स, एम.डी, ई.सं.१८०९–१८९४, अमेरिकन फिजिसियनः
‘यदि समस्त औषधीलाई समुद्रमा फालिदियो भने त्यो मानवताको लागि लाभकारी होला तर, बिचरा समुद्री जीव माछाको लागि अवश्य बिनाशकारी हुन्छ । दवाई प्रारम्भमा जति लाभकारी किन नदेखियोस् त्यसको अन्तिम परिणाम हानिकारक नै हुन्छ ।’
४. डाक्टर आर टि ट्राल, एम.डी, ई सं १८१२–१८७७, अमेरिकाः
‘चाहे मलाई संसारमा रोग निको पार्नको लागि अन्य कुनै साधन उपलब्ध नहुन सक्ला फेरि पनि म आफ्नो हातले औषधी दिनबाट भने आफुलाई बचाई राख्नेछु किनभने कसैको भलाइ गर्न नसके पनि यस्तो हानिकारक औषधी सेवन गराएर कसैको नोक्सान गराउनबाट आफूलाई अवश्य रोक्नेछु ।’
५. सर विलियम आसलर, एम.डी., ई.सं.१८४९–१९१९, लंडन (प्रोफेसर अ‘ाक्सफोर्ड युनिवर्सिटी)ः
‘सबैभन्दा ठूलो डाक्टर त्यही हो जो औषधीको  निरर्थकतालाई बुझ्न सक्छ ।’
६. डा. हैनरी लिण्डल्हार एम.डी, ई.सं. १८६२–१९२४ अमेरिका ः
‘मनुष्यको जानकारीमा जति पनि तीव्र विष छन् ती सबै ऐलोपेथिक औषधीमा पाईन्छन् ।’
७. डा. लक्ष्मी नारायण चौधरी (रिटायर्ड सिभिल सर्जन, जबलपुर, भारत) ः
‘दवाईले धेरै ठूलो लाभ हुन्छ भन्ने सोचेर मैले चिकित्सकको जीवन शुरू गरें तर, दवाईहरुले ठूलो हानी पुर्याउँछ, यो मेरो जीवनको अनुभवको निस्कर्ष हो । मैले मामुली दवाईदेखि लिएर महंगो दवाईसमेत उपयोग गरेर हेरिसकेको छु, यिनीहरू बेकार मात्र होइनन् हानिकारक साथै नोक्सानदेह पनि छन् । वास्तवमा डाक्टरको कर्तव्य भनेको मानिसलाई बिरामी हुनबाट बचाउनुको साथै स्वस्थ रहनको लागि मार्गदर्शन गर्नु हो ।’
८.महात्मा गाँधी, ई.सं १८६९–१९४८ः
‘शरीरमा अनेक दवाई ठोसेर मनुष्य आफ्नो जिन्दगी घटाउँछ । यति मात्र होइन आफ्नो मनमा अधिकार पनि गुमाएर बस्छन् । यसबाट उसले आफ्नो मनुष्यत्व पनि गुमाउँछ र शरीरको स्वामी बनिराख्नुको सट्टा उसको गुलाम बनिराख्छ ।’
४. दवाईको काम दबाएर राख्ने हो, यो चक्र बिरामीको प्राणको अंतिम दबाई (बिदाई) नगरेसम्म चलिराख्छ । यदि यस्तै किसिमले हामी दवाईको चक्करमा फँसी रह्यौं भने दुर्बलता, निराशा वा अकाल मृत्यु, समय बर्बाद, धन सम्पत्ति लुटाउने र ज्यान पनि गुमाउने बाहेक अरु केही प्राप्त गर्न सक्ने छैनौ ।
सच्चा स्वास्थ्य दवाईबाट मिल्ने भए त कोही पनि डाक्टर, केमिस्ट या उनका परिवारका कोही व्यक्ति कहिले पनि बिरामी हुने थिएनन् । यदि स्वास्थ्य किनेर मिल्ने भए संसारमा कोही पनि धनवान व्यक्ति कहिले पनि रोगी हुने थिएनन् । स्वास्थ्य ईन्जेक्शन, यन्त्र, अस्पतालका विशाल भवनहरुमा या डाक्टरको डिग्रिबाट मिल्दैन परन्तु स्वास्थ्यको नियम पालन गर्ने एवं संयमको जीवन जीउनाले मात्र मिल्ने गर्दछ, यदि त्यसो हुने भए त अमेरिका एक शक्तिशाली रास्ट्र हो जसले संसार माथि कब्जा जमाएर बसेको छ, संसारमा सबैभन्दा उत्कृष्ट डाक्टर, उत्कृष्ट अस्पताल, उत्कृष्ट औषधीको साथै सम्पूर्ण सुखसुविधा सहित धनदौलत पनि अमेरिकामै छ र उनीहरू सदैव तन्दुरुस्त, निरोगी हुनुपर्ने होइन र !!! तर, अमेरिकामा बार्षिक करिब ७ लाख  मानिसहरुको मृत्यु मुटुको रोगबाट हुने गर्दछ, त्यस्तै करिब ६ लाख  मानिसको मृत्यु क्यान्सर रोगबाट हुने गर्दछ भने करिब ४ लाख ४० हजार मानिसहरुको मृत्यु त दवाई र अस्पतालको कारणले मात्र हुने गर्दछ जसको निमित्त अमेरिकाका कानुनविद अस्पताल र दवाईबाट हुने मानव हत्याको बिरुद्ध संसदबाट कडा कानुन  पास गराउन कैयौं बर्षदेखि संघर्षरत छन् ।
हाम्रो डाक्टर हामी भित्र नै हुन्छ ः प्राकृतिक चिकित्साको सिद्धान्तनुसार हामीभित्र उपस्थित जीवनी–शक्ति द्वारा स्वास्थ्य प्राप्त हुन्छ र स्वास्थ्य सम्बन्धी नियमहरूको अज्ञानताको कारण नै हामी  बाहिर भट्किरहेका हुन्छौं ।
हाम्रो शरीरको स्वास्थ्यको मुख्य आधार भनेको एउटा ‘शक्ति’ हो, जसलाई धार्मिक भाषामा ‘आत्मा’, अंग्रेजीमा ‘लाईफ फोर्स’, डाक्टरी भाषामा ‘वाइटलिटी’ या ‘रेजिस्टेन्स पावर’, यूनानी चीन–तिब्बतमा ‘कि÷चि’ र प्राकृतिक चिकित्सामा ‘जीवनी–शक्ति’ भनिन्छ । यदि हाम्रो शरिरभित्र रहेको जीवनी–शक्ति ठीक छ भने हामी रोगमुक्त रहन सक्छौं, तर दुर्बल छ भने त रोगहरुको आक्रमण हुन्छ र जीवनी–शक्ति  रहेन भने हाम्रो मृत्यु हुन्छ ।
जीवनी शक्तिको तीन प्रमुख कार्यहरुः
(ज्ञ) भोजन र वायूमण्डलबाट पौष्टिक तत्वहरुलाई लिएर शरीरको पोषण एवं विकास गर्ने ।
(द्द) शरीरको भित्रैबाट विजातीय द्रव्य÷मल लाई बाहिर निकालेर शुद्ध राख्ने ।
(घ) शरीरको प्रत्येक अंगलाई ठीक राख्नु र आवश्यक परेमा तिनीहरुको मर्मत पनि गर्ने ।
चिकित्साको नाममा औषधीको मानवमाथिको परिक्षण (यसको सबै शाखाहरूमा मेडिसिनको अभ्यास सिद्धान्त र अभ्यास दुबै हो) गरिन्छ, जुन आधुनिक जीवनमा कमजोरी, रोग, अधः पतन र मृत्युको सबैभन्दा ठूलो कारण हो। यो स्वास्थ्य र शक्तिमा एक मात्र प्रभावी अवरोध हो। मेडिसिन÷औषधि÷दवाई लाई यसको सबै रूपहरूमा रद्द गर्नुपर्छ र मानव जीवनको आयु एक दशकमा औसत १० बर्ष बढ्नेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्