सोमबार घट्यो सुनचाँदीको मूल्य

1.8k Shares

काठमाडौं, ३० साउन । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । 

सोमबार छापावाल सुनको मूल्य ९७ हजार ४०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ९०० रुपैयाँ प्रतितोला कायम भएको छ । 

यसअघि साताको पहिलो कारोबार दिन (आइतबार) भने तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो ।

सोमबार तोलामा १५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ । यसअघि आइतबार भने तोलामा २५ रुपैयाँ बढेर चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो । 

सम्बन्धित समाचार