सुमेरुको २४ औं बार्षिक उपलक्ष्यमा श्याम ढुंगेलले गरे मृगौला प्रत्यारोपण, २३ जना मृगौला प्रत्यारोपणको लाइनमा

ललितपुर  ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले केही वर्षअगाडिदेखि थालेको मृगौला प्रत्यारोपणमा सफल बन्दै आइरहेको  

सुमेरु अस्पतालले अहिलेसम्म १० जनाको मृगौला प्रत्यारोपण सफलतापूर्वक गरेको अस्पतालले जनाएको   केही दिन अगाडि सुमेरु अस्पताल धापाखेलको २४ औं बार्षिकोत्सवको उपलक्ष्यमा २४ जनाको सरकारी दररेट सरह मृगौला प्रत्यारोपण गर्ने क्रममा काठमाडौंको मुलपानी निवासी श्याम ढुंगेलको मृगौला सफलतापूर्वक प्रत्यारोपण भएको  

केही दिन अगाडि रोग पत्ता लागेको हप्ताभित्र मृगौला प्रत्यारोपण गरी पाँचै दिनमा डिस्चार्ज गराई सामान्य अवस्थामा ल्याउन हाम्रो टिम सफल भएको डा. कटुवालले जनाएका छन्  विश्वस्तरीय दक्ष अनुभवी टिम भएकै कारणले पनि छोटै समयमा धेरै मृगौला प्रत्यारोपण गर्न सफल भएको पनि जानकारी डा. कटुवालले गराएका छन्  डा. कटुवालका अनुसारहाम्रो टिम विश्वस्तरीय अनुभवी दक्ष भएकै कारणले पनि मृगौला प्रत्यारोपण गरेको विरामीलाई पाँच दिनमा डिस्चार्ज गरी घर जाने वातावरणमा पु¥याएका छौं हामीले काठमाडौं मुलपानीका मृगौला विरामी श्याम ढुंगेलको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरी पाँचै दिनमा घर पठाउन सफल बनेका हौं 

अब बाँकी २३ जना बिरामी पनि मृगौला प्रत्यारोपणको लागि लाइनमा रहेको डा. विजयमान सिंह कटुवालले जनाएका छन्  बाँकी २३ जनाको मृगौला प्रत्यारोपण कानुनी प्रवाधानका कारण केही ढिलो भएको भए पनि केही दिनभित्रै उनीहरुको सरकारी दररेट सरह नै मृगौला प्रत्यारोपण गरिने तालिको रहेको डा. कटुवालले जानकारी गराएका छन् 

त्यसैगरी, अन्य निजी अस्पातालमा भन्दा सुमेरु अस्पतालले सरकारी दररेट दक्ष जनशक्तीद्वारा मृगौला प्रत्यारोपण गर्दै आइरहेको अस्पतालका निर्देशक दिलिप डंगोलले जनकारी गराएका छन्  अहिलेसम्म १० जना मृगौला पीडित विरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण भइसकेको प्रत्यारोपण गरेका बिरामीहरु परिवारले बिरामी डिस्चार्ज भएर घर जानेबेला अस्पताललाई मन्दिर प्रत्यारोपण गर्ने डाक्टरदेखि लिएर प्रत्यारोपणमा प्रत्यक्षरुपमा सहयोगी भूमिका निर्वाह गर्नेहरुलाई भगवानको संज्ञा दिँदै जाने गरेको क्षण सम्झँदा आफूलाई सुखानुभूति हुने अस्पतालका निर्देशक डंगोल बताउँछन् 

हामीहरुले सफलतापूर्वक मृगौला पीडितहरुको  मृगौला प्रत्यारोपण गरेका कारण पछिल्लो समय मृगौला प्रत्यारोपणको लागि तयारी अवस्थामा धेरै मृगौला पीडितहरु रहेको डंगोल बताउँछन्  कानुनी झन्झटका कारण तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीको मृगौला प्रत्यारोपण गर्न नपाउँदा ज्यादै दुःख लाग्ने गरेको दुखेसो पोख्छन् निर्देशक डंगोल  यसबारे सम्बन्धित निकायले चासो देखाई कानुनलाई संशोधन गरी मृगौला प्रत्यारोपणका लागि सहज वातावरण सिर्जना गर्नसमेत आग्रह गरेका छन् निर्देशक डंगोलले  आगामी दिनमा सुमेरु अस्पताललाई अन्य निजी अस्पतालले भन्दा कम शुल्कमा गुणस्तरीय सेवा दिई नेपालकै प्रमुख मृगौला प्रत्यारोपण सेन्टरको रुपमा लैजान लक्ष्य रहेको पनि निर्देशक डंगेलले जानकारी गराएका छन् 


सफल मृगौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने डा. विजयमान सिंह कटुवाल, डा. महालक्ष्मी देउजा, डा. ललित यादव, डा. सुमित आचार्य, डा. अनिल डा. एजिलियालगायतका सम्पूर्ण टिमलाई सुमेरु अस्तापलका सम्पूर्ण टिमको टर्फबाट निर्देशक डंगोलले बधाई दिएका छन् 

केही दिन अगाडि काठमाडौंको मुलपानी निवासी श्याम ढुंगेलको तत्काल मृगौला प्रत्यारोपगर्नुपर्ने अवस्था थियो, तर कानुनी झन्झटका कारण केही केही दिन ढिलो भयो  मृगौला प्रत्यारोपणका लागि आफ्नै श्रीमतीले मलाई मृगौला दान गरिरहेको अवस्थामा पनि मेरी वर्षकी छोरीलाई निवेदन लेख्न लगाई सही छाप गर्दाको क्षण भने ज्यादै नरमाइलो लागेको अनुभव ढुंगेलले सुनाए  श्रीमतीले श्रीमानलाई मृगौला दान गरिरहेको अवस्थामा पनि नौ वर्षकी बालिकालाई निवेदन लेख्न लगाई सहीछाप गराउनु पर्ने जस्ता कानुनी प्रावधानलाई संशोधन गरी मृगौला प्रत्यारोपणलाई सहज वातावरण बनाउन सम्बन्धित निकायलाई उनले अनुरोधसमेत गरेका छन्  खोजतलासँग ढुंगेल गुनासो पोख्दै भन्छन्, ‘मृगौला पीडितले नाताभित्रैकाले दान गर्ने दाता पाएको अवस्थामा कुनै कानुनी झन्झटको झमेलामा नफसी चाहेकै समयमा मृगौला प्रत्यारोपण गर्न सक्ने अवस्था मिलाउने गरी कानुनी व्यवस्था मिलाउनसमेत सरकारलाई आग्रह गरेका छन् 

अन्य निजी अस्पतालको दाँजोमा सुमेरु अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने वातावरण, अनुभवी दक्ष जनशक्तिका साथै सुविधासम्पन्न उपकरणहरु रहेकै कारण मेरो मृगौला प्रत्यारोपण सफल भएको मृगौला जस्तो संवेदनशील अंगको प्रत्यारोपण गर्दा मलाई खासै समस्या नआएको भोलिपल्टै सामान्य अवस्थामा आउनुले पनि मेरो आत्मबल बढेको ढुंगेल बताउँछन् 

ढुंगेल भन्छन्, ‘मेरो मृगौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका निर्वाह गरिदिनुभएका डा. विजयमान सिंह कटुवाल उहाँका सहयोगीहरुप्रति ज्यादै नै आभारी रहेको उहाँहरुलाई भगवानकै रुपमा हेर्ने बताउँछन् मृगौला पूर्णरुपमा नबिग्रएसम्म त्यसको लक्षण केही पनि नदेखिने सामान्य मानिसको जस्तै जीवनशैली हुने भएकाले सामान्य अवस्थामा पनि कम्तिमा महिनामा मृगौलासम्बन्धी क्रेटिनाको चेकजाँच गर्नसमेत उनले आग्रह गरेका छन्  यसरी चेकजाँच गर्दा मृगौलामा समस्या देखिए पनि औषधीबाटै ठिक पार्न सकिने रहेछ  त्यसैले मैलेजस्तो पूर्णरुपमा मृगौला बिग्रिसकेको अवस्थामा मात्र थाहा पाउने अवस्था नआओस् भनेर सबै सर्वसाधारणलाई मृगौलाको बेलाबेलामा चेकजाँच गर्न आग्रह गर्दछु 

त्यस्तै, मृगौला दान गर्ने ढुंगेलकी श्रीमती उर्मिला घिमिरेको अवस्था पनि सामान्य भई डिस्चार्ज भएकी छिन्  डिस्चार्जको क्रममा घिमिरे भन्छिन्, ‘डा. बिजयमान सिंह कटुवाललाई भगवान नै मान्छु, उहाँकै कारणले मेरो श्रीमानको सफलतापूर्वक मृगौला प्रत्यारोपण भएको   साथै, अस्पतालका कर्मचारीदेखि लिएर नर्सहरुले पनि हामीलाई एकदमै सहयोगी भूमिका निर्वाह गर्नुभएको   सरसफाइदेखि लिएर बिरामीलाई गर्ने व्यवहार एकदमै राम्रो बिरामीको आत्मबल बढाउने कामसमेत उहाँहरुले गर्नुभयो 


तपाइको प्रतिक्रिया दिनुहोस्