सुमेरु अस्पतालको नवौं साधारणसभा सम्पन्न

ललितपुर, ३ भदौ । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले आफ्नो नवौं साधारण सभा हिमालय होटलमा एक कार्यक्रम गरी आज शुक्रबार सम्पन्न गरेको छ ।


सो साधारण सभाबाट भरत महर्जनलाई पुनः अध्यक्षमा सर्वसम्मत गरेको हो । अध्यक्ष भरत महर्जनसँगै सात जना संचालकहरु पनि सर्वसम्मत बनेको छन् ।


सर्वसम्मत बनेका संचालकहरु हेमराज दाहाल, डा. डीबी कार्की, सुनिल डंगोल, दिलिप डंगोल, रमेश महर्जन, विनोद आचार्य र स्वच्छन्दा मानन्धर रहेका छन् । 




तपाइको प्रतिक्रिया दिनुहोस्